२०८३ असार १२

सामाजिक

थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।  यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।  हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।  साभार: रातोपाटी ...
उत्तर प्रदेश सरकारले नेपाललाई अक्सिजन बोक्‍ने दुई वटा टयांकर दिने

उत्तर प्रदेश सरकारले नेपाललाई अक्सिजन बोक्‍ने दुई वटा टयांकर दिने

देश, समाचार, सामाजिक
१० जेठ, काठमाडौं । तरल अक्सिजन ल्याउनेका लागि भारतले नेपाललाई दुई टयांकर दिने भएको छ । भारतबाट तरल अक्सिजनको सहज आपूर्तिको लागि क्रायोजेनिक एवं अन्य अक्सिजन ट्यांकरहरु उपलब्ध गराउन नेपालले भारतलाई आग्रह गरेको थियो । Advertisement प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयका अनुसार उत्तर प्रदेश सरकारले डी एण्ड टी ट्रेडर्सबाट दुई ट्यांकर आउने टुंगो लागेको छ । भारतले नेपाललाई आवश्यक पर्ने तर अक्सिजन उपलब्ध गराउन थालेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै भारतले आपूर्ती रोकेको थियो र नेपालले सुचारु गर्न पटक पटक आग्रह गरेको थियो । Credit: OnlineKhabar ...
बर्दिया र दाङका छ संक्रमितको बाँकेमा मृत्यु

बर्दिया र दाङका छ संक्रमितको बाँकेमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१० जेठ, काठमाडौं । बाँकेमा उपचारका लागि आएका बर्दिया र दाङका छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका चारजना र दाङका दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेको यो संख्या आइतबार साँझ ६:३० देखि सोमबार बिहान ९ः३० बजेसम्मको हो । Advertisement बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार साँझ ६ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाकै बासगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै सोमबार बिहान १ बजे मृत्यु भएको हो । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो । बर्दियाकै गुलरीय नगरपालिका–१२ का ५५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान १ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ ग...
बारामा बालक हत्याको आरोपमा एक जना पक्राउ

बारामा बालक हत्याको आरोपमा एक जना पक्राउ

देश, समाचार, सामाजिक
९ जेठ, वीरगञ्ज । बाराको कलैयामा दुई बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–७ रंगपुर टोलका २५ वर्षीय फरमुल्लाह अन्सारीले बालकद्वयको हत्या गरेको दावी गरेको छ । ४ जेठमा स्थानीय गफार अन्सारीका दुईवटा छोरा उसमान अन्सारी र अमान अन्सारीको हत्या भएको थियो । उनीहरुको शव कलैया–११ रंगपुरस्थित मदरसा सल्फिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा भेटिएको थियो । Advertisement सोमबार बलुका ७ बजे सँगै घरबाट निस्किएका उनीहरुको मंगलबार बिहान ८ बजे शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो । घटनाको पाँचौ दिनमा प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो । मृतकहरुका बाबु अब्दुल ३ वर्षदेखि वैदेशिक रोजगारको क्रममा कतारमा छन् । घरमा आमा, दिदी, बहिनी र मृतक दुई बालक बस्दै आएका थिए । Credit: Online...
काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, काठमाडौं । दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ । जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ भने साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ । संख्यात्मक हिसाबले तुलना गर्ने हो भने जेठ ३ र ६ गतेबाहेक काठमाडौं उपत्यकामा संक्रमण घटेको देखाउँछ । तथ्यांक अनुसार जेठ ३ गते ३२१३ र ३२३२ संक्रमित थपिएका छन् । उपत्यका भन्दा बाहिरका जिल्लामा भने संक्रमण बढ्दो छ । उपत्यका बाहिर संक्रमण बढ्नुले गाउँगाउँमा संक्रमण फैलिरहेको अवस्थालाई देखाउने डा. पौडेल बताउँछन् । Advertisement कोरोना म...
बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, रुपन्देही । बुटवलमा थप १० जना कोरोना संक्रमितहरुको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ७ जना रूपन्देहीका र ३ जना गुल्मीका छन् । बुटवल १२, रूपन्देहीका ४२ वर्षीय पुरुषको शुक्रबार विहान ९:४० बजे, बुटवल-८ रूपन्देहीको ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६:२९ बजे, बुटवल-११ रूपन्देहीकै ७२ वर्षीय महिलाको शनिबार विहान ६ बजे मृत्यु भएको छ । Advertisement यस्तै शुद्धोधन गाउँपालिका ६ रूपन्देहीकी २६ वर्षीय महिलाको शनिबार ६:३ बजे, तिलोत्तमा २ रुपन्देहीका ६१ वर्षीय पुरूषको शनिबार विहान ९: १५ बजे, वुटवल-११ की ६१ वर्षीया महिलाको शनिबार साँझ ५:२० बजे र सियारी ५ रूपन्देहीकी ५६ वर्षीया महिलाको शनिबार साँझ ५:४५ बजेनै मृत्‍यु भएको छ । यस्तै गुल्मीदरवार गाउँपालिका-५ गुल्मीका ४२ वर्षीय पुरुषको शनिबार दिउँसो २:१५ बजे, रे...
डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

डब्ल्यूएचओले भन्यो– नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं

देश, समाचार, सामाजिक, स्वास्थ्य
९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ । Advertisement डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’ पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन्...
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

देश, समाचार, सामाजिक
९ जेठ, काठमाडौँ। संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । Advertisement त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ । यसैबीच, उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ । साभार: रातोपाटी ...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत प्रदेशका ५ जिल्लाका २१ जनाको मृत्यु भएको हो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्कीमा १२, स्याङजा ६, तनहुँ १, पर्वत १ र म्याग्दीमा १ जनाको मृत्यु भएको छ ।  Advertisement कास्कीको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा रुपन्देहीको बुटवल–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी पोखरा–९ की ८५ वर्षीय महिला, पोखरा–४ की ८३ वर्षीय महिला, पोखरा–१ की ३० वर्षीय महिला,पोखरा–१४ की ७० वर्षीय महिला, पोखरा–६ की ६८ वर्षीय महिला, पोखरा–१० की ६१ वर्षीय महिला, पोखरा–१७ का ३४ वर्षीय प...
थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  Advertisement यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए ।  साभार: रातोपाटी ...