कोरोना परीक्षण बन्द गर्दै जनस्वास्थ्यका कर्मचारीहरु आन्दोलनमा उत्रिए
प्रदेश २ का जनस्वास्थ्य प्रयोशालामा कार्यरत करारका कर्मचारीहरु कोरोना परीक्षण बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् ।
करारका कर्मचारीहरुले तलबभत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले तलबभत्ता नदिएको भन्दै शुक्रबारदेखि पिसिआर परीक्षणसमेत बन्द गरेर आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ ।
Advertisement
माइक्रोबायोलोजिस्ट अमरेन्द्र मिश्रले कोरोना महामारीको समयमा २४ सै घण्टा काम गरेको उल्लेख गर्दै अहिलेसम्म तलबभत्ता नदिएकाले बाध्य भएर कोरोना परीक्षणसमेत बन्द गरिएको बताए ।
कोरोना महामारीको समयमा आफुहरुले आफ्नो ज्यान जोखिममा राखेर काम गर्दासमेत प्रदेश सरकारले तलबभत्ता रोकेको पीडित कर्मचारीहरुको गुनासो छ ।
कोरोना परीक्षण बन्द हुँदा प्रयोगशालामा कोरोना परीक्षणका लागि दैनिक आउने सरदर १...









