२०८१ जेष्ठ ६

मकवानपुरमा १ सय ८२ जना कोरोना संक्रमित थपिए

मकवानपुरमा बुधबार थप १ सय ८२ जना कोरोनाका संक्रमण पुष्टि भएको छ । 


Advertisement


कूल २ सय ७० जनाको स्वाबको नमुना परिक्षण गर्दा ८३ जना महिला र ९९ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए । 

संक्रमण पुष्टि हुनेमा जिल्ला बाहिरका ६ जनासहित, मकवानपुरगढी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बागमती गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १ जना र हेटौंडा उपमहानगरपालिकाका १ सय ६७ जना रहेका छन् । 

त्यस्तै संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा सबैभन्दा धेरै ३० जना रहेका छन् ।

हेटौँडा–१ का ७ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–३ मा २ जना, हेटौँडा–५ का २४ जना, हेटौँडा–६ का ६ जना, हेटौँडा–७ का ७ जना हेटौँडा–८ का १९ जना, हेटौँडा–९ का २६ जना, हेटौँडा–१० का ८ जना, हेटौँडा– ११ का १० जना, हेटौँडा–१२ का २ जना, हेटौँडा–१४ का २ जना, हेटौँडा–१६ का १ जना, हेटौँडा–१७ का ३ जना, हेटौँडा–१८ का ३ जना, हेटौँडा–१९ का १ जना र वडा नम्बर खुल्न नसकेका हेटौंडाका अर्का एक जनामा संक्रमण पुष्टि भएको हो । 

मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६५ प्रतिशत रहेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap