२०८२ पुष ४

सामाजिक

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । Advertisement निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । Credit: OnlineKhabar ...
कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

देश, राजनीति, समाचार, सामाजिक
सुर्खेत । कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो ।  Advertisement सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयानुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र  असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा स्वीकृत गरिएको छ । त्यस्तै असोज कृष्ण त्रयोदशीका अवसरमा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला तथा चैत १२ गते जुम्लामा मात्र धान दिवसको बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री केसीले जानकारी दिए । साभार: रातोपाट...
गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण

गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा थप ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार प्रदेशको राजधानी पोखरामा ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलोपटक हो । Advertisement पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।   योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्य...
सुदूरपश्चिममा एक हप्तामा ४३ सङ्क्रमितको मृत्यु

सुदूरपश्चिममा एक हप्तामा ४३ सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।  निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । Advertisement यसैगरी भारतबाट रोजगारी गरी घर फर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना सङ्क्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना क...
उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ ।  धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन ।  Advertisement पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादित आधाजस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँगाउँका स्वास्थ्यचौकीमा समेत अक्सिजन चाहिने निश्चित छ ।  अक्सि...
बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ वैशाख, काठमाडौं । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । Advertisement त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख १७ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो । शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो ...
कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमण उच्च बिन्दुमा, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement यो नेपालमा संक्रमण देदिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्यमा हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । ४३ हजार नाघ्यो संक्रिय संक्रमित नेपालमा कोरोना संक्रमितको कुल सं...
कोरोना नियन्त्रणका लागि सिसिएमसीका १४ निर्णय

कोरोना नियन्त्रणका लागि सिसिएमसीका १४ निर्णय

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चार शीर्षमा १४ वटा निर्णय गरेको छ। सिसिएमसीले केन्द्रीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप व्यवस्थित गर्नदेखि स्थानीय तहसम्मलाई जिम्मेवार बनाउनेसम्मका निर्णय गरेको छ । Advertisement आवागमन व्यवस्थापन, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण, क्वारेन्टिन अनुगमन र जनचेतना सम्बन्धमा निर्णय गरेको सिसिएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ । साभार: रातोपाटी ...
भारतबाट अस्ट्रेलिया फर्कनेलाई ५ वर्ष जेल सजाय !

भारतबाट अस्ट्रेलिया फर्कनेलाई ५ वर्ष जेल सजाय !

विदेश / एन.आर.एन, समाचार, सामाजिक
भारतबाट फर्किए अस्ट्रेलियन नागरिकले ५ वर्ष जेल बस्नुका साथै जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले भारतबाट अस्ट्रेलियाको यात्रालाई अल्पकालीनरुपमा गैरकानुनी बनाएपछि यस्तो नियम लागू भएको हो । स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड–१९ को संक्रमणपछि क्वारेन्टिनमा रहेका मानिसको अनुपातको आधारमा यस्तो निर्णय लिएको जनाएको छ । Advertisement अस्ट्रेलियाले एक हप्ताअघि भारतबाट आउने सबै उडान रद्द गरिसकेको छ । भारतमा अस्ट्रेलियाका करिब ९ हजार  नागरिक रहेको अनुमान गरिएको छ । यसमध्ये ६ सय जना जोखिम समूहमा रहेका छन् । अस्ट्रेलियन मिडियाका अनुसार आफ्नो देश फर्किनलाई अवैद्य बनाइएको पहिलो पटक हो । अस्ट्रेलिया फर्कने मितिभन्दा १४ दिनभित्र भारत गएकाहरुलाई सोमबारबाट अस्ट्रेलिया भित्रने प्रतिबन्ध गरिनेछ । नयाँ नियम पालना नगर्नेहरुलाई ५ वर्ष जेल सजाय वा ६६ हजार अस्ट्रेलिय...
भारतबाट आएकालाई क्वारेन्टिन र आइसोलेशनमा नराखी सीधै घर पठाउँदा…

भारतबाट आएकालाई क्वारेन्टिन र आइसोलेशनमा नराखी सीधै घर पठाउँदा…

देश, समाचार, सामाजिक, स्वास्थ्य
भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टिन र आइसोलेशनमा नराखी सीधै घर पठाउँदा कोरोनाको जोखिम बढेको छ । स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदायस्तरमा कोरोनाको त्रास फैलिएको छ । अहिले जिल्लामा १३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यानसमेत गएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढ्न थालेको छ । जिल्ला बाहिरबाट घर फर्कनेको लर्को लाग्न थालेको छ । यसरी जिल्ला भित्रनेलाई क्वारेन्टिनमा नराखी सीधै घर पठाउँदा संक्रमण फैलिने त्रास भएको तलकोट गाउँपालिकाका गणेश धरालाले बताए ।  Advertisement  सरकारले देशका विभिन्न शहरमा निषेधाज्ञा जारी गरेसंँगै रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएकाहरु घर फर्कन थालेका छन् । हुलका हुल मानिस गाउँ पसेका छन् । गाउँमा न त क्वारेन्टिन छन्, न त सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय ...