२०८२ पुष ५

सामाजिक

हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । Advertisement हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।  उनीहरु केही दिनअघि संक्रमणका कारण विरामी भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुलाई आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । यससँगै मकवानपुरका ५१ जनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साभार: रातोपाटी...
चितवनमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

समाचार, सामाजिक
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।  कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् ।  Advertisement कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले आत्महत्या गरेका हुन् ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् । मृतक धमला ओखलढुंगाका हुन् । ...
चितवनमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् ।  भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।  Advertisement यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहा...
शनिबार ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

शनिबार ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

देश, समाचार, सामाजिक, स्वास्थ्य
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।  गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको  जनाइएको छ । निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए ।  Advertisement उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ । एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै न...
मकवानपुरमा १ सय ८२ जना कोरोना संक्रमित थपिए

मकवानपुरमा १ सय ८२ जना कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुरमा बुधबार थप १ सय ८२ जना कोरोनाका संक्रमण पुष्टि भएको छ ।  Advertisement कूल २ सय ७० जनाको स्वाबको नमुना परिक्षण गर्दा ८३ जना महिला र ९९ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।  संक्रमण पुष्टि हुनेमा जिल्ला बाहिरका ६ जनासहित, मकवानपुरगढी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बागमती गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १ जना र हेटौंडा उपमहानगरपालिकाका १ सय ६७ जना रहेका छन् ।  त्यस्तै संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा सबैभन्दा धेरै ३० जना रहेका छन् । हेटौँडा–१ का ७ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–३ मा २ जना, हेटौँडा–५ का २४ जना, हेटौँडा–६ का ६ जना, हेटौँडा–७ का ७ जना हेटौँडा–८ का १९ जना, हेटौँडा–९ का २६ जना, हेटौँ...

पोखरामा सय बेडको कोरोना अस्पताल निर्माण शुरु

देश, समाचार, सामाजिक, स्वास्थ्य
 पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा सय बेडको कोरोना आइसोलेसन अस्पताल निर्माण थालेको छ । महानगरले पोखरा क्षेत्रमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि शिशुवा अस्पतालको मातहत रहने गरी उक्त भवनमा १ सय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।  आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैंयामा बोलपत्र आव्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित गरेको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको छ ।  Advertisement वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो ।  सय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम...
अक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवाअक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवा

अक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवाअक्सिजन अभावले बन्द भयो पल्मोनरी रिहाविलिटेशन सेवा

देश, समाचार, सामाजिक, स्वास्थ्य
अक्सिजन अभावका कारण काठमाडौंस्थित साहारा फिजियो थेरापी अस्पताल एण्ड ट्रेनिङ सेन्टरले पल्मोनरी रिहाविलिटेशन सेवा बन्द भएको जानकारी दिएको छ । उक्त अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै अक्सिजन अभावका कारण सो सेवा अनिश्चित कालका लागि बन्द गर्नुपरेको जनाएको हो । Advertisement ‘नेपाल सरकारले विभिन्न अस्पताललाई अक्सिजनको कोटा वितरण गरेको तर यस अस्पताललाई एउटा सिलिन्डर पनि उपलव्ध नगराएको हुँदा सेवा बन्द गर्न बाध्य भएका छौ’, अस्पतालका प्रवन्ध निर्देशक डा. हरि लम्सालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्पतालले कोभिड -१९ संक्रमण भएका वा संक्रमणबाट मुक्त भएका व्यक्तिको फोक्सोको कार्यक्षमता अत्यन्त कमजोर हुने भन्दै फोक्सोको कार्यक्षमता बृद्धि गर्न औषधीमात्र पर्याप्त नभइ त्यसका लागि फिजियोथेरापी तथा पल्मोनरी रिहाविलिटेशनको महत्वपुर्ण भुमिका रहने पनि प्रस्ट...
चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट  ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ।  मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।  Advertisement सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क...
हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप

हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप

देश, समाचार, सामाजिक, स्वास्थ्य
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि  निषेधाज्ञाको समयावधि थप बढाइएको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । Advertisement विमानस्थलका सामग्री ७२ घण्टापछि पाइने हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ । पहिलो चरणका निषेधाज्ञामा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डअनुसार मात्रै लिन पाइने निर्णय जिप्रकाले गरेको हो । साभार: रातोपाटी ...
कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ : मेडिसिटी अस्पताल

कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ : मेडिसिटी अस्पताल

देश, समाचार, सामाजिक, स्वास्थ्य
ललितपुर । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको  उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए । Advertisement चालीसभन्दा बढी  भेन्टिलेटरसहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ । प्रत्येक दिन ४ सय पचासदेखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ ।  अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल  बिरामीको नयाँ भर्ना लिन ...