अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली
१० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् ।
विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् ।
Advertisement
अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन् । आशाजस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् ।
जलजला-२ रातढुङ्गाका विवश परियार कक्षा...









