२०८१ बैशाख १३

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की विजयी 





काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।



Advertisement



बिहीबार बिहान साढे ११ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ३१ हजार ८५२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख तीन हजार ४६६ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ५५ हजार ३०९ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उक्त पार्टीले ११ लाख आठ हजार २१७ मत प्राप्त गरेको छ ।



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८१ हजार ४३५ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख १६ हजार २०३ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ८६ हजार १०७ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९२ हजार ६६० मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ६८ हजार ८२३ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६३ हजार ३७ मतसहित १०औँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

अहिलेसम्म एक करोड दुई लाख ५० हजार ५४६ मत गनिएको छ ।

Copy link
Powered by Social Snap