२०८२ पुष ३

सामाजिक

दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै

दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार यसबारे निर्णय गरेको हो । निर्णयअनुसार अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जानकारी दिएको छ । Advertisement बुधबार सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार गरी दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई मात्रै खोप लगाइनेछ । आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार ...
बाँकेमा एकै दिन १४ संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण

बाँकेमा एकै दिन १४ संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण

देश, समाचार, सामाजिक
११ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ५ र बाहिरी जिल्लाका ९ जना गरी जम्मा १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र ८ पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट दोस्रो लहरमा बाँके जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २२१ पुगेको छ भने बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या १६३ पुगेको छ । Advertisement थपिए ५५९ संक्रमित बाँकेमा पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँके जिल्लाका मात्रै २४७ जना छन् । योसँगै बाँकेमा कोरोनाको दोस्रो लहर सुरु भएयता संक्रमण हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । महामार...
हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारका क्रममा हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । Advertisement उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो । केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा. काफ्लेले बताए । योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ५० जना कोरोना...
सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

देश, समाचार, सामाजिक, स्वास्थ्य
गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।  गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् ।  Advertisement कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताए ।  पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।  नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडौँ जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गरे । “यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।” उनले भने, “खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्राम...
गोरखामा ढिस्कोले पुरेर दुई पुरुषको मृत्यु

गोरखामा ढिस्कोले पुरेर दुई पुरुषको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  प्रकाश दाहालले जानकारी दिए । Advertisement घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौबारी स्वास्थ्यचौकीमा पुर्याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे । भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ । साभार: रातोपाटी ...
थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।  यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।  हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।  साभार: रातोपाटी ...
उत्तर प्रदेश सरकारले नेपाललाई अक्सिजन बोक्‍ने दुई वटा टयांकर दिने

उत्तर प्रदेश सरकारले नेपाललाई अक्सिजन बोक्‍ने दुई वटा टयांकर दिने

देश, समाचार, सामाजिक
१० जेठ, काठमाडौं । तरल अक्सिजन ल्याउनेका लागि भारतले नेपाललाई दुई टयांकर दिने भएको छ । भारतबाट तरल अक्सिजनको सहज आपूर्तिको लागि क्रायोजेनिक एवं अन्य अक्सिजन ट्यांकरहरु उपलब्ध गराउन नेपालले भारतलाई आग्रह गरेको थियो । Advertisement प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयका अनुसार उत्तर प्रदेश सरकारले डी एण्ड टी ट्रेडर्सबाट दुई ट्यांकर आउने टुंगो लागेको छ । भारतले नेपाललाई आवश्यक पर्ने तर अक्सिजन उपलब्ध गराउन थालेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै भारतले आपूर्ती रोकेको थियो र नेपालले सुचारु गर्न पटक पटक आग्रह गरेको थियो । Credit: OnlineKhabar ...
बर्दिया र दाङका छ संक्रमितको बाँकेमा मृत्यु

बर्दिया र दाङका छ संक्रमितको बाँकेमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१० जेठ, काठमाडौं । बाँकेमा उपचारका लागि आएका बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका चारजना र दाङका दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेको यो संख्या आइतबार साँझ ६:३० देखि सोमबार बिहान ९ः३० बजेसम्मको हो । Advertisement बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार साँझ ६ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाकै बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै सोमबार बिहान १ बजे मृत्यु भएको हो । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाकै गुलरीय नगरपालिका–१२ का ५५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान १ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ ग...
बारामा बालक हत्याको आरोपमा एक जना पक्राउ

बारामा बालक हत्याको आरोपमा एक जना पक्राउ

देश, समाचार, सामाजिक
९ जेठ, वीरगञ्ज । बाराको कलैयामा दुई बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–७ रंगपुर टोलका २५ वर्षीय फरमुल्लाह अन्सारीले बालकद्वयको हत्या गरेको दावी गरेको छ । ४ जेठमा स्थानीय गफार अन्सारीका दुईवटा छोरा उसमान अन्सारी र अमान अन्सारीको हत्या भएको थियो । उनीहरुको शव कलैया–११ रंगपुरस्थित मदरसा सल्फिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा भेटिएको थियो । Advertisement सोमबार बलुका ७ बजे सँगै घरबाट निस्किएका उनीहरुको मंगलबार बिहान ८ बजे शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो । घटनाको पाँचौ दिनमा प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो । मृतकहरुका बाबु अब्दुल ३ वर्षदेखि वैदेशिक रोजगारको क्रममा कतारमा छन् । घरमा आमा, दिदी, बहिनी र मृतक दुई बालक बस्दै आएका थिए । Credit: Online...
काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, काठमाडौं । दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ । जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ भने साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ । संख्यात्मक हिसाबले तुलना गर्ने हो भने जेठ ३ र ६ गतेबाहेक काठमाडौं उपत्यकामा संक्रमण घटेको देखाउँछ । तथ्यांक अनुसार जेठ ३ गते ३२१३ र ३२३२ संक्रमित थपिएका छन् । उपत्यका भन्दा बाहिरका जिल्लामा भने संक्रमण बढ्दो छ । उपत्यका बाहिर संक्रमण बढ्नुले गाउँगाउँमा संक्रमण फैलिरहेको अवस्थालाई देखाउने डा. पौडेल बताउँछन् । Advertisement कोरोना म...