२०८२ पुष ६

सामाजिक

लालबन्दीमा फेरि अटोबाट गाँजा बरामद, ३ जना पक्राउ

लालबन्दीमा फेरि अटोबाट गाँजा बरामद, ३ जना पक्राउ

देश, समाचार, सामाजिक
१२ चैत, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ । लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए। Advertisement गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको सूचनाका आधारमा ईश्वरपुर नगरपालिका ८ वस्ने ३२ वर्षीय रामविश्वास राउत र महोतरीको सोनमा गाउँपालिका-४ वस्ने ३३ वर्षीय रमाशंकर राउतलाई पनि प्रहरीले नियन्त्रण्मा लिएको छ । राउतद्वयलाई लालबन्दी नगरपालिका-७ कालिन्जोर खोलाबाट बीआर३०टी०१०३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि ८ चैतको राति ल...
दाङ र नवलपरासीमा भएका सवारी दुर्घटनामा बालकसहित ३ जनाको मृत्यु

दाङ र नवलपरासीमा भएका सवारी दुर्घटनामा बालकसहित ३ जनाको मृत्यु

देश, समाचार, सामाजिक
११ चैत, काठमाडौं । दाङ र नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ मा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । ना ५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री घोराही उपमहानगरपालिका–३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय विष्णु चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक राप्ती गाउँपालिका–६ का ५० वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । Advertisement यसैगरी घोराही उपमहानगरपालिका–७ जबरपुरमा रोकी राखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रविन डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रविनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घ...
चिनिया ठेकेदारबाट नेपाली मजदुर कुटिए

चिनिया ठेकेदारबाट नेपाली मजदुर कुटिए

देश, समाचार, सामाजिक
११ चैत, बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका छन् । नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर एक्कासी कुटपिट गरेको नेपाली मजदुरको आरोप छ । Advertisement जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का एसपी प्रकाश मल्लले चिनिया ठेकेदार पक्ष र मजदुरबीच हात हालाहाल हुँदा ६ जना घाइते भएका र उनीहरुलाई अस्पताल पुर्‍याइएको बताए । घाइतेको अवस्था सामान्य रहेको मल्लले बताए । माटो र डिजल चोरीको अभियोगमा आयोजनामा काम गर्ने १३ जना नेपालीको तबल रोक्का गरेर छानबिन थालेको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले बताए । यसै विषयमा छलफलका क्रममा झडप भएको हो, नेपाली मजदुरले भने चोरी नगरेको दावी गरेको छ । चोरीको अभियो...
कर्णाली भित्रिने नाकामा ‘हेल्थ डेस्क’ राखिँदै

कर्णाली भित्रिने नाकामा ‘हेल्थ डेस्क’ राखिँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ चैत, सुर्खेत । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ । कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । कर्णाली प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क पुनः स्थापना गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए । Advertisement ‘भारतमा संक्रमणको दर पुनः बढेपछि कर्णालीमा पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ, खुल्ला सीमाका कारण नयाँ भाइरस सहजै भित्रिन सक्ने भएकाले हामीले पहिलो चरणमा प्रदेश भित्रिने नाकामा कडाइ गछौं,’ निर्देशक खड्काले भने । निर्देशक खड्काका अनुसार ‘हेल्थ डेस्क’मा ज्वरो नाप्नुका साथै कोभिडको लक्षण देखिए एन्टिजोन प्रविधिबाट पीसीआर परिक्षणसमेत गरिनेछ । रिपोर्ट ...
विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ चैत, मोरङ । करीब तीन महिना कोरोना सङ्क्रमित नभेटिएको विराटनगरमा पुन: कोरोना सङ्क्रमित भेटिन थालेका छन् । बुधबार मात्रै विराटनगरमा दश जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमितको संख्या १७ पुगेको छ । Advertisement विराटनगरमा सङ्क्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । भारतबाट आएकाहरुमा कोरोना सङ्क्रमण देखिएकाका कारण दोस्रो चरणको सङ्क्रमण हुनसक्ने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । Credit: OnlineKhabar ...
अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

देश, समाचार, सामाजिक
१० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् । Advertisement अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन् । आशाजस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् । जलजला-२ रातढुङ्गाका विवश परियार कक्षा...
सर्लाहीमा विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

सर्लाहीमा विद्युत सर्ट भएर आगलागी हुँदा १० लाखको क्षति

देश, समाचार, सामाजिक
११ चैत, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा भएको आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । नगरपालिकाको वडानम्बर ९ ब्रहमस्थान बस्ने राजकुमार महतोको घरमा विद्युत सर्ट भएर मंगलबार राति आगलागी हुँदा घर, घरभित्र रहेको नगद ३ लाख ५० हजारसहित सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ । Advertisement उक्त आगलागीले ९ हजार ५० हजार बराबरको क्षति भएको छ । सोही आगोले राजकुमारका छिमेकी जोगि  महतोको घरको काठको बरण्डामा राखिएको ५० हजार बराबरको कपडा जलेर भएको छ । उक्त आगोलाई स्थानीयवासी र प्रहरी मिलेर नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रक्ता मदन कुँवरले जानकारी दिए । Credit: OnlineKhabar ...
किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा २ जना पक्राउ

किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा २ जना पक्राउ

देश, समाचार, सामाजिक
\ ११ चैत,बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् । जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ वर्षका युवक पक्राउ परेका हुन् । Advertisement १ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्रै प्रहरीमा आफन्तको निवेदन परेको र लगत्तै खोजलतास गर्दा रुकुमकोटबाट उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए । दुईजना किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ । चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आए...
कर्णालीमा सडक दुर्घटना बढ्यो,  २० महिनामा १६९ को मृत्यु

कर्णालीमा सडक दुर्घटना बढ्यो, २० महिनामा १६९ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुर्खेत । कर्णाली प्रदेशमा बितेका २० महिनामा ४ सय ९५ वटा सवारी दुर्घटना भएका छन् भने १ सय ६९ जनाको ज्यान गएको छ । जसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्रै २ सय ३१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ६१ पुरुष, ६ महिला, ४ बालक, १ बालिका गरी ७२ जनाले ज्यान गुमाएका छन् । गत बर्ष १२ महिनामा २ सय ६४ वटा सवारी दुर्घटना भएका छन् । जसमा परी ६६ पुरुष, २३ महिला, ७ बालक, १ बालिकाले ज्यान गुमाएका छन् ।  प्रदेश ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवमा सबैभन्दा धेरै मोटरसाइकल ६६ वटा दुर्घटना भएका छन् । यस्तै ट्रक २९, टिप्पर ६, बस २२, माइक्रो बस ७, जिप÷कार ३०, टेम्पो १८, साना सवारी ११ अटो ५, अन्य २ वटा दुर्घटनामा परेका  छन् । जसमा दुर्घटनामा परी  १ सय १७ जना शक्त घाइते र २ सय ४० जना साधारण घाइते भएका छन् । Advertisement यस्तै गत आवमा ३१ ट्रक,...
भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

देश, समाचार, सामाजिक
काठमाडौं । मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ ।  भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो । Advertisement वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा.सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए । साभार: रातोपाटी ...