मृत्युअघि कमानसिंहको भावुक स्टाटस
काठमाडौँ । पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ । कोरोना संक्रमित लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । २०४८ र २०६४ सालमा सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे ।
पारिवारिक रुपमा समेत समस्या झेल्दै आएका लामाले आफ्नो फेसबुक पेजमा अन्तिम स्टाटस गत डिसेम्वर ३ मा पोष्ट गरेका छन् । निकै भावुक बनेर लेखेको उक्त लामो स्टाटसमा आफुलाई सवैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमतीलाई गर्ने गरेपनि श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले जनाएका छन् ।
‘प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिङ्ग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेको छ ! यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्छन्, छ्या कति ...








