२०८२ पुष ६

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ  । लु २३ प ५०५७ नम्बरको मोटरसाइकल  गुल्मीदरबार  गाउँपालिका  वडा नम्बर  ७ को  घुम्ती भन्दा  भित्री  सडकमा  दुर्घटना हुँदा सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर  खत्रीको ज्यान गएको हो  । 


Advertisement


गौँडाकोटस्थित  गुल्मी दरवार  गाउँ पालिकाको  सार्वजनिक सुनुवाइ कार्यक्रममा  सहभागी  भइ साँझ घर  फर्किने  क्रममा  घुम्तीदेखि  भित्री  सडकमा  मोटरसाइकल दुर्घटना भएको  र  गम्भीर  घाइते  खत्रीलाई  जिल्ला  अस्पताल तम्घासमा साढे  ९  बजे  मृत  घोषणा गरिएको  जिल्ला  प्रहरी  कार्यालयका  प्रवक्ता डिएसपी  पुरुषोतम  प्रसाद  पाण्डेले  जानकारी  दिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap