कर्णालीका ३ कारागारबाट १५ कैदी रिहा
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका १५ जना कैदीहरु रिहा भएका छन् । सजाय मिनाह पाउनेमा सुर्खेत जिल्ला कारागारबाट ९, दैलेख कारागारबाट ६ र रुकुम पश्चिम जिल्ला कारागारबाट १ जना रहेका छन् ।
सुर्खेत कारागारका जेलर लक्ष्मि खेरलका अनुसार सजाय मिनाह पाउनेमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका कमल सुनार, भिमबहादुर सुनार र तुलबहादुर राना छन् ।
Advertisement
सवारी ज्यान मुद्धा अन्तर्गत गगन गुरुङ, सुरेन्द्र सार्की, दिपक साउँद र केशव शाही, बमकला पुरी र गिता चालिसे बहुविवाहको मुद्धा खेपिरहेका थिए । उनिहरु मध्ये बमकला पुरी बाहेक अन्य सबै सुर्खेत जिल्लाका हुन भने पुरी सल्यान जिल्लाका हुन् । उनिहरु क्रमश ः २०, १०, २, ३, २ बर्ष कैद सजाय तोकिएको थियो ।
यस्तै जिल्ला कारागार दैलेखका ५ जना कैदीलाई कैद सजाय माफी दिएको छ । एक जना महिला स...









