दुई महिनादेखि साङ्लोले बाँधिएका हृदयको उद्धार
३ असार, वीरगञ्ज । दुई महिनादेखि साङलोले बाँधिएका वीरगञ्जका पुरुषको उद्धार गरिएको छ ।
मानसिक सन्तुलन गुमाएपछि साङ्लोले बाँधेर राखेका वीरगञ्ज महानगरपालिका-१७ का ४३ वर्षीय हृदय नारायण साहको उद्दार गरिएको हो ।
Advertisement
झण्डै १५ वर्षअघि नैसाहमा मानसिक समस्या देखिएको थियो । तर, पछिल्लो २ महिनादेखि उनी निकै आक्रमक हुन थाले । मानिसहरुलाई देख्ने बित्तिकै कुटपिट गर्ने, जथाभावी गाली गर्न थालेपछि बाँधेर राख्न बाध्य भएको उनका बुवा बासुदेव साह बताउँछन् ।
‘मानसिक समस्या देखिएपछि वीरगञ्ज र भारततिर पनि लगेर उपचार गर्यौं, औषधि खुवायौं, निकै पैसा खर्च भयो तर ठीकै भएन,’ उनले भने, ‘दुई महिना अघिदेखि अरुलाई देखेपछि गाली गर्ने, कुटपिट गर्न जाने, ढुंगा, लठ्ठीले हान्ने गर्न थालेपछि साङ्लोले हात खुट्टा बाँधेर राखेका हौं ।’
उनीहरुको परिवारको आर्थिक अवस्था कमजोर छ...









