२०८२ चैत्र १२

राजनीति

प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्तामा के भयो?

प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्तामा के भयो?

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार अपरान्ह सिंहरदवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भेट गरेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। यता, अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएका थिए। सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए। उनले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रिया समेत सञ्चारकर्मीलाई दिए। ‘उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नु भएको छ। हामी यसबारे पार्टीमा छलफल गर्छौं। र, टुंगो लगाउँछौं। सरकारमा जाने बारेमा केही पनि कुरा भएको ...
प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

राजनीति
२० पुस, काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिए । छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताए । ...
एमाले–माओवादी गठबन्धनमा जाने दीपक मनाङेको संकेत

एमाले–माओवादी गठबन्धनमा जाने दीपक मनाङेको संकेत

राजनीति
गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धनमा जाने संकेत गरेका छन्। मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित मन्त्री मनाङेले संसद विघटन हुन नदिन गठबन्धनमा रहन सक्ने बताएका हुन्।  गण्डकीका नवनिर्वाचित संसदको पहिलो बैठक बसेपश्चात सोमबार सेतोपाटीलाई प्रतिक्रिया दिँदै उनले नयाँ गठबन्धनमा बसेर संसद जोगाउने पक्षमा आफू रहेको बताए। ‘पहिला पनि म संसद विघटन नहोस् भनेर कांग्रेस–माओवादीको गठबन्धनमा गएको थिएँ,’ उनले भने, ‘अहिले पनि संसद जोगाउन मेरो आवश्यकता परे त्यसै गर्छु।’  गण्डकीमा एमालेका २२ जना सांसद छन् भने माओवादीका ८ जना छन्। सत्ता गठबन्धनमा रहेको राप्रपाको २ जना सांसद मिलाएर गण्डकीमा बहुमत पुर्‍याउने गठबन्धनको तयारी छ। प्रमुख प्रतिपक्षी दलमा पुगेको नेपाली कांग्रेसको भने २७ जना...
एकीकृत समाजवादीले ४ दिन छलफल गर्‍यो, सरकारलाई समर्थन गर्ने/नगर्ने अझै अनिर्णीत

एकीकृत समाजवादीले ४ दिन छलफल गर्‍यो, सरकारलाई समर्थन गर्ने/नगर्ने अझै अनिर्णीत

राजनीति
माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो गरी लगातार ४ दिन बैठक गर्दा पनि नयाँ सरकारप्रति पार्टीको धारणा के हो निर्णयमा पुग्न सकेको छैन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ। शनिबार र आइतबार स्थायी कमिटी बैठक, सोमबार र मंगलबार पोलिटब्यूरो बैठक गरे पनि एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे कुनै ठोस निर्णय गर्न सकेन। यो विषय अब सचिवालय बैठकमा छलफल गरी निर्णय गरिने भएको छ। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए। एकीकृत समाजवादीले भने सरकारले समर्थनका लागि औपचारिक पत्र नै नपठाएको दाबी गर्दै आएको छ। एकीकृत समाजवादीभित...
लाइन बस्नुपर्ने समस्या एक महिनाभित्र हटाउन सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

लाइन बस्नुपर्ने समस्या एक महिनाभित्र हटाउन सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरूलाई लाइनमा बस्नुपर्ने सास्ती एक महिनाभित्र हटाउन निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्। यस्तै अहिलेको जस्तै लाइनमा बस्नुपर्ने समस्या भए जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रचण्डले संघीयताको अभ्यास भए पनि घरदैलोमा सेवा पुग्ने अपेक्षा पूरा गर्न नसकेको पनि गुनासो गरे। त्यस्तै पछिल्लो ५ वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको पनि बताए। ‘अहिले तपाईं हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ। त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको च...
सांसदद्वय आले र राईले लिए शपथ

सांसदद्वय आले र राईले लिए शपथ

राजनीति
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदबारस्थित संघीय संसद सचिवालयको कानुन समितिको हलमा उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका हुन्। पूर्वमन्त्रीसमेत रहेका आलेको आमाको निधन भएकाले शपथ लिन पाएका थिएनन् भने कांग्रेसबाट समानुपातिक सांसद बनेकी राई सुत्केरी भएपछि शपथ लिन पाएकी थिइनन्। यसअघि पुस ८ गते सांसद महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिएका थिए। त्यसअघि बाँकी सबै सांसदहरूले पुस ७ गते संसद भवन नयाँ बानेश्वरमा पद तथा गोपनियताको शपथ लिएका थिए। ...
रमेश लेखक भए कांग्रेसको मुख्य सचेतक

