२०८२ पुष ७

सामाजिक

नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् । Advertisement मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।  पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।  साभार: रातोपाटी ...
नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव फेला परेको छ । भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएअनुसार मृतक युवकको नाम दिपेश थापा हो । २४ वर्षीय थापाको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको उक्त समाचार एजेन्सीले जनाएको छ । दिपेश नेपाली नागरिक रहेको उल्लेख गरिए पनि उनको ठेगाना खुलाइएको छैन । चिराग दिल्लीको रामलीला पार्कमा एउटा रुखमा झुण्डिएको अवस्थामा दिपेशको शव फेला परेको जनाइएको छ । Advertisement दिल्ली प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी चिराग दिल्लीमै मःमः बेच्ने गर्दथे । मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले दिपेशको शवलाई पोस्ट...
सडकले नेपालसँग जोडियो भारतको सिक्किम

सडकले नेपालसँग जोडियो भारतको सिक्किम

देश, समाचार, सामाजिक
–रवीन्द्र काफ्लेपाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो ।  सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो । सिक्किम (भारत) ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए ।  Advertisement नेपालले २०७० साल...
‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

देश, समाचार, सामाजिक
राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिर्ए । उनका अनुसार धादिङको गल्छीबाट रसुवाको स्याफ्रुबेसीँसम्म निर्माण भइरहेको सडकको प्रगति बार्खायाम र कोरोनाका कारण प्रभावित भएकामा अहिले भने तीव्रगतिमा अघि बढेको छ । “निकै कठिन मानिएको बेलकोटगढी–७ स्थित कल्चौडीभिर दुई वर्षको प्रयासले काटिएको छ भने बुधसिंहघाटस्थित भिर काट्ने काम अब अघि बढाउन लागिएको छ”, योजना प्रमुख भण्डारीले भने, “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण क...
मानव बेचबिखनमा संलग्न पक्राउ

मानव बेचबिखनमा संलग्न पक्राउ

देश, समाचार, सामाजिक
श्रीलङ्का पु¥याई मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।  प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलङ्का पु¥याएको अनुउन्धानबाट खुलेको प्रहरीले जनाएको छ । Advertisement त्यहाँको मिनुवाङ्गोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलङ्काको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलङ्कास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते महिला नेपाल फर्किन सफल भएकी थिइन ।  उक्त घटनामा संलग्न रही फरार अभियुक्त प्याकुरेलला...
सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल  सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए ।  केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् । Advertisement म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् । बस्नेत पनि उनीसँगै  शवहरुको व्यवस्थापन गर्दै आएका थिए । साभार: रातो...
डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

देश, समाचार, सामाजिक
डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ । Advertisement कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त  ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् । पक्राउ परेकामध्ये सोही ट्याङ्करका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका म...
फेरि बल्यो मनाङको जङ्गलमा आगो

फेरि बल्यो मनाङको जङ्गलमा आगो

देश, समाचार, सामाजिक
हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उनको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने गरिरहेको छ । Advertisement “हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौँ”, मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने । उनले अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान्न प्रक्रियामा ढिलाइ गरेको आरोपसमे...
पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

देश, समाचार, सामाजिक
सुर्खेत ।  जुम्लाका सिंजा राजाको हिउँदे राजधानी रुपमा चिनिएको दैलेखको दुल्लु दरबार पुनर्निर्माणको पखाईमा छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुनर्निर्माण भएको छैन । २०६० वैशाख ८ गते माओवादीले दरबारमा बम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको थियो । वाइसे –चौविसे राज्यमा यो राज्य एक राज्यको रुपमा रहेको थियो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम सम्वत् १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । तत्कालिन दुल्लु राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको निर्माण गर्न लगाएको इतिहासका विद्यार्थी...
नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

देश, राजनीति, समाचार, सामाजिक
१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओलीलाई अझै एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपका रुपमा अगाडि सारेको छ । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर  शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा सभा गरेको यो समूहले शनिबार बलियो पकड मानिएको लुम्बिनी प्रदेशको बुटवललाई शक्ति प्रदर्शन गरेको छ । Advertisement बुटवल-७ सिद्धेश्वर माविको मैदानमा भएको सभाका लाागि प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता र जनता ल्याइएको थियो । सभालाई सम्बोधन गर्दै समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट, मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिकसँगै विष...