२०८१ बैशाख २२

प्रधानमन्त्रीमा मेरो उमेदवारी स्वभाविक हो : नेता पौडेल





चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताएका हुन् ।



Advertisement



“गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरूबीच सल्लाह हुँदैछ,” उनले भने, “म प्रधानमन्त्रीको स्वभाविक उमेदवार हो । अहिले प्रधानमन्त्रीको उमेदवार मै हो ।”

पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उमेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ ।

“सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ । तर, अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेस्ट गर्नुपर्ने मान्छे म मात्र हो,” उनले भने, “पार्टी सभापतिले मेरो प्रस्तावलाई सहज रूपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।”



टिकट वितरण गर्दा गठबन्धन दलहरूबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए ।

युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताए । फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । उनले भने, “नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।”

Copy link
Powered by Social Snap