२०८२ पुष ७

सामाजिक

निर्माणाधीन पर्खाल भत्कियो, दुईको मृत्यु

निर्माणाधीन पर्खाल भत्कियो, दुईको मृत्यु

देश, समाचार, सामाजिक
दार्चुलामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो ।  एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए ।  Advertisement सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहर...
छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

छात्रालाई होटलमा लगेर परीक्षा लिने शिक्षक जेल चलान

देश, शिक्षा, समाचार, सामाजिक
पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् । गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । Advertisement छात्रालाई होटलमा लगेर परीक्षा लिएको सार्वजनिक भएपछि माघ ५ गते अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो ।  शिक्षक पक्राउ पछि प्रहरीले आवश्यक अनुसन्धान गरी तीनै...
गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

देश, समाचार, सामाजिक
३० माघ, वीरगञ्ज । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ । घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी कुशवाह पक्राउ परेका हुन् । Advisement प्रहरीले घटनास्थलबाट अभियुक्तको रातो गम्छा र औठी भेट्टाएको थियो । गाउँको प्रत्येक घरमा गएर गम्छा र औठीको सम्बन्धमा बुझ्नुको साथै प्रविधिको प्रयोग गरेर अभियुक्त पत्ता लगाएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले यो घटना अनुसन्धानका लागि मिश्रकै नेतृत्वमा टोली खटाएको थियो । त्यस्तै प्रदेश नं २ प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक ज्ञान...
आज भेटिए एक सय २७ जना कोरोना सङ्क्रमित

आज भेटिए एक सय २७ जना कोरोना सङ्क्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।  आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना रहेका छन् ।  एक सय ३६ निको Advertisement यस्तै सङ्क्रमणबाट निको भएर आज १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार ७९६ जना रहेका छन् । नेपालमा निको हुनेको दर ९८।६ प्रतिशत रहेको छ । अहिलेसम्म दुई हजार ५४ जना सङ्क्रमणबाट निधन भएका छन् ।  पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँमात्र रहेको छ । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा इलाम, भोजपुर, सङ्ख...
लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

देश, समाचार, सामाजिक
३० माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । Advertisement जसअनुसार मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने भएको छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी दिदै मन्त्रालयका सचिव रविलाल पन्थले फागुन २ गते समृद्ध प्रदेश खुशी जनता शीर्षक...
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । Advertisement आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिए । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ । ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुव...
मुहार फेरिएको पाटनढोका

मुहार फेरिएको पाटनढोका

देश, समाचार, सामाजिक
ललितपुर । एक हप्ताअघिसम्म ललितपुरको मुटुमा रहेको पाटनढोका क्षेत्र सवारीसाधनको चाप र जामले आक्रान्त हुन्थ्यो । अहिले स्थिति फेरिएको छ । लतिलपुर महानगरपालिकाले सो क्षेत्रमा निश्चित समयका लागि चार पाङ्ग्रे सवारी साधनलाई निषेध गरी वान वे बनाउनुका साथै अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरेपछि सर्वसाधरणले दैनिकरुपमा भोग्दै आएको ट्राफिकको समस्या समाधान भएको हो । Advertisement ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा गत २५ गते देखि त्यहाँ वान वे लागू गरिएको हो । ट्राफिक जाम न्युनिकरणका लागि ललितपुर महानागरपािलका ७ बजेदेखि ८ बजेसम्म सो क्षेत्रमा चार पाङ्ग्रे सवारी निषेध गरेको छ । महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएपछि मेयर महर्जनको विशेष पहलमा सो कद...
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा चार हजारले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा चार हजारले पाए रोजगारी

देश, राजनीति, रोजगार अवसर, समाचार, सामाजिक
देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् ।  स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार २०० ले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए । उनले भने, “उक्त कार्यक्रमका लागि रु चार करोड ३३ लाख निकासा भएको छ ।”  जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको...
भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन

भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन

देश, समाचार, सामाजिक
सुर्खेत । भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन तथा रचना वाचन कार्यक्रम गरिएको छ ।  कर्णाली अध्ययन केन्द्र नेपालको आयोजनामा आज मध्यपश्चिमाञ्चल विश्वबिद्यालय केन्द्रिय परिसरको गेट अगाडी युवा विद्यार्थीहरु उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारिलाई फाँसी दे ...!, पीडितलाई न्याय दे.. ! महिला हिंसा तथा यौन दुर्ववहार बन्द गर ! शान्ति सुरक्षा कायम गर, सरकारमाथि को रहेछ बलात्कारी पो रहेछ !, इत्यादि नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएको थियो । Advertisement देशका दिदिबहिनी तथा चेलीबेटीहरुले खेपिरहेका महिला हिंसा तथा य...
आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

आफन्तको बिहेमा गएकी महिलाको भीरबाट लडेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
-रामहरि श्रेष्ठ ओखलढुंगा । बिहेमा गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ८ माम्खामा आफन्तको बिहेमा गएकी ३२ वर्षीया कमला परियारको भीरबाट लडेर मृत्यु भएको हो । गत सोमबार घरबाट आरुवोटे भन्ने स्थानमा आफन्तको बिहेमा गएकी परियारको भुसुने जंगलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बिहेमा गएकी महिला दुई दिनसम्म घर नफर्किपछि आफन्तले खोजतालास गर्ने क्रममा उनको शव मंगलबार करिब २ सय मिटर तल खेतमा फेला परेको प्रहरी निरिक्षक शिव कट्टेलले बताए । महिलाको शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरेर शवको पोष्टमाटमपछि परिवारलाई जिम्मा दिइसकिएको कट्टेलको भनाई छ । प्रहरी अनुसन्धानले पनि भुसुने जंगलको भीरको घोरेटो बाटोबाट उनी लडेको पुष्टी गरेको जिल्ला प्रहरी कार्यलय ...