२०८२ पुष ३

सामाजिक

७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण

७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण

देश, समाचार, सामाजिक
७ असार, सप्तरी । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई सोमबार पक्राउ गरेको हो । हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । Advertisement यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि सोमबार राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालिकाको शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार गरिएको छ । Credit: OnlineKhabar ...
टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु

देश, समाचार, सामाजिक
७ असार, विराटनगर । मोरङको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका-४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो । Advertisement थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । त्यसअघि राप्रपा प्रजातान्त्रिकमा पनि जिल्ला सचिव थिए । सुनिल थापासँगै कांग्रेसमा गएका उनले कांग्रेसमा जिल्ला सचिवकै जिम्मेवारी पाएका थिए । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ । दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ ।...
बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कार आरोपमा युवक पक्राउ

देश, समाचार, सामाजिक
७ असार, काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाई प्रहरीले नियन्त्रणमा लिएको हो । धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पुर्‍याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ । Advertisement यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलीखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो । बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयरामविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ...
कालोपत्रे माग गर्दै धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

कालोपत्रे माग गर्दै धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

देश, समाचार, सामाजिक
६ असार, धनगढी । कालोपत्रेको माग गर्दै धनगढीमा स्थानीय वासिन्दाले हिलाम्मे सडकमा धान रोपेका छन् । धनगढी उपमहानगरपालिका–५ को हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ भएको सडकमा धान रोपेका हुन् । स्थानीय अनिल भण्डारीले तीन वर्ष अघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए । Advertisement उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्रे गर्न चासो नदिएका कारण निर्माणका लागि दबाब दिन रोपाइँ गरिएको उनले बताए । ‘तीन वर्षअघि सडक कालोपत्रे हुँदा कुनै खालको समस्या थिएन । तर पुनः कालोपत्रे गर्ने भन्दै सडक भत्काइयो,’ भण्डारीले भने, ‘वर्षातका बेला आवतजावत गर्न सकिने अवस्था नै छैन । मानिसको मृत्यु हुँदा शव बोक्न सक्ने अवस्था छैन ।’ उपमहानगरपालिकाले आफूहरुको माग सुनवाइ नगरेमा कडा आन्दोलन गर्ने चे...
मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

देश, समाचार, सामाजिक
६ असार, मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिए । Advertisement स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्‍यो। विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले अनलाइनखबरलाई बताए । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताउँछन् । ‘वडाध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘व...
सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

सप्तरीमा ९ वर्षीया बालिकाको विभत्स हत्या

देश, समाचार, सामाजिक
सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए ।  Advertisement परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए। अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए । आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी ...
बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

देश, समाचार, सामाजिक
४ असार, बाजुरा । लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन् । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन् । उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन् । हिमाली–४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नं ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले बताए । Advertisement फैति र बोल्डिकमा गाउँभन्दा तलबाट जमीन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिए । जमीन भासिएर...
सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

देश, समाचार, सामाजिक
४ असार, सप्तरी । सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । १३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो । Advertisement उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए । मुखियालाई गाई चराउन गएकी १० वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो । घटना २०६४ साल असोज ९ गते भएको थियो । त्यसयता उनी फरार थिए । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ । यो घटनामा अरु तीनजना पनि संलग्न थिए । उनीहरुला...
ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

देश, समाचार, सामाजिक, स्वास्थ्य
३ असार, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले ‘ब्लड बैंक’ भवन बनाउनका लागि जग्गा दिएको छ । महानगरपालिकाको स्वामित्वको वीरगञ्ज-२ स्थित कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई  ब्लड बैंक भवन बनाउन दिएको हो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाकाबीचमा जग्गा लिने दिने विषयमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । Advertisement सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तला पुरै सार्वजनिक पार्किङका लागि राख्नुपर्ने, पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, ब्लड बैंक व्यवस्थापन र सञ्चालन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, ब्लड बैंक बाहेक अन्य प्रायोजन...
प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो

देश, समाचार, सामाजिक
३ असार, प्यूठान । प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ । Advertisement सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ । संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो । Credit: OnlineKhabar ...