२०८२ पुष ४

सामाजिक

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा ३१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए । Advertisement उनका अनुसार ३७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८७ जनामा पोजेटिभ रिपोर्ट आएको र तीमध्ये १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५० जनाको पिसिआर परीक्षण हुँदा ७ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यसमध्ये १२ जनाको मृत्यु भएको उनले बताए । साभार: रातोपाटी ...
ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

देश, समाचार, सामाजिक
दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।  हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल  र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।   Advertisement पश्चिमबाट पूर्वतर्फ जाँदै  गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए ।  शव परीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी...
उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले(सिसीएमसी) ले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने अस्पतालहरूका लागि अक्सिजनको कोटा तोकेको छ ।  सरकारले कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो । Advertisement सिसिएमसीले सम्पूर्ण अक्सिजन उद्योगहरुलाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर पहिले आपूर्ति गरिरहेका अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।  यस्तै अक्सिजन विवरणमा आवश्यकताका आधारमा भविष्यमा थपघट हुनसक्ने भएकाले उद्योगहरुलाई समन्वय गर्न सिसिएमसी सचिवालयले अनुरोध गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयमा आइतबार बसेको कोभिड—१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले यसमा व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको थियो ।  अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि ...
सूर्यविनायकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

सूर्यविनायकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

देश, समाचार, सामाजिक
भक्तपुर । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । Advertisement अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती  प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । साभार: रातोपाटी ...
सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  उपचारको क्रममा  उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । त्यस्तै ५ सय ६४ नमुनाको परीक्षण गर्दा  २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढीका  १ सय ४ पुरुष, ६६ महिला रहेका छन् । Advertisement अन्य जिल्लाका ७५ पुरुष र ६२ महिलामा कोरोना पुष्टि भएको उनले बताए । २ सय ६८ जनामा  नेगेटिभ रिपोर्ट आएको छ । अहिले अस्पतालका भेन्टीलेटरमा ५...
स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

देश, समाचार, सामाजिक
बर्दियाको  राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  Advertisement कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।  उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  साभार: रातोपाटी ...
रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजनको जिम्मा रौतहट प्रहरीले लिएको छ । जिल्लामा अक्सिजनको अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले ग्यास व्यवस्थापनको जिम्मा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले बताएका छन् । Advertisement गौरस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन अपुग हुँदा उपचाररत संक्रमित बिरामीको सुविधाको लागि प्रहरीले अक्सिजन उपलब्ध गराएको छ । संक्रमित १४ जना बिरामीलाई उपचारका लागी प्रति सिलिन्डर सात किलो ६०० ग्राम अक्सीजन रहेको २३ वटा सिलिन्डर शनिवार राति १० बजे गौर अस्पतालका मेडिकल अफिसर डाक्टर घनश्याम ठाकुरको जिम्मा लगाएको एसपी शाहले जानकारी दिएका छन् । संक्रमितको उपचारको लागि हाल अत्यावश्यक अक्सिजनको जिल्लामा कालोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले गरुडा, गौरलगायतका स्थानमा छापा मारी साढे सात किलो अक्...
गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

आर्थिक, देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो । सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । Advertisement वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका थिए । बिनासूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पिय...
अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । Advertisement मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् । Credit: OnlineKhabar ...
बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । Advertisement तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उपचारको क्रममा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनमा अन्य दीर्घरोग पनि थिएन । Credit: OnlineKhabar ...