२०८२ पुष ११

राजनीति

विश्वप्रकाशले भने– अब गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु

विश्वप्रकाशले भने– अब गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले आफूले अब थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् । झापाबाट निर्वाचित भएर काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेका थिए ।  उनले महामन्त्री थापा पटकपटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताए । "हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बो...
सुनसरी–३ मा एमालेको ‘क्लिन स्विप’

सुनसरी–३ मा एमालेको ‘क्लिन स्विप’

राजनीति
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)ले क्लिन स्विप गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका दुई क्षेत्र नै एमालेले जितेको हो ।  प्रतिनिधिसभामा भगवती चौधरीले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई पराजित गरिन् । दुईपटकको हारको बदला लिँदै चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी हुन् ।  चौधरी ४० हजार ७८८ मतसहित विजयी भइन् । गच्छदारले ३५ हजार ६०० मत ल्याए । चौधरीले पाँच हजार १८८ मतान्तरले गच्छदारलाई पराजित गरेकी हुन् । क्षेत्र नम्बर ३ को प्रदेश सभा २ तर्फ पनि एमालेका रादेव यादव विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गरे । रामदेव १९ हजार ४७९ मतसहित विजयी भएका हुन् । पराजित भएका कांग्रेसका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन् । प्रदेश सभा १ मा यसअघि नै एमालेका रोहितब...
कांग्रेस सहमहामन्त्री राठौर भन्छन्– म पनि प्रधानमन्त्रीका लागि सक्षम छु

कांग्रेस सहमहामन्त्री राठौर भन्छन्– म पनि प्रधानमन्त्रीका लागि सक्षम छु

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको बताएका छन् । कांग्रेसमा प्रधानमन्त्रीका लागि दाबी गर्नेको लहर चलेका बेला बाँके–३ बाट निर्वाचित सहमहामन्त्री राठौरले पनि आफू प्रधानमन्त्रीका लागि सक्षम रहेको बताएका हुन् ।  नेपालगञ्जमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा 'गगन थापाले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । यहाँको प्रतिक्रिया के छ ?' भन्ने पत्रकारहरूको प्रश्नमा राठौरले भने, "क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको बिर्सनुहुँदैन । प्रधानमन्त्रीको दाबी भन्दा उहाँले पाँच वर्ष पार्टी संगठन गर्नुपर्छ ।" निर्वाचनपछिको मतपरिणाम देशमा विकसित भइरहेको राजनीतिक घट्नाक्रमको सही ढंगले विश्लेषण गर्दै देशको सर्वोपरी हितमा राजनीतिक दलहरूले निर्णय लिन सक्नुपर्...
सुनसरी–३ एमालेकी भगवती चौधरी ४,५५७ मतले अगाडि

सुनसरी–३ एमालेकी भगवती चौधरी ४,५५७ मतले अगाडि

राजनीति
काठमाडौं । सुनसरी–३ एमालेले अग्रता कायमै राखेको छ । एमालेकी भगवती चौधरीले ३१ हजार १४५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।  उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २६,५८८ मत ल्याएका छन् ।  एमालेकी चौधरी गच्छदारभन्दा चारहजार ५५७ मतले अगाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १४५ मत ल्याएका छन् ।  मतगणना जारी छ । ...
उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

राजनीति
काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ को मतगणनालाई निरन्तरता दिन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनापूर्व भएको सहमतिअनुसार नै मतगणना जारी राख्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका मतपत्र भेटिएपछि नेकपा (एमाले), राप्रपा, जसपालगायत दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । ...
धनुषा–४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ७४७ मतले पछाडि

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ७४७ मतले पछाडि

राजनीति
काठमाडौं । धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले २८ हजार ६५७ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ ७४७ मतले पछाडि छन् । महासेठले २७ मत ९१० पाएका छन् ।  अब मि.न.पा.वार्ड ७ को मत गणना हुने ।
प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको नतिजा सार्वजनिक : कहाँ कसले जिते ? बाँकीमा को अगाडि ? (सूचीसहित)

प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको नतिजा सार्वजनिक : कहाँ कसले जिते ? बाँकीमा को अगाडि ? (सूचीसहित)

राजनीति
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । सोमबार अपराह्न ४ बजेर २० मिनेटसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी सातमध्ये चार क्षेत्रमा मतगणना जारी छ । तीन क्षेत्रमा मतगणना नै सुरु भएको छैन । त्यसमध्ये नेपाली कांग्रेसका उमेदवार ५३ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४२ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार...
सुनसरी–४ मा रोकिएको मतगणना सुरु नगरिए सडक संघर्ष : कुसियैत

सुनसरी–४ मा रोकिएको मतगणना सुरु नगरिए सडक संघर्ष : कुसियैत

राजनीति
सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट उमेदवार रहेका नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना रोकिएको लामो समय बित्दा पनि अनिर्णयको बन्दी भएको भन्दै तत्काल गणना सुरु गर्न माग गरे । उमेदवार कुसियैतले तत्काल कुनै निर्णय नभए सडक संघर्ष सुरु गर्ने बताएका छन् । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाइ छ । कुसियतले भने, “आज ३ः३० भित्रमा कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ । हामी सडक संघर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छौँ ।” उनी पत्रकार सम्मेलनमा आक्रोशित रूपमा प्रस्तुत भएका थिए । कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उन...
यी हुुन् पराजित निवर्तमान ६० सांसद

यी हुुन् पराजित निवर्तमान ६० सांसद

राजनीति
काठमाडौँ — अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ । संसद्मा यसपटक प्रवेश गर्न नपाउनेमा कतिपय पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली निर्वाचनमा पराजित भए । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल तथा पूर्वमुख्यमन्त्री शेरधन रा...
सञ्‍चारमन्‍त्री कार्कीले पुनः मतगणना गर्न माग गरेपछि सुनसरी–४ मा गणना अवरुद्ध

सञ्‍चारमन्‍त्री कार्कीले पुनः मतगणना गर्न माग गरेपछि सुनसरी–४ मा गणना अवरुद्ध

राजनीति
काठमाडौँ — बहालवाला मन्‍त्रीले अवरोध पुर्‍याएपछि सुनसरी क्षेत्र नम्बर ४ को मतगणना शनिबारदेखि अवरुद्ध छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मत गणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि दुई दिनदेखि मत गणना रोकिएको हो। विवाद उत्पन्न भएपछि शनिबार अपरान्ह सर्वदलीय बैठकमा कार्कीका कार्यकर्ता र एमालेका प्रतिनिधिहरुबीच विवाद भएपछि प्रहरीले गणनास्थलबाट केहीलाई बाहिर निकालेको थियो । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट उम्मेदवार समेत रहेका कांग्रेस नेता कार्कीले एमालेले मतगणनामा धाँधली गरेको आरोप लगाएका छन् । उनले आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् । उनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका छन् । आइतबार बिहान मत गणना गराउने सन्दर्भममा सर्वदलीय बैठक...