२०८१ बैशाख २२

प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्तामा के भयो?




प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बुधबार अपरान्ह सिंहरदवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भेट गरेका हुन्।


Advertisement


भेटमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। यता, अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएका थिए।

सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए। उनले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रिया समेत सञ्चारकर्मीलाई दिए।



‘उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नु भएको छ। हामी यसबारे पार्टीमा छलफल गर्छौं। र, टुंगो लगाउँछौं। सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन। खाली विश्वासको मतको बारेमा कुरा भएको छ । बाम पार्टीहरुको एकताको विषयमा विषय प्रवेश नै गरिएन,’ उनले भने।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफल समेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आएका छन्।

Copy link
Powered by Social Snap