२०८२ पुष ७

सामाजिक

पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौँ महानगरपालिका¬–३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ । Advertisement दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । उता चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपा...
सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

देश, समाचार, सामाजिक
 प्रहरी प्रधान कार्यालयले दाङको सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं एसएसपी बसन्त कुँवरले सवारी ज्यान मुद्दामा आर्थिक अनियमिततामा मुछिएका दाङका एसपी गणेश चन्दमाथि तत्काल छानबिन गरेर प्रतिवेदन पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको रातोपाटीलाई बताए । एसपी चन्दले सवारी ज्यान मुद्दामा आर्थिक चलखेल गरेको विषयमा रातोपाटीमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले घटनाको बारेमा ध्यानाकर्षण भएको जनाएको हो । सवारी ज्यान मुद्दामा आर्थिक चलखेलसहितका समाचार सञ्चारमाध्यममा आएपछि प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले चासो ब्यक्त गर्दै आफ्नो सचिवालयमार्फत घटनाको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिइसकेको प्रवक्ता कुँवरले रातोपाटीलाई बताए । ...
गाडीको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देश, समाचार, सामाजिक
बारामा मैजिक गाडीले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।  Advertisement ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
कोरोना परीक्षण बन्द गर्दै जनस्वास्थ्यका कर्मचारीहरु आन्दोलनमा उत्रिए

कोरोना परीक्षण बन्द गर्दै जनस्वास्थ्यका कर्मचारीहरु आन्दोलनमा उत्रिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
प्रदेश २ का जनस्वास्थ्य प्रयोशालामा कार्यरत करारका कर्मचारीहरु कोरोना परीक्षण बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् । करारका कर्मचारीहरुले तलबभत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले तलबभत्ता नदिएको भन्दै शुक्रबारदेखि पिसिआर परीक्षणसमेत बन्द गरेर आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ । Advertisement माइक्रोबायोलोजिस्ट अमरेन्द्र मिश्रले कोरोना महामारीको समयमा २४ सै घण्टा काम गरेको उल्लेख गर्दै अहिलेसम्म तलबभत्ता नदिएकाले बाध्य भएर कोरोना परीक्षणसमेत बन्द गरिएको बताए । कोरोना महामारीको समयमा आफुहरुले आफ्नो ज्यान जोखिममा राखेर काम गर्दासमेत प्रदेश सरकारले तलबभत्ता रोकेको पीडित कर्मचारीहरुको गुनासो छ । कोरोना परीक्षण बन्द हुँदा प्रयोगशालामा कोरोना परीक्षणका लागि दैनिक आउने सरदर १...
बागमती प्रदेश : एक वर्षमा ४८ जनाको हत्या, ४४५ बलात्कारका घटना

बागमती प्रदेश : एक वर्षमा ४८ जनाको हत्या, ४४५ बलात्कारका घटना

देश, समाचार, सामाजिक
बागमती प्रदेशमा यस वर्ष ४८ जनाको हत्या तथा ४४५ वटा बलात्कारका घटना प्रकाशमा आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।  प्रदेशमा सन् २०२० मा मात्रै राज्य पक्षबाट एक जना र अन्य पक्षबाट ४७ जना गरी कुल ४८ जनाको हत्या गरिएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यस्तै प्रदेशभर २३५ बालिका र २१० महिलासहित ४४५ जना बलात्कृत भएका छन् भने ५ जना महिला बेचिएका छन् । इन्सेकका अनुसार सो अवधिमा ३४ जना महिलामाथि बलात्कारको प्रयास भएको छ भने ११ वटा यौन दुर्व्यवहार र ५ जना महिलामाथि बेचबिखनको प्रयास भएको छ ।  सन् २०२० मा प्रदेशमा महिलामाथि हुने घरेलु हिंसाका ७० वटा घटना, ८ वटा कथित बोक्सीको आरोप र ७६ वटा बहुविवाहका घटना प्रकाशमा आएको जनाइएको छ । Advertisement सो अवधिमा ६ जना बालक र ८१ जना बालिकासहित कूल ८७ जनामाथि यौन दुर्व्यवहार भएको छ भने ५ जना न...
कर्णालीका ३ कारागारबाट १५ कैदी रिहा

