२०८२ चैत्र १५

राजनीति

वाग्मतीमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

वाग्मतीमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

राजनीति
काठमाडौँ — वाग्मती प्रदेशबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको छ । प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन कार्यविधि लागू जानकारीसहित परिपत्र वाग्मती प्रदेशको सबै यातायात कार्यालयमा गरिएको छ । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार गरेको परिपत्रअनुसार सवारी अनुमतिपत्र सम्बन्धी नयाँ कार्यविधि लागू भएको छ । पाँच महिनाअघि प्रदेशका सबै यातायाता कार्यालय प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो । लिखित परीक्षमा भने ६० अंक ल्याउनुपर्ने भएको छ । यसअघि ५० रहेकोमा त्यसलाई बढाइएको मन्त्रा...
स्याङ्जा–२ : धनराज गुरुङ अग्रता बढाउँदै, पद्मा अर्याल २५४९ मतले पछाडि

स्याङ्जा–२ : धनराज गुरुङ अग्रता बढाउँदै, पद्मा अर्याल २५४९ मतले पछाडि

राजनीति
काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । उनले ९ हजार ६१३ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले सातहजार ६४ मत पाएकी छन् ।  उनी दुईहजार ५४९ मतले पछाडि छिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले तीनहजार ७७२ मत ल्याएका छन् । ...

प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, यी हुन् विजेता (सूचीसहित)

प्रतिनिधिसभातर्फ १६२ क्षेत्रको नतिजा सार्वजनिक, यी हुन् विजेता (सूचीसहित)

राजनीति
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान पौने १२ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी तीनमध्ये एक क्षेत्रमा मतगणना जारी छ । दुई क्षेत्रमा मतगणना नै सुरु भएको छैन । त्यसमध्ये नेपाली कांग्रेसका उमेदवार ५५ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले समान सात/सात क्षेत्रमा जित हासिल गरेका छन् । लोकतान्त्रि...
सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की विजयी

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की विजयी

राजनीति
काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान साढे ११ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ३१ हजार ८५२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख तीन हजार ४६६ मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ५५ हजार ३०९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उक्त पार्टीले ११ लाख आठ हजार २१७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८१ हजार ४३५ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख १६ हजार २०३ मत पाउँदै छौटौँ स्थानमा छ । जनमत पार्टी तीन लाख ८६ हजार १०७...
नेपालले नयाँ प्रधानमन्त्री मात्र हैन, काम गर्ने नयाँ तरिका पनि खोजेको छ : गगन थापा

नेपालले नयाँ प्रधानमन्त्री मात्र हैन, काम गर्ने नयाँ तरिका पनि खोजेको छ : गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालले नयाँ प्रधानमन्त्रीसँगै पुरानो काम गर्ने कार्यशैलीमा परिवर्तन खोजेकाे बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा थापाले अब बन्ने सरकारले देशको विकासलाई प्रथमिकता दिनुपर्ने बताए । “नेपालले नयाँ सरकार मात्र खोजेको हैन । पुराना पुस्ताले काम गर्ने शैलीमा पनि परिवर्तन खोजेको छ । हामीले त्यसमा ध्यान दिनुपर्छ । अब हामीलाई कुनै छुट छैन,” उनले भने । सरकारले अब परम्परागत तरिकाले काम गर्न नहुने उनको भनाइ छ । “सरकारले अहिले जसरी अँध्यारो कोठामा काम गर्दै आएको छ । त्यो अन्य हुनुपर्छ । सरकार आँट भएको हुनुपर्छ । गरिँदै आएका परम्परागत कार्यशैली परिवर्तन गर्न सकिएन भने तात्त्विक फरक पर्दैन ।” अब सरकारले आर्थिक विकासका लागि खुला बसहस चलाउनुपर्ने पनि उनले बताए । प्रधान...
प्रधानमन्त्रीमा मेरो उमेदवारी स्वभाविक हो : नेता पौडेल

प्रधानमन्त्रीमा मेरो उमेदवारी स्वभाविक हो : नेता पौडेल

राजनीति
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् । “गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरूबीच सल्लाह हुँदैछ,” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उमेदवार हो । अहिले प्रधानमन्त्रीको उमेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उमेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । “सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ । तर, अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेस्ट गर्नुपर्ने मान्छे म मात्र हो,” उनले भने, “पार्टी स...
उपत्यकामा खुम्चिँदो कम्युनिस्ट प्रभाव– कहिले थेग्नै नसक्ने मत, कहिले शून्य !