रमेश लेखक भए कांग्रेसको मुख्य सचेतक

राजनीति
नेपाली कांग्रेसले मुख्य सचेतक नियुक्त गरेको छ। सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद रमेश लेखकलाई मुख्य सचेतक नियुक्त गरेका हुन्। कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले सभापति देउवाले मुख्य सचेतकमा लेखकलाई नियुक्त गरेको जानकारी दिए। लेखक सभापति देउवानिकट मानिन्छन्।गत मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए। हेर्नुस् विज्ञप्ति: ...
राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ: रामचन्द्र पौडेल

राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ: रामचन्द्र पौडेल

राजनीति
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्ने बताएका छन्। अस्थिरता भएको भन्दै उनले राष्ट्रिय सहमति खोज्ने बेला आएको पनि बताए। ‘धेरैलाई प्रतिपक्षमा कांग्रेस पुग्ने भएपछि यस्तो भन्यो भन्ने लाग्ला। सधैं अस्थिरता भयो, त्यसैले मैले राष्ट्रिय सहमतिको सरकार भनेको हुँ,’ निवर्तमान सभामुख र उपसभामुखहरूको संस्था स्पिकर्स फोरमको कार्यक्रममा पौडेलले भने, ‘राष्ट्रिय सहमति खोज्ने बेला आएको छ। राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ।’ गठबन्धन टुटेकोप्रति संकेत गर्दै उनले राजनीतिमा एकथोक सोच्दा अर्कोथोक हुने गरेको पनि उनले बताए। ‘एक थोक सोच्यो अर्को थोक हुन्छ। हाम्रो हिसाब नै मिल्दैन,’ उनले भने, ‘रूखले हँसिया हतौडा र हँसिया हतौडाले रूखलाई भोट हालेको हो, आ-आफ्नो सिद्धान्तविपरीत पनि भोट हालियो। झण्डै बहुमत थियो। दुई/चार सिट मिलि...
प्रधानमन्त्रीलाई सचिवहरूले सुनाए समस्या र योजना

प्रधानमन्त्रीलाई सचिवहरूले सुनाए समस्या र योजना

राजनीति
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग मन्त्रालय र विभिन्न निकायका नेतृत्वमा रहेका नेपाल सरकारका सचिवहरूले समस्या र योजनाबारे ब्रिफिङ गरेका छन् । सोमबार ११ बजेदेखि सुरु भएको प्रधानमन्त्रीसँग सचिवहरूको ब्रिफिङको कार्यक्रम मंगलबार पनि जारी रहने भएको छ ।  प्रधानमन्त्री दाहालसँग सचिवहरूको पहिलो दिनको बैठकमा १८ मन्त्रालयका सचिवहरूसँग काम कसरी भइरहेको छ भन्नेबारे ब्रिफिङ लिएका थिए । 'मन्त्रालयका सचिवहरूको ब्रिफिङका लागि प्रत्येक सचिवहरूले ५-७ मिनेट समय छुट्याइएको थियो । मन्त्रालयका सचिवहरूले आफ्ना कुरा राख्नुभएको छ । १८-१९ मन्त्रालयका सचिवहरूले आफ्ना कुरा राख्नुभएको छ । बाँकी मन्त्रालय र आयोगहरूका सचिवले ब्रिफिङ गरेपछि प्रधानमन्त्रीले बोल्ने कार्यक्रम रहेको छ,' एक सचिवले भने । प्रधानमन्त्री दाहालका सहयोगी सूर्यकिरण शर्माले प्रधानमन्त्रीसँग सचिवहरूको बैठकबारे भने, 'मन्त्...
नेकपा एसलाई सरकारमा आउन कसैले औपचारिक प्रस्ताव गरेको छैन : प्रवक्ता खतिवडा

नेकपा एसलाई सरकारमा आउन कसैले औपचारिक प्रस्ताव गरेको छैन : प्रवक्ता खतिवडा

राजनीति
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको बैठकमा सरकार जाने विषयमा छलफल नभएको बताएका छन् । जारी पोलिटब्युरो बैठकमा पनि सरकार जाने विषयमा नभई त्यसलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल केन्द्रित रहेको बताए । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा संलग्न हुन औपचारिक प्रस्ताव सत्ता गठबन्धनबाट नआएको भन्दै त्यो विषयमा छलफल नभएको बताए । 'सरकारको जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,' खतिवडाले भने, 'औपचारिक प्रस्ताव आए त्यो त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।' सोमबारको बैठकमा २० जना पोलिटब्युरो सदस्यहरूले धारणा राखेको खतिवडाले जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाह...