२०८३ असार १२

सामाजिक

पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

पोखरामा लागू औषधसहित दुई व्यक्ति पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरामा अवैध लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीको टोलीले अपाचे मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । Advertisement प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

ठोरीका किशोरीमा ‘मास हिस्टोरिया’को समस्या, धामी-झाँक्रीको भरमा उपचार

देश, समाचार, सामाजिक
१८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ स्याउली बस्तीमा १७ वर्षीया किशोरीलाई मास हिस्टोरियाको जस्तै लक्षण देखियो । उनी अचानक चिच्याउने, बेहोस हुने, उफ्रने, रुने, हाँस्ने गरिरहेकी थिइन् । तामाङ समुदायका उनीहरुले किशोरीलाई लामालाई देखाए । मकवानपुरको हेटौंडा लगेर धामी-झाँक्री लगाए । निको भएजस्तो भएपछि घर ल्याए । घरमा उनका साथीहरु भेट्न आए । भेट्न आएका साथीहरुमा पनि उनमा जस्तै समस्या देखिन थाल्यो । गाउँमा अहिले मास हिस्टोरियाको जस्तै लक्षण देखिएका बिरामी सात जना पुगिसकेका छन् । ८-९ देखि १७-१८ वर्षका किशोरीहरुमा समस्या देखिएको छ । Advertisement स्थानीय लालबहादुर श्रेष्ठका अनुसार उपचारका लागि अस्पताल लैजान आग्रह गर्दा परिवारका सदस्य मानिरहेका छैनन् । ‘दुई महिना अघि एक किशोरीलाई मास हिस्टोरिया देखिएकोमा अहिले सात जनामा समस्या देखिसकेको रहेछ । कुनैबेल...
कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने

कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने

देश, समाचार, सामाजिक
१८ असार, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने निर्णय गरेको हो । Advertisement गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकीका अनुसार पालिकाले दुई वा सो भन्दा बढी छोरी भइ स्थायी बन्ध्याकरण गर्ने दम्पतीको सम्मान स्वरुप छोरीहरुका नाममा जनही पाँच हजार दिने निर्णय भएको बताए । पालिकाले गाउँपालिकाभित्र दाइजो नलिने दम्पतीलाई स्वघोषणा गरेर वडा कार्यालयको सिफारिसमा पुरस्कृत गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको बजेट ल्याएको पालिकाले दाइजो प्रथा र छोरी माथिको विभेद अन्त्यका लागि पुरस्कृत ग...
४० किलो गाँजासहित पर्साबाट दुईजना पक्राउ

४० किलो गाँजासहित पर्साबाट दुईजना पक्राउ

देश, समाचार, सामाजिक
१६ असार, वीरगञ्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् । Advertisement मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। मंगलबार बिहान १ बजे पटेर्वासुगौली-२ मकवानी चौरीमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले नियन्त्रणमा लिएर सोधपुछ तथा चेकजाँच गरेको थियो । उनीहरुले पिठ्यूँमा बोकी ल्याएको ३ वटा बोराभित्र लागु औषध गाँजा ४० किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । गाजासह...
थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् । कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५५, झापामा १९३, मोरङमा ११६, ललितपुरमा ११२, सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९, नवलपरासी पूरुवमा ६०, मकवामनपुरमा ४९, भक्तपुरमा ४७, धादिङमा ३८, नुवाकोटमा ३२, काभ्रेपलाञ्चोकमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै धनुषा, महोत्तरीमा १६/१६ जना, धनकुटामा १४, गुल्मी...
एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना पक्राउ

देश, समाचार, सामाजिक
Modern metal handcuffs. Vector illustration in flat style १४ असार, मोरङ। बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । Advertisement उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले १ थान ताला फोड्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल बरामद गरेको हो । साथै उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ । Credit: OnlineKhabar ...
मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात, तीनजना पक्राउ

मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात, तीनजना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ असार, दोलखा। दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । Advertisement गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिडबाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो । बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा. कार्कीले बताए । चार युवाले आफूहरुम...
रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट हुँदै

रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट हुँदै

देश, समाचार, सामाजिक
१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराईका २१ जिल्लामा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना गररिहेको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना सुरु गरिएको मन्त्रालयले जनाएको छ । पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट सूरु भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको मन्त्रालय प्रवक्ता डा.श्रीराम घिमिरेले जानकारी दिए । Advertisement जिल्लाबाट पहिले जसरी आउने नियमित तथ्याङ्कका अलवा प्रविधिमा आधारित विवरणहरु संकलन र प्रशोधनको काम थालिएको प्रवक्ता घिमिरेले बताए । ‘मन्त्रालयको कृषि भौगोलिक सूचना शाखा, नार्क र इसीमोडको सहकार्यमा यस प्रविधिमा काम थलिएको हो,’ सहसचिव एवम् प्रवक्ता डा घिमिरेले भने । यसअघि पालिका र जिल्ला हु...
गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु

गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु

देश, समाचार, सामाजिक
१२ असार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । Advertisement शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको  छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक सन्तोष चन्दसहित ५ जनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । Credit: OnlineKhabar ...
मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल

मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल

देश, समाचार, सामाजिक
१२ असार, मनाङ । जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुल बाढीबाट जोगाउन हम्मे हम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ । Advertisement वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुश्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । ‘नदीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । तेल त आइपुग्यो । काम गर्न सकिएको छैन’ उनले भने, ‘पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै ग...