२०८३ कार्तिक १२

१० दिनदेखि माइतीघर मण्डलामा धर्ना, आयोगको ध्यानाकर्षण

पहिचान नखुलेका शवहरूको तथ्याङ्क सङ्कलन र विवरण सार्वजनिक गरी अन्तर्राष्ट्रिय अभ्यास अनुरूप अद्यावधिक गर्नुपर्नेलगायतका मागहरू राखी डा. सुगम के.सी., सुनील महर्जन र रोहित श्रेष्ठ विगत १० दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । 

पहिचान नखुलेका शवहरूको व्यवस्थापन सम्बन्धमा मानव अधिकार आयोगबाट भएको सिफारिस कार्यान्वयन हुनुपर्ने, सबै बेवारिसे शवको प्रष्ट मुखाकृति देखिने फोटो र संक्षिप्त विवरण राष्ट्रिय र स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक गरिनुपर्ने, नेपाल सरकारले बेवारिसे र हराएका मानिसको लागि अन्य देशहरुको जस्तै छुट्टै वेबसाइट खोली बेवारिसे शवको पहिचान गर्न पाउने हक सुनिश्चित गर्नुपर्ने जस्ता मागहरू राखी उनीहरु धर्नामा बसेका हुन् । 


Advertisement


तर धर्नामा बसेको १० दिन बित्दा पनि राज्य बेखबर जस्तै बनेको छ । यसैगरी मानवअधिकार आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनीहरुको धर्नाप्रति चासो व्यक्त गरेको छ । 
आयोगले पहिचान नखुलेका शवहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको कानुनी व्यवस्था निर्माण गरी कार्यान्वयन गर्न र आवश्यक निर्देशिका बनाई शवहरुको अभिलेख दुरुस्त हुने गरी अस्थायी समाधिमा व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गत वर्षको फागुन २ गते सरकारलाई यससम्बन्धी सिफारिस गरेको थियो । 

‘आफ्नो पहिचान, धर्म, संस्कृति र परम्परा अनुरूप प्रत्येक व्यक्ति र निजको परिवारले मृतकको अन्त्येष्टि गर्न पाउनुपर्ने अधिकारको सम्मान गर्दै बेवारिसे अवस्थामा फेला परेका प्रत्येक शवको तथ्याङ्क अद्यावधिक गर्न, शवहरूको पहिचान गरी उनीहरूका आफन्तलाई जिम्मा लगाउने व्यवस्था मिलाउन तथा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराउँदछ’ आयोगको विज्ञप्तिमा भनिएको छ ।  

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap