२०८१ बैशाख ७

कांग्रेसले बाराका चार र हुम्लाका एक नेतालाई गर्यो पाँच वर्षे कारबाही 





काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पाँच कृयाशील सदस्य तथा विभिन्न ओहोदामा रहेका कार्यकर्तालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय सदस्य आनन्द ढुंगानाको नेतृत्वमा रहेको केन्द्रीय अनुशासन समितिले बाराका चार र हुम्लाको एक सदस्यलाई कारबाही गरेको हो । 



Advertisement



कारबाहीमा परेकाहरुमा मंगलबहादुर शाही महासमिति सदस्य, हुम्लाका साथै बाराबाट धर्मेन्द्रप्रसाद यादव क्रियाशील सदस्य  महिधवेशन प्रतिनिधि तथा जिल्ला सदस्य रवीन्द्रप्रसाद यादव (रोशन), महाधिवेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवालप्रसाद यादव (शिल्पु) रहेका छन् । 



“आसन्न निर्वाचनमा आधिकारिक उमेदवार र पार्टीले समर्थन गरेको उमेदवारविरुद्ध उमेदवार भएका र त्यस्ता उमेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,” समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उमेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइनेछ ।” 

Copy link
Powered by Social Snap