२०८३ असार १२

सामाजिक

बारपाकमा प्रदेशबाट स्वास्थ्यकर्मीको अर्को टोली जाँदै

बारपाकमा प्रदेशबाट स्वास्थ्यकर्मीको अर्को टोली जाँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ जेठ, गोरखा । कोरोना भाइरसको महामारी फैलिएको गोरखाको बारपाकको अवस्था अझै सामान्य भएको छैन । गाउँमा रुघाखोकी र ज्वरोका बिरामी अझै धेरै छन् । दोस्रो लहरमा २७५ जनामा संक्रमण पुष्टि भएकोमा ५६ जना संक्रमणमुक्त भएका छन्, सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्ने र दिनहुँजसो मानिसहरुको मृत्यु हुन थालेपछि गत शुक्रबार गण्डकी प्रदेशबाट विशेषज्ञसहितको चिकित्सक टोली बारपाक पुगेको थियो । उक्त टोली तीन दिन बसेर फर्किसकेको छ । Advertisement त्यस अवधिमा उनीहरुले १ हजार ३५६ जनाको कोरोना परीक्षण गरे । ९६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भयो भने पीसीआर विधिबाट ३४२ जनामा परीक्षण गर्दा १३० जनामा कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षणका लागि स्वाब दिएका ५० जनाको रिपोर्ट आउन अझै...
हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

देश, समाचार, सामाजिक
१८ जेठ, धनगढी । मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ । Advertisement प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको बताउँदै अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको जानकारी दिए । दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटाए पनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने उनले बताए । हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए । Credit: OnlineKhabar ...
बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् । Advertisement भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५:30 बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका-२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको छ । यस्तै टीकापुर नगरपालिका-८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्‍यु भएको छ । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका...
बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  Advertisement उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्य नेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।  यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकेका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । साभार:...
यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ ।  यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । Advertisement यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् ।  मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो । साभार: रातोपाटी ...
कोरोनाले श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

कोरोनाले श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

देश, समाचार, सामाजिक
१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् । Advertisement वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताए । ‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृ...
२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

देश, समाचार, सामाजिक
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि २० माइक्रोन भन्दा कम क्यालिटिका सबै खाले प्लास्टिकजन्य वस्तुहरुको उत्पादन आयात तथा प्रयोगलाई प्रतिवन्ध लगाएको छ । त्यस्ता सामान प्रयोग गर्न र आयात गर्न समेत नपाइने बताएको छ ।  Advertisement पोलिथिनका झोलाहरूको सट्टा जुट, कपडा लगायतका झोलाहरु प्रयोग गर्नु पर्ने सरकारको भनाई छ । साभार: रातोपाटी ...
कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

देश, समाचार, सामाजिक
१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । Advertisement जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको जानकारी दिए । टाउकोमा चोटपटक लागेको अवस्थामा बसपार्कमा मृत भेटिएका अपरिचित व्यक्तिको हत्या गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी...
बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टी हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् । ‘३ शय ९८ जना महिला र ३ शय २४ जना पुरुषको एन्टिजेन परीक्षण गर्‍यौं’ उनले भने, ‘उनीहरुमध्ये ५८ जनामा कोरोना देखियो ।’ संक्रमितमध्ये तीन जनामा अक्सिजन लेवल कम देखिएको छ । उनीहरुलाई शनिबार ‘फलो अप’ का लागि बोलाइएको दानीले बताए । Advertisement ‘भोलि पनि परीक्षण जारी रहन्छ, फलो अप गर्न आउँदा अक्सिजन लेवल घटेको पाइएमा उहाँहरुलाई थप उपचारका लागी गोरखा अस्पताल पठाउछौं,’ उनले भने । परीक्षणका लागि आएका अन्य बिरामीलाइ आवश्यक उपचारसहित औषधी उपलब्ध गराइएको उनले बताए । ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गण्डकी स्वा...
रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

देश, समाचार, सामाजिक
१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । Advertisement शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले बताए । ‘निषेधाज्ञाका कारण होटेलहरु र यातायात सेवा समेत बन्द हुँदा अस्पताल भर्ना भएका विरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको हो’–गुरुङले भने । पार्टी नेता कार्यकर्ताबाट करिब दुई लाख रुपैयाँ संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको जनमुक्ति युवा मह...