२०८१ जेष्ठ ४

दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै

गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार यसबारे निर्णय गरेको हो । निर्णयअनुसार अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जानकारी दिएको छ ।


Advertisement


बुधबार सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार गरी दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई मात्रै खोप लगाइनेछ ।

आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार र शुक्रबार स्वास्थ्य कार्यालय, ललितपुरमा खोप लगाइनेछ ।

दोस्रो डोजका लागि पहिलो डोज लगाएको खोप कार्ड र आ–आफ्नो फोटोसहितको परिचय खुल्ने कागजात लिनुपर्नेछ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap