२०८१ बैशाख १३

नेपालले नयाँ प्रधानमन्त्री मात्र हैन, काम गर्ने नयाँ तरिका पनि खोजेको छ : गगन थापा





काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालले नयाँ प्रधानमन्त्रीसँगै पुरानो काम गर्ने कार्यशैलीमा परिवर्तन खोजेकाे बताएका छन् ।



Advertisement



बिहीबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा थापाले अब बन्ने सरकारले देशको विकासलाई प्रथमिकता दिनुपर्ने बताए ।

“नेपालले नयाँ सरकार मात्र खोजेको हैन । पुराना पुस्ताले काम गर्ने शैलीमा पनि परिवर्तन खोजेको छ । हामीले त्यसमा ध्यान दिनुपर्छ । अब हामीलाई कुनै छुट छैन,” उनले भने ।



सरकारले अब परम्परागत तरिकाले काम गर्न नहुने उनको भनाइ छ । “सरकारले अहिले जसरी अँध्यारो कोठामा काम गर्दै आएको छ । त्यो अन्य हुनुपर्छ । सरकार आँट भएको हुनुपर्छ । गरिँदै आएका परम्परागत कार्यशैली परिवर्तन गर्न सकिएन भने तात्त्विक फरक पर्दैन ।”

अब सरकारले आर्थिक विकासका लागि खुला बसहस चलाउनुपर्ने पनि उनले बताए । प्रधानमन्त्री बन्नेले कति रोजगारी सिर्जना गर्ने भन्ने योजनासहित आउनुपर्ने पनि उनको भनाइ छ । 

Copy link
Powered by Social Snap