मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन
पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् ।
दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् ।
Advertisement
जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा ...









