२०८२ चैत्र १५

राजनीति

एमाले उमेदवारभन्दा कांग्रेसका कार्की ३२८ मतले अगाडि

एमाले उमेदवारभन्दा कांग्रेसका कार्की ३२८ मतले अगाडि

राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायम छ । नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्र बहादुर कार्कीले २६ हजार ५६३ मत पाएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार जगदिश प्रसाद कुसियैतका पक्षमा २६ हजार २३५ मत खसेको छ । उनीहरूबीचको मतान्तर ३२८ रहेको छ ।   राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जीवन कुमार श्रेष्ठले २ हजार ९०१ मत पाएका छन् ।  ...
समानुपातिकतर्फ एक करोड मतगणना हुँदा कसको कति ?

समानुपातिकतर्फ एक करोड मतगणना हुँदा कसको कति ?

राजनीति
काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।  समानुपातिकतर्फ बुधबार बिहान १० बजेसम्म १ करोड १२ हजार ४७ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै छ ।  निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याएको छ ।  दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५५ हजार १५९ मत पाएको छ ।  पहिलो स्थानमा रहेको एमालेको मत कांग्रेसभन्दा एक लाख ४२ हजार २०५ धेरै छ ।  तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को ११ लाख ४१ हजार २७३ मत छ ।  चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७८९ मत ल्याएको छ ।  माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको मतान्तर ४३ हजार ४८४ छ ।  यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७० हजार ३०४ मत पाएको छ ।  जनता समाजवादी पार्टीले ...
अग्रजको आशिर्वादसँगै युवा नेतृत्व आवश्यक छ, देश हामी चलाउँछौँ : गगन थापा

अग्रजको आशिर्वादसँगै युवा नेतृत्व आवश्यक छ, देश हामी चलाउँछौँ : गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधानमन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताए । कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाइ छ ।  मंगलबार संसदीय दलको नेता बन्ने विषयमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।  “प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र ...
ओलीलाई मेयर बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ?

ओलीलाई मेयर बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ?

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्वासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको धारणाबारे जवाफी प्रश्न तेर्स्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न प्रश्न गरेका छन् । मंगलबार एमाले केन्द्रीय कार्यालयको एक कार्यक्रममा ओलीले सुकुम्वासीमाथि राज्यले आतंक फैलाएको टिप्पणी गरेका थिए । जसको जवाफमा बालेनले ओलीलाई आफू दुईतिहाइको सरकारको प्रधानमन्त्री भएको बेलासमेत गरी ३२ जाडोमा समस्या किन नदेखेको भन्दै प्रश्न गरेका छन् । उनले सुकुम्वासीहरु ओलीका लागि भोटमात्रै भएको टिप्पणी गरेका छन् । बालेनले सुकुम्वासीलाई ओलीले गुठी विधेयक जस्ता आन्दोलनमासमेत प्रयोग गरेको आरोप लगाए । ...
ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बढाउँदै

ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर अग्रता बढाउँदै

राजनीति
काठमाडौं । सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ९०३ मत ल्याएका छन् । उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २३ हजार ७१९ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा १८४ मतले पछाडि छन् । ...
ज्ञानेन्द्रबहादुर कार्की १६२ मतले अगाडि

ज्ञानेन्द्रबहादुर कार्की १६२ मतले अगाडि

राजनीति
काठमाडौं । सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखरेका छन् । पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ७६६ मत ल्याएका छन् । उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २३ हजार ६०४ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा १६२ मतले पछाडि छन् । ...
विश्वप्रकाशले भने– अब गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु

विश्वप्रकाशले भने– अब गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले आफूले अब थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् । झापाबाट निर्वाचित भएर काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेका थिए ।  उनले महामन्त्री थापा पटकपटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताए । "हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बो...
सुनसरी–३ मा एमालेको ‘क्लिन स्विप’

सुनसरी–३ मा एमालेको ‘क्लिन स्विप’

राजनीति
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)ले क्लिन स्विप गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका दुई क्षेत्र नै एमालेले जितेको हो ।  प्रतिनिधिसभामा भगवती चौधरीले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई पराजित गरिन् । दुईपटकको हारको बदला लिँदै चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी हुन् ।  चौधरी ४० हजार ७८८ मतसहित विजयी भइन् । गच्छदारले ३५ हजार ६०० मत ल्याए । चौधरीले पाँच हजार १८८ मतान्तरले गच्छदारलाई पराजित गरेकी हुन् । क्षेत्र नम्बर ३ को प्रदेश सभा २ तर्फ पनि एमालेका रादेव यादव विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गरे । रामदेव १९ हजार ४७९ मतसहित विजयी भएका हुन् । पराजित भएका कांग्रेसका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन् । प्रदेश सभा १ मा यसअघि नै एमालेका रोहितब...
कांग्रेस सहमहामन्त्री राठौर भन्छन्– म पनि प्रधानमन्त्रीका लागि सक्षम छु

कांग्रेस सहमहामन्त्री राठौर भन्छन्– म पनि प्रधानमन्त्रीका लागि सक्षम छु

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको बताएका छन् । कांग्रेसमा प्रधानमन्त्रीका लागि दाबी गर्नेको लहर चलेका बेला बाँके–३ बाट निर्वाचित सहमहामन्त्री राठौरले पनि आफू प्रधानमन्त्रीका लागि सक्षम रहेको बताएका हुन् ।  नेपालगञ्जमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा 'गगन थापाले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । यहाँको प्रतिक्रिया के छ ?' भन्ने पत्रकारहरूको प्रश्नमा राठौरले भने, "क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको बिर्सनुहुँदैन । प्रधानमन्त्रीको दाबी भन्दा उहाँले पाँच वर्ष पार्टी संगठन गर्नुपर्छ ।" निर्वाचनपछिको मतपरिणाम देशमा विकसित भइरहेको राजनीतिक घट्नाक्रमको सही ढंगले विश्लेषण गर्दै देशको सर्वोपरी हितमा राजनीतिक दलहरूले निर्णय लिन सक्नुपर्...
सुनसरी–३ एमालेकी भगवती चौधरी ४,५५७ मतले अगाडि

सुनसरी–३ एमालेकी भगवती चौधरी ४,५५७ मतले अगाडि

राजनीति
काठमाडौं । सुनसरी–३ एमालेले अग्रता कायमै राखेको छ । एमालेकी भगवती चौधरीले ३१ हजार १४५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।  उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २६,५८८ मत ल्याएका छन् ।  एमालेकी चौधरी गच्छदारभन्दा चारहजार ५५७ मतले अगाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १४५ मत ल्याएका छन् ।  मतगणना जारी छ । ...