२०८३ असार १३

सामाजिक

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

देश, समाचार, सामाजिक
बर्दियाको  राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  Advertisement कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।  उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  साभार: रातोपाटी ...
रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजनको जिम्मा रौतहट प्रहरीले लिएको छ । जिल्लामा अक्सिजनको अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले ग्यास व्यवस्थापनको जिम्मा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले बताएका छन् । Advertisement गौरस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन अपुग हुँदा उपचाररत संक्रमित बिरामीको सुविधाको लागि प्रहरीले अक्सिजन उपलब्ध गराएको छ । संक्रमित १४ जना बिरामीलाई उपचारका लागी प्रति सिलिन्डर सात किलो ६०० ग्राम अक्सीजन रहेको २३ वटा सिलिन्डर शनिवार राति १० बजे गौर अस्पतालका मेडिकल अफिसर डाक्टर घनश्याम ठाकुरको जिम्मा लगाएको एसपी शाहले जानकारी दिएका छन् । संक्रमितको उपचारको लागि हाल अत्यावश्यक अक्सिजनको जिल्लामा कालोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले गरुडा, गौरलगायतका स्थानमा छापा मारी साढे सात किलो अक्...
गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

आर्थिक, देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो । सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । Advertisement वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका थिए । बिनासूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पिय...
अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । Advertisement मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् । Credit: OnlineKhabar ...
बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । Advertisement तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उपचारको क्रममा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनमा अन्य दीर्घरोग पनि थिएन । Credit: OnlineKhabar ...
कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । Advertisement प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातायता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ । शुक्रबारसम्म प्रदेशभर ३२ सय ४७ सक्रिय संक्रमित छन् । तीमध्ये सुर्खेतका मात्रै १७ सय ९६ जना रहेका छन् । शुक्रबार सुर्खेतमा थप २७३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पतालमा ...
कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् । Advertisement उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए । ...
पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए । ‘नीजि अस्पतालहरुमा उपचारका लागि जाँदा १ लाख रुपैयाँ त डिपोजिट नै माग्छन्, कोरोना संक्रमण भईहाले गरिबले उपचार पाउन नसक्ने अवस्था छ ।’ Advertisement उनले भने ‘त्यसैले गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेर राखेको छ । त्यहाँ खाना खाजाको सुविधा सहित निशुल्क उपचार पनि गर्छौ ।’ आइसोलेसन सेन्टरमा २ वटा मात्रै अक्सिजन सिलिण्डर छ । ४ वटासम्म जोहो गर्न सकेको खण्डमा अत्यावश्यक पर्द...
पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ । Advertisement नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि उपचार र जिल्लाभित्र कोभिड १९ को उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट भएको नगर प्रमुख लोक नारायण यादवले जानकारी दिए । ‘पचरुखीमा १५ बेडको आइसोलेसन सेन्टर बनाउँछौं, औषधि उपचार सेवा निःशुल्क हुन्छ, अन्यत्र रिफर गर्नुपर्ने अवस्था आए एम्बुलेन्समै पु¥याउँछौं ।’ उनले भने ‘कोभिड महामारीमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर संक्रमित हुँदै नहुने अवस्था सिर्जना ग...
सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
२३ वैशाख, काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन । Advertisement कार्ययोजनामा लेखिएको छ ‘चीन सरकारबाट अनुदान स्वरुप प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा गरी पहिलो लट ल्याउने ।’ यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । यसको समन्वय गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई भनिएको छ । कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालमा पनि अक्सिजन अभाव भएपछि चीनले अनुदान स्वरुप ...