२०८३ असार १३

सामाजिक

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

देश, समाचार, सामाजिक
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् ।  बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । Advertisement आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ ।  सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ ।  आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।  साभार: रातोपाटी ...
कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त पक्राउ

कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त पक्राउ

देश, समाचार, सामाजिक
सुर्खेत । कीर्ते गरी अर्काको जग्गा नामसारी गराउने मुख्य अभियुक्त ठहरिएका कम्प्युटर अपरेटर गणेश विक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकलाई बिहीबार पक्राउ गरेको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा नामसारी गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै जिल्ला अदालत सुर्खेतले विक विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । Advertisement पक्राउ पूर्जी जारी भएको लामो समयसम्म पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । विक मालपोत कार्यालयमा हाजिर भइ काम गरिरहेको अवस्थामा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो । जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री, सोही कार्यालयका कर्मचारी कमला सापकोटा, कृष्ण थापा, तीर्थ बहादुर महतारा, नापी कार्यालय ...
सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ

सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । सर्लाहीमा टाउको काटेर युवाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिहीबार टाउको काटेको अवस्थामा मलंगवा–९ स्थित खेतमा २५ बर्षीय सुशील यादवको शव फेला परेको थियो । हत्या आरोपमा कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।  ४५ बर्षीय कमल पण्डित मलंगवा–९ का स्थानीय हुन् । ४० बर्षीय अशोक भारतीय नागरिक हुन् । भारतको मदौलिया घर भएका उनी लामो सयमदेखि मलंगवामा बस्दै आएका छन् ।  Advertisement मृतक र आरोपी लागू औषध प्रयोगकर्ता हुन् । बुधवार साँझ उनीहरु सँगै बसेर खाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कमल पण्डितले आफूलाई बोलाएपछि होटलमा पुगेको हत्या आरोपी अशोकले प्रहरीलाई बताएका छन् ।  कमल र मृतकको आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरो...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ  ।  शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । Advertisement दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । साभार: रातोपाटी ...
कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ, ५ सय र हजारका नक्कली नोट बरामद

कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ, ५ सय र हजारका नक्कली नोट बरामद

देश, समाचार, सामाजिक
काठमाडौं । ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन  ‘राजु’ र निता तामाङ ‘माया’ लाई पक्राउ गरेको हो ।  Advertisement नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो । कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ । डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।  साभार: रातोपाटी ...
लालबन्दीमा फेरि अटोबाट गाँजा बरामद, ३ जना पक्राउ

लालबन्दीमा फेरि अटोबाट गाँजा बरामद, ३ जना पक्राउ

देश, समाचार, सामाजिक
१२ चैत, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ । लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए। Advertisement गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको सूचनाका आधारमा ईश्वरपुर नगरपालिका ८ वस्ने ३२ वर्षीय रामविश्वास राउत र महोतरीको सोनमा गाउँपालिका-४ वस्ने ३३ वर्षीय रमाशंकर राउतलाई पनि प्रहरीले नियन्त्रण्मा लिएको छ । राउतद्वयलाई लालबन्दी नगरपालिका-७ कालिन्जोर खोलाबाट बीआर३०टी०१०३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि ८ चैतको राति ल...
दाङ र नवलपरासीमा भएका सवारी दुर्घटनामा बालकसहित ३ जनाको मृत्यु

दाङ र नवलपरासीमा भएका सवारी दुर्घटनामा बालकसहित ३ जनाको मृत्यु

देश, समाचार, सामाजिक
११ चैत, काठमाडौं । दाङ र नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ मा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । ना ५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री घोराही उपमहानगरपालिका–३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय विष्णु चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक राप्ती गाउँपालिका–६ का ५० वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । Advertisement यसैगरी घोराही उपमहानगरपालिका–७ जबरपुरमा रोकी राखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रविन डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रविनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घ...
चिनिया ठेकेदारबाट नेपाली मजदुर कुटिए

चिनिया ठेकेदारबाट नेपाली मजदुर कुटिए

देश, समाचार, सामाजिक
११ चैत, बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका छन् । नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर एक्कासी कुटपिट गरेको नेपाली मजदुरको आरोप छ । Advertisement जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का एसपी प्रकाश मल्लले चिनिया ठेकेदार पक्ष र मजदुरबीच हात हालाहाल हुँदा ६ जना घाइते भएका र उनीहरुलाई अस्पताल पुर्‍याइएको बताए । घाइतेको अवस्था सामान्य रहेको मल्लले बताए । माटो र डिजल चोरीको अभियोगमा आयोजनामा काम गर्ने १३ जना नेपालीको तबल रोक्का गरेर छानबिन थालेको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले बताए । यसै विषयमा छलफलका क्रममा झडप भएको हो, नेपाली मजदुरले भने चोरी नगरेको दावी गरेको छ । चोरीको अभियो...
कर्णाली भित्रिने नाकामा ‘हेल्थ डेस्क’ राखिँदै

कर्णाली भित्रिने नाकामा ‘हेल्थ डेस्क’ राखिँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ चैत, सुर्खेत । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ । कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । कर्णाली प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क पुनः स्थापना गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए । Advertisement ‘भारतमा संक्रमणको दर पुनः बढेपछि कर्णालीमा पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ, खुल्ला सीमाका कारण नयाँ भाइरस सहजै भित्रिन सक्ने भएकाले हामीले पहिलो चरणमा प्रदेश भित्रिने नाकामा कडाइ गछौं,’ निर्देशक खड्काले भने । निर्देशक खड्काका अनुसार ‘हेल्थ डेस्क’मा ज्वरो नाप्नुका साथै कोभिडको लक्षण देखिए एन्टिजोन प्रविधिबाट पीसीआर परिक्षणसमेत गरिनेछ । रिपोर्ट ...
विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ चैत, मोरङ । करीब तीन महिना कोरोना सङ्क्रमित नभेटिएको विराटनगरमा पुन: कोरोना सङ्क्रमित भेटिन थालेका छन् । बुधबार मात्रै विराटनगरमा दश जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमितको संख्या १७ पुगेको छ । Advertisement विराटनगरमा सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । भारतबाट आएकाहरुमा कोरोना सङ्क्रमण देखिएकाका कारण दोस्रो चरणको सङ्क्रमण हुनसक्ने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । Credit: OnlineKhabar ...