कर्णालीका ३ कारागारबाट १५ कैदी रिहा

देश, समाचार, सामाजिक
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका १५ जना कैदीहरु रिहा भएका छन् । सजाय मिनाह पाउनेमा सुर्खेत जिल्ला कारागारबाट ९, दैलेख कारागारबाट ६ र रुकुम पश्चिम जिल्ला कारागारबाट १ जना रहेका छन् । सुर्खेत कारागारका जेलर लक्ष्मि खेरलका अनुसार सजाय मिनाह पाउनेमा  कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका कमल सुनार, भिमबहादुर सुनार र तुलबहादुर राना छन् ।  Advertisement सवारी ज्यान मुद्धा अन्तर्गत गगन गुरुङ, सुरेन्द्र सार्की, दिपक साउँद र  केशव शाही, बमकला पुरी र  गिता चालिसे बहुविवाहको मुद्धा खेपिरहेका थिए । उनिहरु मध्ये बमकला पुरी बाहेक अन्य सबै सुर्खेत जिल्लाका हुन भने पुरी सल्यान जिल्लाका हुन् । उनिहरु क्रमश ः  २०, १०, २, ३, २ बर्ष कैद सजाय तोकिएको थियो ।  यस्तै  जिल्ला कारागार दैलेखका ५ जना कैदीलाई कैद सजाय माफी दिएको छ । एक जना महिला स...
भागरथी भट्टको शव परिवारले बुझ्यो

भागरथी भट्टको शव परिवारले बुझ्यो

देश, समाचार, सामाजिक
७ फागुन, काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि आफन्तले शव उठाएका हुन् । Advertisement प्रहरीका अनुसार परिवार सहमत भएपछि १५ दिनपछि भट्टको शव उठाइएको छ । दिनेशविरुद्ध ५ दिन म्याद थप गरेर प्रहरीले जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रारम्भिक सोधपुछमा दिनेशले पारिवारिक रिसिइबीको बद्ला लिन हत्या गरेको बताएका छन् । साभार: रातोपाटी ...
बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

देश, राजनीति, समाचार, सामाजिक
६ फागुन, जनकपुरधाम । महोत्तरीमा आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिकैबाट पक्राउ गरिएको हो । महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार पक्राउ परेका सहनीलाई अदालतमा पेस गरिएको छ । Advertisement शंकरले आफ्नै छोरा राजु सहनीकी पत्नी विना देवी सहनीलाई घरायसी विवादका कारण बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद सुनाएको थियो । प्रहरीका अनुसार २०६४ साल भदौ १३ गते ससुरा शंकर सहनी, सासु चन्दर देवी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शंकर साह मिलेर विनाको हत्या...
मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

मोदीद्वारा स्वास्थ्यकर्मीका लागि विशेष भिसा र क्षेत्रीय एम्बुलेन्सको प्रस्ताव

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
६ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजनाको प्रस्ताव गरेका छन् । सार्क लगायत भारतका १० वटा छिमेकी मुलुकबीच ‘कोभिड–१९ व्यवस्थापनः अनुभव, राम्रा अभ्यास र आगामी बाटो’ शीर्षकमा आयोजित भर्जुअल कार्यक्रमलाई सम्बोधन गदै मोदीले सो प्रस्ताव गरेका हुन् । मोदीले भने,‘आज म यो क्षेत्रका देशका नर्स र डाक्टरले यस क्षेत्रमा स्वास्थ्य संकटकाल आइपर्दा सकेसम्म छिटो यात्रा गर्न सकुन् भनेर उनीहरुका लागि विशेष भिसाको योजनाको प्रस्ताव गर्छु ।’ मोदीको सो प्रस्तावको बारेमा यस क्षेत्रका स्वास्थ्य अधिकारीहरुको बीचमा छलफल हुने छ । Advertisement मोदीले यस क्षेत्रका बिरामीहरुको उद्धार र उपचारका लागि क्षेत्रीय एयर एम्बुलेन्सको प्रस्...
सुत्केरी र गर्भवती महिलालाई खानेपानीको फिल्टर वितरण

सुत्केरी र गर्भवती महिलालाई खानेपानीको फिल्टर वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको  हो ।  Advertisement स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए।  ‘‘पोषणका कारणले कुषोषणलगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उनले भनिन्,“सुनौला हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छौं ।”गाउँपालिकाभरि ६२५ आमालाई यस पटक फिल्टर वितरण गरिएको उनले बताइन् ।  उनले भनिन्,“सुनौला हजार दिनका आमा तथा बच्चाको स्वास्थ्यमा सुधार मातृ मृत्युदरमा पनि कमी आउनेछ ।”दुर्गम पहाडी क्षेत्रमा पोषिला खानेक...