२०८२ चैत्र ४

सामाजिक

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भरतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  Advertisement ‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ । साभार: रातोपाटी ...
४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए । Advertisement त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । उनीहरुले माघ २६ देखि ३० गतेसम्म खोप लगाएका थिए । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको मन्त्रालयले जनाएको छ । पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ स...
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दिपावली

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दिपावली

देश, समाचार, सामाजिक
२५ माघ, चितवन । चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ । चार दिनयता कोरोनाका सक्रिय संक्रमितको संख्या १०० भन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ८१ जना सक्रिय संक्रमित रहेकामा ७ जना अस्पतालमा र ७४ जना होम आइसोलेसनमा छन् । गएको माघ २० गतेसम्म सक्रिय संक्रमितको संख्या ११८ थियो । Advertisement जनकपुर । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि जनकपुरधाममा खुसीयालीसहित दिपावली मनाइएको छ । स्थानीय युवाहरुको एक समूहले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको स्थानीय युवा रकीप्रसाद साहले प्रतिक्रिया दिए । उनीहरुले दिप प्रज्वलन गर्दै धनुषाका विभिन्न न...
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ३९ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।  राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको थियो । Advertisement घटना भएलगत्तै प्रहरी चौकी बाघखोर तथा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।  राईलाई दमक नगरपालिका २ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । साभार: रातोपाटी ...
काठमाडौं प्लाजाको भाडा विवाद : साढे ५ करोड भाडा गुम्ने जोखिम

काठमाडौं प्लाजाको भाडा विवाद : साढे ५ करोड भाडा गुम्ने जोखिम

देश, समाचार, सामाजिक
११ फागुन, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद टुंग्याउन नेपाल ट्रष्टलाई सकस परेको छ । यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । Advertisement यो अलमल भएको ९ महिनाको अवधिमा करिब साढे ५ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ । कन्सेप्ट डेभलपर्स र ट्रष्टको विवाद के हो ? ३ असार २०५० मा तत्कालीन राजकीय सम्पत्ति कोष विभागका तत्कालीन सह–सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलका सुवासराज काफ्लेबीच वडा–३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो । काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रालिमा हस्तान्तरण भएपछि  २०६६ प...
बसोबासको माग गरेका वादी समुदायलाई प्रदेश सरकारको जवाफ : हामीसँग अधिकार नै छैन

बसोबासको माग गरेका वादी समुदायलाई प्रदेश सरकारको जवाफ : हामीसँग अधिकार नै छैन

देश, राजनीति, समाचार, सामाजिक
सुर्खेत । बसोबासको माग राख्दै सुर्खेत झरेका दैलेखका वादी समुदायलाई प्रदेश सरकारले जमिन दिन नसक्ने जवाफ दिएको छ । मङ्गलबार बिहान प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जमिनको व्यवस्था संघ र स्थानीय तहले गर्ने भएकाले प्रदेश सरकारले गर्न नसक्ने बताएका हुन्  । साथै मन्त्री भण्डारीले सीमित साधन श्रोतको कारण व्यवस्थापन गर्न गाह्रो भएको बताए । तीन तहका सरकारको आफ्ना कार्यक्षेत्र छन्,’ उनले भने, ‘हामी जमीन दिन सक्दैनौँ, स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिन्छौँ । समस्या समाधानका लागि मूल एजेण्डा बनाए समाधान गर्ने तर्फ हाम्रो ध्यान केन्द्रीत छ,’ भण्डारीले भने । Advertisement साथै भण्डारीले समस्या समाधानका लागि तथ्याङ्क संकलन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जमीनको लागि भूमि आयोग स्थापना गरिएको छ । त्यहाँ माग राख्नु होला,’ उनको तर्क थ...
प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

देश, शिक्षा, समाचार, सामाजिक, स्वास्थ्य
भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ । Advertisement छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । “छोरी विद्यालय गएकी थिइन्”, उनले भने, “घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।” छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्...
पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पेप्सीकोलामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौँ महानगरपालिका¬–३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट आज एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङको मझुवागढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ रामहिटीस्थित सडकमा एक पुरुष आज मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ । Advertisement दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । उता चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध तीन हजार ट्याब्लेट, नाइट्राजेपाम, ३०० एम्पुल नुर्फिन, ३०० एम्पुल डाइजेपा...
सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

देश, समाचार, सामाजिक
 प्रहरी प्रधान कार्यालयले दाङको सवारी ज्यान मुद्दामा आर्थिक चलखेलबारे छानबिन गरेर पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं एसएसपी बसन्त कुँवरले सवारी ज्यान मुद्दामा आर्थिक अनियमिततामा मुछिएका दाङका एसपी गणेश चन्दमाथि तत्काल छानबिन गरेर प्रतिवेदन पठाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको रातोपाटीलाई बताए । एसपी चन्दले सवारी ज्यान मुद्दामा आर्थिक चलखेल गरेको विषयमा रातोपाटीमा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले घटनाको बारेमा ध्यानाकर्षण भएको जनाएको हो । सवारी ज्यान मुद्दामा आर्थिक चलखेलसहितका समाचार सञ्चारमाध्यममा आएपछि प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले चासो ब्यक्त गर्दै आफ्नो सचिवालयमार्फत घटनाको अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिइसकेको प्रवक्ता कुँवरले रातोपाटीलाई बताए । ...
गाडीको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देश, समाचार, सामाजिक
बारामा मैजिक गाडीले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।  Advertisement ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...