२०८२ पुष ४

सामाजिक

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सात जनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।  Advertisement बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए । अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।  यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका  ४६ वर्षीय पुरुष र...
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । Advertisement उनका अनुसार डा.चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा.चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए ।  साभार: रातोपाटी ...
प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

देश, समाचार, सामाजिक
मकवानपुरमा स्थानीय प्रशासनकै निर्णयले कोरोना संक्रमणको जोखिम उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद गर्नका लागि साताको २ दिन बजार क्षेत्रका पसलहरु खुला गर्ने निर्णय गरेसँगै कोरोनाको जोखिम झनै बढेको हो । मकवानपुरमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस अनुसार गत जेठ १ गतेदेखि हेटौंडाको मुख्य बजार क्षेत्रको खाद्यान्न तथा तरकारी पसल सञ्चालनमा रोक लगाएको थियो । Advertisement सो निर्णय अनुसार हेटौंडा–१० बसपार्कमा रहेको तरकारी मण्डी, खोपेगल्लीका तरकारी पसल र टोल टोलमा तरकारी विक्री वितरण रोकिएको छ । अर्कोतिर सातामा २ दिनमात्र अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल खुल्दा उपभोक्ताको भिड अत्यधिक हुन...
गाउँभरी ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

गाउँभरी ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो ।  Advertisement आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो । आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउन...
आजदेखि बनेपा ‘सिल’

आजदेखि बनेपा ‘सिल’

देश, समाचार, सामाजिक
जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो । कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए ।  Advertisement उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । “औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ”, वादेले भने । नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्यु...
ललितपुरमा कहाँ लगाउने चिनियाँ खोपको दोस्रो डोज ?

ललितपुरमा कहाँ लगाउने चिनियाँ खोपको दोस्रो डोज ?

देश, समाचार, सामाजिक, स्वास्थ्य
ललितपुर महानगरपालिकामा जेठ ६ गते देखि चिनियाँ खोपको दोस्रो मात्रा दिन शुरु गरिँदैछ । यसका लागि २९ वटा वडामा विभिन्न खोप केन्द्रहरु तोकिएका छन् । महानगरपालिकाले आफूलाई पायक पर्ने केन्द्रमा उपस्थित भइ खोप लगाउन अनुरोध गरेको छ । Advertisement साभार: रातोपाटी
सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

देश, समाचार, सामाजिक, स्वास्थ्य
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ ।  नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।  आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।  Advertisement आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताए । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताए ।  आयुर्वेद औषधालयका प्रमुख पौडेल, आधारभूत स्वास्थ्य एका...
चितवनमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

चितवनमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । Advertisement यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई...
काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमित बिरामीका लागि काठमाडौंका  अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ ।  कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो । Advertisement स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को, आर्मी अस्पताल र धुलिखेल अस्पताल काभ्रेमा कोभिड ओपिडीको व्यवस्थापन गरिएको हो ।  अस्पतालले कोभिडका बिरामी जाँचेर सामान्य भएमा होम आइसोलेशनमा पठाउने गर्छ । यदि संक्रमितलाई अक्सिजन आवश्यकता परेमा ओपिडीमै ह...
कैलालीमा एक महिनामा २ सय कोरोना संक्रमितको मृत्यु

कैलालीमा एक महिनामा २ सय कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ ।  Advertisement जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण  वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना सङ्क्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये तीन गाउँपालिका महोन्याल, चुरे र कैलारी बाहेकका र अन्य जिल्लाबाट पठाइएका गरी उपचारका लागि कैलाली आएका ३९ सहित यस अवधि...