२०८२ पुष ८

राजनीति

बालकोट पुगेर ओलीलाई भेटे बाबुरामले, के भयो कुराकानी?

बालकोट पुगेर ओलीलाई भेटे बाबुरामले, के भयो कुराकानी?

राजनीति
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सोमबार बालकोट पुगेर भट्टराईले ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा पनि कुराकानी भएको थियो। ओलीलाई केही दिनअघि सत्ता गठबन्धनले सत्ता साझेदार दलको संयोजक चयन गरेका थिए भने न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे उक्त समितिले काम पनि गरिरहेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गत मंसिरको चुनावमा उम्मेदवारी दिएको थियो। ...
<strong>गण्डकी : नयाँ संसद्मा मुख्यमन्त्री नजाने</strong>

गण्डकी : नयाँ संसद्मा मुख्यमन्त्री नजाने

राजनीति
पोखरा । संवैधानिक अस्पष्टताका कारण प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नजाने भएका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेता थिए । तर, नयाँ निर्वाचित प्रदेश सभा सदस्यहरूले सुरेन्द्रराज पाण्डेलाई कांग्रेसको संसदीय दलको नेता निर्वाचनमार्फत चुनेका छन् । अब हुने प्रदेश सभा बैठकले संसदीय दलको नेतामा पाण्डेलाई चिन्छ ।संसद्मा गएर मुख्यमन्त्रीले सम्बोधन गर्न पाउने भएपनि प्रदेश सभाको नयाँ कार्यकाल सुरु भइसकेकाले उनी प्रदेश सभाका अबका बैठकमा मुख्यमन्त्री जाने छैनन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले संविधानमा पनि प्रष्ट व्यवस्था नभएकाले मुख्यमन्त्री प्रदेश सभा बैठकमा सहभागी नहुने जानकारी दिए । मुख्यमन्त्री पोखरेल प्रदेश सभाका ज्येष्ठ सदस्य तथा बाँकी सदस्यहरूको शपथग्रहण पनि सहभागी भएनन् । प्रदेश सभा...
एकीकृत समाजवादीसँगको मिलनबारे एमालेमा दुई धार

एकीकृत समाजवादीसँगको मिलनबारे एमालेमा दुई धार

राजनीति
नेकपा (एकीकृत समाजवादी) सँगको एकताबारे नेकपा (एमाले) मा दुई धार देखिएका छन्। एमाले महासचिव शंकर पोखरेल र उनीनिकट नेताहरू एकीकृत समाजवादीसँग तत्काल एकता गर्न नहुने पक्षमा छन्। पोखरेलसँग निकट रहेका उपमहासचिव प्रदीप ज्ञवालीले एकीकृत समाजवादीसँगको एकतालाई लक्षित गर्दै सामाजिक सञ्जालमा यथास्थितिमा एकता गर्न नहुने बताएका छन्। ‘नेकपा एमालेको अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुने छैन।’ माधवकुमार नेपालले पार्टी विभाजन गरेको कुरा बिर्सन नसकिने घटना भएको ज्ञवालीले इंगित गरेका छन्। ‘इतिहासका केही घ...
मर्यादा नमिलेर सरकारमा नगएको होइन, म बाहिरै बसेर पार्टीको काम गर्छु- नेता पुन 

मर्यादा नमिलेर सरकारमा नगएको होइन, म बाहिरै बसेर पार्टीको काम गर्छु- नेता पुन 

राजनीति
काठमाडौं, पुस १७ प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मन्त्री नबन्ने भएका छन्। पुनले आइतबार सञ्चारकर्मीसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने बताएका हुन्। पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको भन्दै उनले पार्टीको काममा लाग्ने बताए। पुनले निर्वाचन लगत्तै दोस्रो तहका एमाले नेताहरुसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए। चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा सक्रिय थिए। तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीन पटक मन्त्री भइसकेको छु। यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु।’ पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकार बाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध स...
एमाले लुम्बिनीको नेतामा गिरी

एमाले लुम्बिनीको नेतामा गिरी

राजनीति
लुम्बिनी प्रदेशसभामा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। एमाले पोलिटव्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज समेत रहेका गिरीलाई एमाले संसदीय दलको नेतामा चयन गरिएको एमालेले जनाएको छ। गिरी लुम्बिनी प्रदेशसभामा निर्वाचित एमालेका सांसदहरू मध्ये पार्टीभित्र सबैभन्दा सिनियर नेता हुन्। रूपन्देही क्षेत्र नं.२ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित गिरी यसअघि पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। गिरी शंकर पोखरेल मुख्यमन्त्री हुँदा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका थिए। यसअघि गिरीसँगै अर्घाखाँचीका चेतनारायण आचार्य, रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, भुमिश्वर ढकाल तथा कपिलवस्तुका विष्णु पन्थीले संसदीय दलको नेताका लागि पहल गर्दै आएका थिए। ...
प्रभु साहको आम जनता पार्टीले चयन गर्‍यो मधेश प्रदेशका जिल्ला नेतृत्व

