सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते (बारा)
१३ माघ, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो ।
Advertisement
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारको क्रममा उनको राति ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।
त्यसैगरी वीरगञ्ज–कलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । कलैया उपम...