उपत्यकामा खुम्चिँदो कम्युनिस्ट प्रभाव– कहिले थेग्नै नसक्ने मत, कहिले शून्य !

राजनीति
काठमाडौं । संविधानसभाको पहिलो निर्वाचनमा नेकपा (माओवादी केन्द्र) पहिलो दल बन्यो ।  देशभर प्रत्यक्षमा कूल १२० सिट ल्याउँदा उपत्यकाका १५ क्षेत्रमध्ये ७ क्षेत्र जितेको थियो ।  ०६४ को निर्वाचनमा नेकपा एमाले उपत्यकामा सिटबिहीन बन्यो ।  ०७० सालमा एमालेले नजिता सुधार्‍यो । माओवादीले आफ्नो अस्तित्व जोगाउन सकेन ।  १० वर्षपछि पुग्दा ०७४ को निर्वाचनमा एमालेले उपत्यकामा ८ क्षेत्र जितेको थियो ।  ०७९ को निर्वाचनमा एमाले उपत्यकामा २ सिटमा खुम्चिन पुगको छ भने माओवादी सिट शून्यको अवस्थामै रह्यो ।  एमालेबाट विभाजन भएर पहिलो पटक निर्वाचनमा गएको एकीकृत समाजवादी पनि उपत्यकामा सिटविहीन बनेको छ । अर्थात् उपत्यकामा कम्युनिस्ट प्रभाव झनै खुम्चिँदै गएको देखिएको छ । कुन दलले कहाँ जितेका थिए ? २०६४ मा काठमाडौंका १० क्षेत्रमध्ये २, ६, ७ र १० नम्बर माओवादीका...
बाजुरा र स्याङजा–२ मा मतगणना गर्न आयोगको निर्देशन

बाजुरा र स्याङजा–२ मा मतगणना गर्न आयोगको निर्देशन

राजनीति
काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङजा–२ मा मतगणना गर्ने निर्णय गरेको छ । निर्णयसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिइएको छ ।  यी दुई निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै उजुरी परेको थियो । सोही कारण मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाका लागि मतदान भए पनि गणना भने हुन सकेको थिएन ।  निर्वाचन आयोगले टोली बनाएर घटनाको छानबिन गरी प्रविदेन आएपछि मतगणना गर्ने निर्णय गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । “आयोगले रोकिएका दुवै क्षेत्रको मतगणना गर्ने गरी निर्णय गरेको छ,” उनले भने ।  ...
उपाध्यक्ष ज्ञवाली भन्छन्– एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्छौं

उपाध्यक्ष ज्ञवाली भन्छन्– एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्छौं

राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने उनले बताए ।  हिमालयन न्युज एजेन्सीसँग उपाध्यक्ष ज्ञवालीले न्यूनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुलुकको संकटलाई पार लगाउने बताए ।  माओवादीलगायत न्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिँदै भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने उनको तर्क छ । ज्ञवालीले विगतमा भएका तीतामिठा कुरालाई बिर्सदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीलाई आह्वान गरे ।  ...
प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रियसभाका यथावत

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रियसभाका यथावत

राजनीति
काठमाडौं । संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुँदै छ । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ ।  मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आम नागरिकमा संघीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो छ । न्युज एजेन्सी नेपालसँग संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही विचाराधीन अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागतरूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निस्क्रिय भइसकेको बताए । राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अव...