प्रभु साहको आम जनता पार्टीले चयन गर्‍यो मधेश प्रदेशका जिल्ला नेतृत्व

राजनीति
आम जनता पार्टीले मधेस प्रदेशका आठवटै जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेश प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन्। प्रचार प्रसार विभाग प्रमुख चन्द्रभुषण साहका अनुसार पर्सा संयोजकमा कदम रशुल, बारामा उमेश कुशवाहा, रौतहटमा ध्रमेन्द्र पटेल र सर्लाहीमा तुलसीप्रसाद हुमागाइ चयन भएका छन्। महोत्तरीमा विजय साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा उदय साह र सप्तरीमा शिवकुमार महरालाई जिम्मेवारी तोकिएको छ। यस्तै पर्सामा विश्वराज पटेल, बारामा राजकिशोर साह, रौतहटमा पलट चौधरी, सर्लाहीमा नविन साह, महोत्तरीमा प्रमोद महतो, धनुषामा बलदेव साह, सिराहामा धर्मेन्द्र महरा र सप्तरीमा सुनिल राज दास सचिव चयन भएका हुन्।  त्यसैगरी इन्चार्जको रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा रिता देवी, म...
राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ: ओली

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउल खेल्नेले रेडकार्ड पाउने बताएका छन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने उल्लेख गरेका छन्। ‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ, पोस्टमा हान्न सफल हुँदैन,’ फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डो लगायतको उदाहरण दिँदै ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अर्थात् हामीलाई चाहिएको समाज फउल नखेल्ने समाज हो।’ ओलीले राजनीतिमा पनि फउल खेल्न नहुने बताए। ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एल्लो कार्ड, कहिलेकाहीँ त रेडकार्ड नै दिएर आउट गरिन्छ, सफल हुन अनुशासित भई निष्पक्ष तरिकाले खेल्नुपर्छ,’ उनले भने। अध्यक्ष ओलीले मन्त्रिपरिषद विस्तार हुन केही समय लाग्ने संकेत ...
<strong>बालुवाटारमा प्रचण्डलाई भेटेर ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि</strong>

बालुवाटारमा प्रचण्डलाई भेटेर ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि

राजनीति
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका रवि दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।  सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लागिनसकेका कारण छलफल गर्दै आएका छन् । ओलीसँगको भेट पनि मन्त्रालयको भागबण्डालगायत विषयमा केन्द्रित भएको स्रोतले बताएको छ ।  आज बिहान प्रचण्डसँगको भेटमा गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गठन गरेको विज्ञ टोलीलगायत विषयमा पनि छलफल भएको थियो ।  ...
दाहाल सरकारसँग सम्बन्ध प्रगाढ बनाउने छिमेकी र शक्ति राष्ट्रको प्रतिबद्धता

दाहाल सरकारसँग सम्बन्ध प्रगाढ बनाउने छिमेकी र शक्ति राष्ट्रको प्रतिबद्धता

राजनीति
काठमाडौँ — नेपालका दुई छिमेकी भारत र चीन तथा शक्तिराष्ट्र अमेरिकाले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग सम्बन्धलाई थप प्रगाढ बनाउने वाचा गरेका छन् । तीनै मुलुकका काठमाडौंस्थित राजदूतले प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरी बधाई दिएका छन् । भेटवार्ताका दौरान तीनै राजदूतले आ–आफ्नो मुलुकको सन्देश प्रवाह गर्दै नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउने जानकारी दिएका छन् । भारत र चीनका राजदूतले आ–आफ्नो देशबाट प्रधानमन्त्रीहरूका तर्फबाट पठाएको सन्देश पनि दाहाललाई शुक्रबार बालुवाटार पुगेर हस्तान्तरण गरेका छन् । भारतले दाहाललाई पठाएको सन्देशमा ‘द्विपक्षीय विशेष सम्बन्ध’ मा जोड दिइएको छ भने चीनले ‘हिमाल र नदीले जोडिएका परम्परागत मित्रवत् छिमेकीको’ रूपमा व्याख्या गरेको छ । अमेरिकाले भने ‘लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउने’ विषयलाई प्राथमिकता दिएको छ । प्रधानमन्त्री दाहालसँग ...
सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे प्रधानमन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे प्रधानमन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

राजनीति
काठमाडौँ — गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए । उनले भने, 'गृहमन्त्रीजी र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको हो । त्यस्तै सिंहदरबारमा काम हुने सर्वसाधारणलाई कसरी सहज प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि उहाँहरूबीच छलफल भएको छ । त्यसका लागि गृहले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।' सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले देशकै संघीय...