चितवनमा ५६ कुष्ठरोगी थपिए, यस्ता छन् लक्षणहरु
जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक गरिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए ।
Advertisement
भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ । अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उनले बताए । द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया का...









