२०८२ चैत्र १४

राजनीति

प्रधानमन्त्रीलाई सचिवहरूले सुनाए समस्या र योजना

प्रधानमन्त्रीलाई सचिवहरूले सुनाए समस्या र योजना

राजनीति
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग मन्त्रालय र विभिन्न निकायका नेतृत्वमा रहेका नेपाल सरकारका सचिवहरूले समस्या र योजनाबारे ब्रिफिङ गरेका छन् । सोमबार ११ बजेदेखि सुरु भएको प्रधानमन्त्रीसँग सचिवहरूको ब्रिफिङको कार्यक्रम मंगलबार पनि जारी रहने भएको छ ।  प्रधानमन्त्री दाहालसँग सचिवहरूको पहिलो दिनको बैठकमा १८ मन्त्रालयका सचिवहरूसँग काम कसरी भइरहेको छ भन्नेबारे ब्रिफिङ लिएका थिए । 'मन्त्रालयका सचिवहरूको ब्रिफिङका लागि प्रत्येक सचिवहरूले ५-७ मिनेट समय छुट्याइएको थियो । मन्त्रालयका सचिवहरूले आफ्ना कुरा राख्नुभएको छ । १८-१९ मन्त्रालयका सचिवहरूले आफ्ना कुरा राख्नुभएको छ । बाँकी मन्त्रालय र आयोगहरूका सचिवले ब्रिफिङ गरेपछि प्रधानमन्त्रीले बोल्ने कार्यक्रम रहेको छ,' एक सचिवले भने । प्रधानमन्त्री दाहालका सहयोगी सूर्यकिरण शर्माले प्रधानमन्त्रीसँग सचिवहरूको बैठकबारे भने, 'मन्त्...
नेकपा एसलाई सरकारमा आउन कसैले औपचारिक प्रस्ताव गरेको छैन : प्रवक्ता खतिवडा

नेकपा एसलाई सरकारमा आउन कसैले औपचारिक प्रस्ताव गरेको छैन : प्रवक्ता खतिवडा

राजनीति
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको बैठकमा सरकार जाने विषयमा छलफल नभएको बताएका छन् । जारी पोलिटब्युरो बैठकमा पनि सरकार जाने विषयमा नभई त्यसलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल केन्द्रित रहेको बताए । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा संलग्न हुन औपचारिक प्रस्ताव सत्ता गठबन्धनबाट नआएको भन्दै त्यो विषयमा छलफल नभएको बताए । 'सरकारको जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,' खतिवडाले भने, 'औपचारिक प्रस्ताव आए त्यो त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।' सोमबारको बैठकमा २० जना पोलिटब्युरो सदस्यहरूले धारणा राखेको खतिवडाले जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाह...
देशको हित गर्नेगरी कानुन निर्माण गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

देशको हित गर्नेगरी कानुन निर्माण गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राजनीति
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हित गर्नेगरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।  नीति अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले मुुलुकको विभिन्न क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँग छलफल गर्दै देशको हितलाई केन्द्रमा राख्नुपर्ने बताए ।  उनले यसअघि राष्ट्रियसभाले ल्याएका केही महत्वपूर्ण विधेयकहरु शून्यको अवस्थामा पुगेको भन्दै त्यसलाई पुनः ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने धारणा राखे । नीति अनुसन्धान प्रतिष्ठानले देशको समग्र विकासमा सहयोग पु¥याउने गरी काम गर्नुपर्ने उनले बताए ।  कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीले मुलुकको विभिन्न क्षेत्रमा सरकारले अपनाइएको विभिन्न नीति अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधार गर्नुपर्ने विषयमा सिफारिस गर्ने गरेको बताए ।...
<strong>स्थानीय जनप्रतिनिधिलाई ६ महिनाको कार्य मूल्यांकन बुझाउन जनमत पार्टीको माग</strong>

स्थानीय जनप्रतिनिधिलाई ६ महिनाको कार्य मूल्यांकन बुझाउन जनमत पार्टीको माग

राजनीति
काठमाडौं । जनमत पार्टीले स्थानीय तहमा निर्वाचित उमेदवारहरुको छ महिनाको कार्य मूल्यांकन पार्टीको केन्द्रीय समितिमा पठाउन निर्देशन दिएको छ । पार्टीको अवधारणा लागु गर्न के कस्ता कार्य संचालनमा आए र कस्तो उपलब्धि भयो पठाउन निर्देशन दिएको छ । जनप्रतिनिधिको कामप्रति जनता कति सन्तुष्ट छन् र पार्टीप्रति कति जिम्मेवार छन् सो समेतको विवरणसमेत पेस गर्न निर्वाचित प्रतिनिधिहरुलाई निर्देशन दिइएको छ । ...
प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन्। ‘२६ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाउनुभएको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने। प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। यसरी प्रधानमन्त्री बनेका व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्न लागेको छ। संसद सुरू भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। ...
बालकोट पुगेर ओलीलाई भेटे बाबुरामले, के भयो कुराकानी?

