२०८१ बैशाख २१

भारतले तत्काल कोरोना खोप निर्यात नगर्ने

२० जेठ, काठमाडौं । भारतले तत्काल कोरोनाविरुद्धको खोप अन्य मुलुकमा निर्यात नगर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्द अरिन्दम वाग्चीले तत्काल भारतले कोरोना खोप निर्यात नगर्ने जानकारी दिएका हुन् ।


Advertisement


नेपाल, बंगलादेश लगायतका मुलुकले खोपका लागि निरन्तर ताकेता गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले अहिले भारतको ध्यान विदेशबाट भारत खोप ल्याउने रहेको बताए ।

प्रवक्ता वाग्चीले भारतले उत्पादन गरेको खोप आन्तरिक खोप अभियानका लागि नै प्रयोग हुने र यसबारे अन्य मुलुकलाई जानकारी गराइएको पनि उनले बताए ।

credit: onlinekhabar

Copy link
Powered by Social Snap