२०८३ असार १२

सामाजिक

सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

देश, समाचार, सामाजिक
सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।  Advertisement परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए। अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए । आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी ...
बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

देश, समाचार, सामाजिक
४ असार, बाजुरा । लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन् । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन् । उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन् । हिमाली–४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नं ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले बताए । Advertisement फैति र बोल्डिकमा गाउँभन्दा तलबाट जमीन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिए । जमीन भासिएर...
सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

देश, समाचार, सामाजिक
४ असार, सप्तरी । सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । १३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो । Advertisement उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए । मुखियालाई गाई चराउन गएकी १० वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो । घटना २०६४ साल असोज ९ गते भएको थियो । त्यसयता उनी फरार थिए । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ । यो घटनामा अरु तीनजना पनि संलग्न थिए । उनीहरुला...
ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

देश, समाचार, सामाजिक, स्वास्थ्य
३ असार, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले ‘ब्लड बैंक’ भवन बनाउनका लागि जग्गा दिएको छ । महानगरपालिकाको स्वामित्वको वीरगञ्ज-२ स्थित कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई  ब्लड बैंक भवन बनाउन दिएको हो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाकाबीचमा जग्गा लिने दिने विषयमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । Advertisement सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तला पुरै सार्वजनिक पार्किङका लागि राख्नुपर्ने, पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, ब्लड बैंक व्यवस्थापन र सञ्चालन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, ब्लड बैंक बाहेक अन्य प्रायोजन...
प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

देश, समाचार, सामाजिक
३ असार, प्यूठान । प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ । Advertisement सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ । संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो । Credit: OnlineKhabar ...
दुई महिनादेखि साङ्लोले बाँधिएका हृदयको उद्धार

दुई महिनादेखि साङ्लोले बाँधिएका हृदयको उद्धार

देश, समाचार, सामाजिक
३ असार, वीरगञ्ज । दुई महिनादेखि साङलोले बाँधिएका वीरगञ्जका पुरुषको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएपछि साङ्लोले बाँधेर राखेका वीरगञ्ज महानगरपालिका-१७ का ४३ वर्षीय हृदय नारायण साहको उद्दार गरिएको हो । Advertisement झण्डै १५ वर्षअघि नैसाहमा मानसिक समस्या देखिएको थियो । तर, पछिल्लो २ महिनादेखि उनी निकै आक्रमक हुन थाले । मानिसहरुलाई देख्ने बित्तिकै कुटपिट गर्ने, जथाभावी गाली गर्न थालेपछि बाँधेर राख्न बाध्य भएको उनका बुवा बासुदेव साह बताउँछन् । ‘मानसिक समस्या देखिएपछि वीरगञ्ज र भारततिर पनि लगेर उपचार गर्‍यौं, औषधि खुवायौं, निकै पैसा खर्च भयो तर ठीकै भएन,’ उनले भने, ‘दुई महिना अघिदेखि अरुलाई देखेपछि गाली गर्ने, कुटपिट गर्न जाने, ढुंगा, लठ्ठीले हान्ने गर्न थालेपछि साङ्लोले हात खुट्टा बाँधेर राखेका हौं ।’ उनीहरुको परिवारको आर्थिक अवस्था कमजोर छ...
सभामुखले गरे बाढी र डुवानग्रस्त मेलम्ची क्षेत्रको अवलोकन

सभामुखले गरे बाढी र डुवानग्रस्त मेलम्ची क्षेत्रको अवलोकन

देश, समाचार, सामाजिक
२ असार, काठमाडौं । बुधबार सिन्धुपाल्चोकको बाढी र डुवानग्रस्त क्षेत्रको अवलोकनमा पुगेका सभामुख अग्निप्रसाद सापकोटाले उद्धारमा जोड दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मेलम्ची क्षेत्रको अवलोकनमा पुगेका उनले मेलम्ची नगरपालिकाका प्रमुख र सम्बद्ध पक्षसँग उद्धार, राहत र भए गरेका कामबारे जानकारी लिएका छन् । Advertisement सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बाढीपछि अवरुद्ध फोन, इन्टरनेट, विद्युत तथा सडक तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर अगाडि बढ्न सापकोटाले सुझाव दिए । यस्तै उद्धार र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई प्राथमिकतामा राखेर काम गर्न र त्यसमा आफ्नो तर्फबाट पनि पहलकदमी लिने उनले प्रतिबद्धता जनाए । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला पनि हो । बुधबार नै जिल्ला समन्वय प्रम...
बाढी पहिरोमा परी ३ जनाको मृत्यु, ११ बेपत्ता

बाढी पहिरोमा परी ३ जनाको मृत्यु, ११ बेपत्ता

देश, समाचार, सामाजिक
केही दिन देखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।  केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक/एकजनाको मृत्यु भएको जानकारी दिए । । सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उनले बताए । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ । Advertisement बाढी पहिरोमा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको ह...
छात्रा मृत्यु प्रकरणः  हत्या भएको आशंका, प्रेमी पक्राउ

छात्रा मृत्यु प्रकरणः हत्या भएको आशंका, प्रेमी पक्राउ

देश, समाचार, सामाजिक
दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । Advertisement आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।   दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भे...
लोकन्थलीको सेनिटाइजर उद्योगमा छापा, दुईजना पक्राउ

लोकन्थलीको सेनिटाइजर उद्योगमा छापा, दुईजना पक्राउ

देश, समाचार, सामाजिक
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा रहेको ‘नेपालय ह्यान्ड सेनिटाइजर’ को कारखानामा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाले छापा मारेर त्यहाँ उत्पादित कमसल सेनिटाइजर बरामद गरेर दुई जनालाई पक्राउ गरेको छ । ‘मेडिग्राफ ग्रुप अफ कम्पनी लिमिटेड’ को ब्यानरमा उत्पादित ‘नेपालय ह्याण्ड सेनिटाइजर’ मा ६८ प्रतिशत मेथानोल रसायन मिसिएको प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको छ । कम्पनीमा कार्यरत रामेछापको सुनापती गाउँपालिका–१ गुन्सी घर भएका सुजन गौतम र बझाङको केदारस्यू गाउँपालिका घर भएका चन्द्रप्रसाद जोशीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता (एसपी) कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई बताए । Advertisement महाशाखाका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले सो कम्पनीमा छापा मारेको हो । कम्पनी सञ्चालक सामाखुसी बस्ने सुजन दाहाल फरार छन् । औषधी व्यवस्था ...