बालकोट पुगेर ओलीलाई भेटे बाबुरामले, के भयो कुराकानी?

राजनीति
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सोमबार बालकोट पुगेर भट्टराईले ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा पनि कुराकानी भएको थियो। ओलीलाई केही दिनअघि सत्ता गठबन्धनले सत्ता साझेदार दलको संयोजक चयन गरेका थिए भने न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे उक्त समितिले काम पनि गरिरहेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गत मंसिरको चुनावमा उम्मेदवारी दिएको थियो। ...
<strong>गण्डकी : नयाँ संसद्मा मुख्यमन्त्री नजाने</strong>

गण्डकी : नयाँ संसद्मा मुख्यमन्त्री नजाने

राजनीति
पोखरा । संवैधानिक अस्पष्टताका कारण प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नजाने भएका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेता थिए । तर, नयाँ निर्वाचित प्रदेश सभा सदस्यहरूले सुरेन्द्रराज पाण्डेलाई कांग्रेसको संसदीय दलको नेता निर्वाचनमार्फत चुनेका छन् । अब हुने प्रदेश सभा बैठकले संसदीय दलको नेतामा पाण्डेलाई चिन्छ ।संसद्मा गएर मुख्यमन्त्रीले सम्बोधन गर्न पाउने भएपनि प्रदेश सभाको नयाँ कार्यकाल सुरु भइसकेकाले उनी प्रदेश सभाका अबका बैठकमा मुख्यमन्त्री जाने छैनन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले संविधानमा पनि प्रष्ट व्यवस्था नभएकाले मुख्यमन्त्री प्रदेश सभा बैठकमा सहभागी नहुने जानकारी दिए । मुख्यमन्त्री पोखरेल प्रदेश सभाका ज्येष्ठ सदस्य तथा बाँकी सदस्यहरूको शपथग्रहण पनि सहभागी भएनन् । प्रदेश सभा...
एकीकृत समाजवादीसँगको मिलनबारे एमालेमा दुई धार

एकीकृत समाजवादीसँगको मिलनबारे एमालेमा दुई धार

राजनीति
नेकपा (एकीकृत समाजवादी) सँगको एकताबारे नेकपा (एमाले) मा दुई धार देखिएका छन्। एमाले महासचिव शंकर पोखरेल र उनीनिकट नेताहरू एकीकृत समाजवादीसँग तत्काल एकता गर्न नहुने पक्षमा छन्। पोखरेलसँग निकट रहेका उपमहासचिव प्रदीप ज्ञवालीले एकीकृत समाजवादीसँगको एकतालाई लक्षित गर्दै सामाजिक सञ्जालमा यथास्थितिमा एकता गर्न नहुने बताएका छन्। ‘नेकपा एमालेको अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुने छैन।’ माधवकुमार नेपालले पार्टी विभाजन गरेको कुरा बिर्सन नसकिने घटना भएको ज्ञवालीले इंगित गरेका छन्। ‘इतिहासका केही घ...
मर्यादा नमिलेर सरकारमा नगएको होइन, म बाहिरै बसेर पार्टीको काम गर्छु- नेता पुन 

मर्यादा नमिलेर सरकारमा नगएको होइन, म बाहिरै बसेर पार्टीको काम गर्छु- नेता पुन 

राजनीति
काठमाडौं, पुस १७ प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मन्त्री नबन्ने भएका छन्। पुनले आइतबार सञ्चारकर्मीसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने बताएका हुन्। पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको भन्दै उनले पार्टीको काममा लाग्ने बताए। पुनले निर्वाचन लगत्तै दोस्रो तहका एमाले नेताहरुसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए। चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा सक्रिय थिए। तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीन पटक मन्त्री भइसकेको छु। यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु।’ पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकार बाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध स...
एमाले लुम्बिनीको नेतामा गिरी

एमाले लुम्बिनीको नेतामा गिरी

राजनीति
लुम्बिनी प्रदेशसभामा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। एमाले पोलिटव्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज समेत रहेका गिरीलाई एमाले संसदीय दलको नेतामा चयन गरिएको एमालेले जनाएको छ। गिरी लुम्बिनी प्रदेशसभामा निर्वाचित एमालेका सांसदहरू मध्ये पार्टीभित्र सबैभन्दा सिनियर नेता हुन्। रूपन्देही क्षेत्र नं.२ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित गिरी यसअघि पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। गिरी शंकर पोखरेल मुख्यमन्त्री हुँदा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका थिए। यसअघि गिरीसँगै अर्घाखाँचीका चेतनारायण आचार्य, रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, भुमिश्वर ढकाल तथा कपिलवस्तुका विष्णु पन्थीले संसदीय दलको नेताका लागि पहल गर्दै आएका थिए। ...