२०८२ पुष ४

सामाजिक

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । Advertisement प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातायता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ । शुक्रबारसम्म प्रदेशभर ३२ सय ४७ सक्रिय संक्रमित छन् । तीमध्ये सुर्खेतका मात्रै १७ सय ९६ जना रहेका छन् । शुक्रबार सुर्खेतमा थप २७३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पतालमा ...
कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् । Advertisement उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए । ...
पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए । ‘नीजि अस्पतालहरुमा उपचारका लागि जाँदा १ लाख रुपैयाँ त डिपोजिट नै माग्छन्, कोरोना संक्रमण भईहाले गरिबले उपचार पाउन नसक्ने अवस्था छ ।’ Advertisement उनले भने ‘त्यसैले गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेर राखेको छ । त्यहाँ खाना खाजाको सुविधा सहित निशुल्क उपचार पनि गर्छौ ।’ आइसोलेसन सेन्टरमा २ वटा मात्रै अक्सिजन सिलिण्डर छ । ४ वटासम्म जोहो गर्न सकेको खण्डमा अत्यावश्यक पर्द...
पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ । Advertisement नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि उपचार र जिल्लाभित्र कोभिड १९ को उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट भएको नगर प्रमुख लोक नारायण यादवले जानकारी दिए । ‘पचरुखीमा १५ बेडको आइसोलेसन सेन्टर बनाउँछौं, औषधि उपचार सेवा निःशुल्क हुन्छ, अन्यत्र रिफर गर्नुपर्ने अवस्था आए एम्बुलेन्समै पु¥याउँछौं ।’ उनले भने ‘कोभिड महामारीमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर संक्रमित हुँदै नहुने अवस्था सिर्जना ग...
सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
२३ वैशाख, काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन । Advertisement कार्ययोजनामा लेखिएको छ ‘चीन सरकारबाट अनुदान स्वरुप प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा गरी पहिलो लट ल्याउने ।’ यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । यसको समन्वय गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई भनिएको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालमा पनि अक्सिजन अभाव भएपछि चीनले अनुदान स्वरुप ...
विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने

विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने

देश, समाचार, सामाजिक
२२ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्लाभित्र र वा अन्तर जिल्ला आवतजावत गर्न दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । Advertisement सुरक्षा गार्डहरुले परिचयपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउनेछन् । हेर्नुहोस् प्रशासन कार्यालयको सूचना Credit: OnlineKhabar ...
कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएपछि चैत ३१ देखि वैशाख २२ गते बुधबार बिहानसम्म ४३ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा ३२, नारायणी बयोधा अस्पतालमा ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा ५, र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । Advertisement बुधबार बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरका ५२ वर्षीय पुरुष र पर्साको बहुदरमाई नगरपालिका– ३ कि ४५ वर्षीया महिलाको मृत्यु भएको हो । बुधबार दिउँसो १ः५० बजे वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनी वैशाख २० गते कोरोना संक्रमण पुष्टी भई होम आइसोलेसनमा थिए । को...
कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

आर्थिक, कर्पोरेट, देश, समाचार, सामाजिक
२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न भनिएको छ । भाइजरसहितको हेलमेट लगाउनेले भने फेससिल्ड लगाउनु पर्नेछैन । Advertisement कोरोना संक्रमण बढेपछि कञ्चनपुरमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधिमा प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न खरिद बिक्री गर्न पाइन्छ । उपभोग्य सामग्री खरिद गर्न जाँदा फेसशिल्ड, मास्क र ग्लोब्सको प्रयोग नगरी अटेर गर्नेलाई कानूनबमोजिम कारवा...
बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत पाटन नगरपालिका–१ क ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । Advertisement एक हप्ता अघि कोरोना संक्रमण देखिएकाउनीहोम आइसोलेसनमै बसिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका उनको राति मृत्यु भएको हो । उनी पेसाले शिक्षक रहेको अस्पतालले जनाएको छ। Credit: OnlineKhabar ...
हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, हेटौंडा । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । Advertisement कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका- ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ । मृतक मध्य हेटौंडाका चार र बाहिरी जिल्लाबाट उपचारका लागि आएका दुईजना रहेका छन् । Credit: OnlineKhabar ...