२०८२ पुष ७

सामाजिक

दाङमा स्कुल बस दुर्घटना : एक छात्राको मृत्यु, २२ जना घाइते

दाङमा स्कुल बस दुर्घटना : एक छात्राको मृत्यु, २२ जना घाइते

देश, समाचार, सामाजिक
१० चैत, दाङ । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए । Advertisement दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका-१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । Credit: OnlineKhabar ...
उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई पक्राउ

उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई पक्राउ

देश, समाचार, सामाजिक
९ चैत, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० मोटरसाइकल भेटिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । Advertisement महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको बताए । “उपत्यकामा हराएका मोटरसाइकल बरामदका लागि सादा पोशाकमा विशेष ट्राफिक प्रहरी परिचालन गरेका छौँ”, उनले भने । महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ समेत गरेको छ । महाशाखाले गोलढुङ्गाका अशोकमानसिंह कुँवरको हराएको बा९२प ९...
सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं  । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए । मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका  यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घस...
घरायसी विवादमा आग्लोले हानेर श्रीमतीको हत्या

घरायसी विवादमा आग्लोले हानेर श्रीमतीको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ । डडेल्धुरामा घरायसी विवादमा श्रीमानले आग्लो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवाद हुँदा शनिबार दिउँसो नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदलाई आग्लोले हिर्काएका थिए ।  श्रीमतीको हत्या गरेर साउँदले स्थानीय प्रहरी चौकीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले रातोपाटीलाई बताए । प्रहरीले साउदलाई शनिबार राति नै पक्राउ गरेको छ ।  Advertisement ढोकामा लगाउने डेढ फिटको आग्लोले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्यामले प्रहरीसँग आफैंले हत्या गरेको साविती बयान दिएका छन् । मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीलाई फोन गरेर साउँदले आफ्न...
मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु...
भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
७ चैत, भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चितापोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो । Advertisement मोटरसाइकलको पछाडि बसेकी उनी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल चालक सीताका छोर प्रकाशलाई भने केही भएको छैन । टिपर चालक सिन्धुपाल्चोकका २३ वर्षीय सुनिल तामाङ प्रहरी नियन्त्रणमा छन् । Credit: OnlineKhabar ...
ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवन । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । Advertisement ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । साभार: रातोपाटी ...
बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

बौद्ध एरियामा एकैदिन ३ जनाले गरे आत्महत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौंको बौद्ध र कपनमा एकैदिन ३ जनाले आत्महत्या गरेका छन् । शुक्रवार कपन, मूलपानी र अत्तरखेलमा ३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठ ‘सीता’ले आत्महत्या गरेकी छिन् । ललितपुर घर भएकी दीपा आफु बस्ने घरको छतमा फलामे बारमा झुण्डिएको फेला परेकी छिन् । अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका छन् । करिब ३५ वर्षीय बस्नेत दक्षिण ढोका स्थित उत्तरबाहिनीमा रहेको साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका स्थानीय हुन् । Advertisement त्यस्तै बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीले झुण्डेर आत्महत्या गरे...
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का  ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । Advertisement जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याएको थियो ।  जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । र...
बैतडीका वडाध्यक्ष होटलबाट पक्राउ

बैतडीका वडाध्यक्ष होटलबाट पक्राउ

देश, समाचार, सामाजिक
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । Advertisement उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको ...