सुनसरी ४ : सर्वदलीय बैठक निष्कर्षविहीन, मतगणनाका लागि आयोगको निर्देशनको पर्खाइ
सुनसरी । शनिबार साँझदेखि स्थगित भएको सुनसरीको क्षेत्र नं. ४ को मतगणना अनिश्चित् बनेको छ । आज दिनभर मतगणना सुचारु गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसे पनि कुनै निर्णय हुन सकेन ।
बैठकको छलफलमा चित्त नबुझको भन्दै नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगमा निवेदन दिएका हुन् । आयोगले निवेदन उपुर कुनै निर्देशन दिएको छैन ।
मतगणना स्थगित भएको १२ घण्टा हुन लाग्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै निर्णय गर्न सकेको छैन । आज बिहान बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएपछि दिउँसो पुनः बैठक बसेको थियो । तर, दिउँसो बसेको बैठकले पनि विवाद समाधान गर्न कुनै निर्णय गर्न सकेन । निर्वाचन अधिकृतको कार्यालयले निर्णय दिन नसक...









