२०८२ पुष ४

सामाजिक

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, रुपन्देही । बुटवलमा थप १० जना कोरोना संक्रमितहरुको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ७ जना रूपन्देहीका र ३ जना गुल्मीका छन् । बुटवल १२, रूपन्देहीका ४२ वर्षीय पुरुषको शुक्रबार विहान ९:४० बजे, बुटवल-८ रूपन्देहीको ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६:२९ बजे, बुटवल-११ रूपन्देहीकै ७२ वर्षीय महिलाको शनिबार विहान ६ बजे मृत्यु भएको छ । Advertisement यस्तै शुद्धोधन गाउँपालिका ६ रूपन्देहीकी २६ वर्षीय महिलाको शनिबार ६:३ बजे, तिलोत्तमा २ रुपन्देहीका ६१ वर्षीय पुरूषको शनिबार विहान ९: १५ बजे, वुटवल-११ की ६१ वर्षीया महिलाको शनिबार साँझ ५:२० बजे र सियारी ५ रूपन्देहीकी ५६ वर्षीया महिलाको शनिबार साँझ ५:४५ बजेनै मृत्‍यु भएको छ । यस्तै गुल्मीदरवार गाउँपालिका-५ गुल्मीका ४२ वर्षीय पुरुषको शनिबार दिउँसो २:१५ बजे, रे...
डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । Advertisement डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’ पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन्...
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

देश, समाचार, सामाजिक
९ जेठ, काठमाडौँ। संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । Advertisement त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ । यसैबीच, उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ । साभार: रातोपाटी ...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत प्रदेशका ५ जिल्लाका २१ जनाको मृत्यु भएको हो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्कीमा १२, स्याङजा ६, तनहुँ १, पर्वत १ र म्याग्दीमा १ जनाको मृत्यु भएको छ ।  Advertisement कास्कीको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा रुपन्देहीको बुटवल–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी पोखरा–९ की ८५ वर्षीय महिला, पोखरा–४ की ८३ वर्षीय महिला, पोखरा–१ की ३० वर्षीय महिला,पोखरा–१४ की ७० वर्षीय महिला, पोखरा–६ की ६८ वर्षीय महिला, पोखरा–१० की ६१ वर्षीय महिला, पोखरा–१७ का ३४ वर्षीय प...
थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  Advertisement यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए ।  साभार: रातोपाटी ...
स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदल यात्रीको मृत्यु भएको छ ।  Advertisement कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
कोरोनाबाट ३ डाक्टरको मृत्यु

कोरोनाबाट ३ डाक्टरको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जनाएको छ ।  Advertisement मन्त्रालयले उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । साभार: रातोपाटी ...
वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी

वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी

देश, समाचार, सामाजिक
प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाएका थिए । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उनीहरुले शुरु गरेको जगमा विसं २०७० जेठ ५ गते पशुपतिको गुह्येश्वरी मन्दिर क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु गरिएको थियो । महाअभियान शुरु हुँदा शहरी विकास मन्त्रालयको सचिव रहेका किशोर थापा आठ वर्षमा नदी किनारलाई हेर्न लायक बनाउन सकिए पनि पानी स्वच्छ बनाउन नसकिएको स्वीकार्छन् । महाअभियान आठ वर्ष पूरा गरेको अवसरमा बुधबार बेलुकी जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरेपछि फेरि स्नान गर्ने अवसर वाग्मतीमा नजुटेको बताए । अब टेकुमा स्नानयोग्य पानी बनाउन महाअभियानले सफाइ एवं सरोका...
पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा

देश, समाचार, सामाजिक
६ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अत्यावश्यकबाहेकका काममा घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ । Advertisement त्यस्तै इनर्वा नाकाबाहेक भारतबाट प्रवेश गर्ने अन्य नाका सीमा वारपार आवागमन प्रवेश गर्न पनि रोक लगाइएको छ । सरकारी र निजी सेवा कार्यालय र निकायले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । उद्योग, कलकारखानाहरुले कर्मचारी एवं श्रमिकहरुलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी उद्योग सञ्चालन गर्न सक्ने पनि प्...
सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

देश, समाचार, सामाजिक
५ जेठ, सप्तरी । सप्तरीमा बुधबार पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चानरुप नगरपालिका- ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement मृत्यु हुनेमा स्थानीय २० वर्षीया किन्तु सरदार र १३ वर्षीया छोरी रोशनी सरदार छन् । घर नजिकैको सन्तोष यादवको पोखरीमा नुहाउन जाँदा दुवै जना डुबेर सिकिस्त भएको र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि सोही क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । Credit: OnlineKhabar ...