प्रदेश १ मा कोरोनाको कहर : १० दिनमा १०३ जनाको मृत्यु
विराटनगर । गत शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ४१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक ल्याबमा पठायो । आइतबार प्राप्त रिपोर्टमा ४१ मध्ये ४० जनामा कोरोना संक्रमण देखिएको उल्लेख थियो ।
‘रिपोर्ट हेरेर अचम्मित भयौं,’ इटहरी अस्पतालका इमर्जेन्सी विभाग संयोजक रामकुमार धमलाले भने, ‘पीसीआर परीक्षणका लागि संकलित स्वाब शत प्रतिशतजस्तै पोजेटिभ रिजल्ट आयो ।’ इटहरी उपमहानगरपालिकाको नगरस्तरीय आइसोलेसन संयोजकसमेत रहेका धमलाले त्यसपछिका दिनमा प्रायः पीसीआरका लागि पठाइएको स्वाबको रिजल्ट शत प्रतिशत पोजेटिभ आउने क्रम जारी रहेको बताए ।
Advertisement
इटहरी क्षेत्रमा गएको दुई हप्तामा संक्रमण दर उच्च भएको बताउँदै धमलाले दोश्रो लहर सुरु भएसँगै इटहरी क्षेत्रमा मात्र संक्रमित हुनेको संख्या ७१३ जना पुगेको बताए । कुल ...







