२०८२ पुष ६

सामाजिक

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

देश, समाचार, सामाजिक
५ चैत, डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् । Advertisement गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षको कैद सजाय सुनाएको हो । Credit: OnlineKhabar ...
काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

देश, समाचार, सामाजिक
काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो । Advertisement भूकम्पको तीव्रता ४.१ म्याग्‍निच्यूडको रहेको थियो । यसअघि गत महिना दोलखा केन्द्रविन्दु भएर ४.२ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । साभार: रातोपाटी ...
होटलमा आगलागी : पाँच लाख क्षति

होटलमा आगलागी : पाँच लाख क्षति

देश, समाचार, सामाजिक
भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।  स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए । Advertisement राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साभार: रातोपाटी ...
रोल्पामा एक युवकको हत्या

रोल्पामा एक युवकको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । रोल्पामा एक युवकको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ चावाङका ३० वर्षीय वीरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।  Advertisement हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँ, प्रहरी चौकी इरिवाङ र प्रहरी चौकी पाछाबाङबाट टोली खटाइ अनुसन्धान भइरहेको पनि डीएसपी सुवेदीले जानकारी दिए ।  साभार: रातोपाटी ...
दाङमा  छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बुटवल । दाङमा आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ  । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोर गाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिँदा ३ वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । Advertisement अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यता, तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीय किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यमबहादुर बोहराकी १७ वर्षीय छोरी सृजना बोहरा रहेको इलाका...
पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।     अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३१७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५ पुगेको छ । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार ४०१ रहेको छ । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।  Advertisement अहिले देशभर ८९५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४४ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख १८ हजार ७२२ को पिसिआर पर...
मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
भोजपुर । मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो । Advertisement शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
अवैध रुपमा राखिएको बन्दुक बरामद

अवैध रुपमा राखिएको बन्दुक बरामद

देश, समाचार, सामाजिक
\ पाल्पामा अवैध बन्दुक प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा राखिएको भरुवा बन्दुक बरामद गरेको जनाएको छ । बगनासकाली गाउँपालिका–४, महछाँपका २१ वर्षीय प्रेमबहादुर कनौजेले आफ्नै घरमा राखेको १ नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।  Advertisement कनौजेले लुकाईछिपाई राखेको अबैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । अवैध रुपमा भेटिएको बन्दुकको बारेमा थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
डिक्कीमा छरपस्ट २७ लाख लिएर  हुइँकिएको त्यो कार

डिक्कीमा छरपस्ट २७ लाख लिएर हुइँकिएको त्यो कार

देश, समाचार, सामाजिक
\ भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरलाई एउटा सूचना आयो जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर एउटा गाडी आउँदैछ । २६ गते अन्दाजी ८ बजे रातिको समयमा पेप्सीकोलाबाट भक्तपुरको सानोठिमी तर्फ आउँदै गरेको बा. २१ च ३८३९ नं.को नीलो रंगको कारलाई प्रहरीले चेकजाँच गर्न रोक्यो ।  परिसर भक्तपुरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गरी उक्त गाडीको खोजी गरिरहेको थियो । कारलाई रोकी चेकजाँच गर्ने क्रममा बिनोद तामाङले उक्त गाडी चलाई ल्याएका थिए । महानगरीय प्रहरी परिसरका सूचना अधिकारी दिपक गिरीका अनुसार गाडीमा अन्य व्यक्तिहरु कोही थिएनन् ।  Advertisement तामाङ र सवार गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको डिक्कीमा छरपस्ट अवस्थामा हजार, पाँच सय र एक सय दरका नेपाली नोटहरु भेटिए । रुपैयाँका बिटाहरू गन्दा सत...
भारतमा कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएका दुई जना कोरोना पोजेटिभ पाइयो

भारतमा कोरोनाविरुद्धको खोपको दुवै डोज लगाएका दुई जना कोरोना पोजेटिभ पाइयो

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ । एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ । यता, भारतमा नै विकास र उत्पादन गरिएको 'कोभ्याक्सिन' लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ । Advertisement भारतमा पछिल्ला दिनमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १५ हजार ०७२ जना निको भएका छन् । यही अवधिमा थप ११९ जनाले ज...