२०८२ पुष ९

राजनीति

मधेश प्रदेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

मधेश प्रदेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

राजनीति
१४ पुस, जनकपुरधाम । मधेेश प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराए । उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिए । अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् । ...
सरकारमा जाने बाटो खोल्नुअघि पूर्वराजासँग लिङ्देनको भेट

सरकारमा जाने बाटो खोल्नुअघि पूर्वराजासँग लिङ्देनको भेट

राजनीति
१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राप्रपा सरकारमा सहभागी भएको छैन । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजानेबारे निर्णय गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकको अघिल्लो दिन लिङ्देनले सुटुक्क बाराको सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । लिङ्देनले ज्ञानेन्द्रसँग भएको भेट बाहिर ल्याउन चाहेका थिएनन् । तर पार्टीकै बैठकमा नेताहरुले प्रश्न उठाएका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग के कुरा गर्नुभयो ?’ स्रोतका अनुसार झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुन्छ ? र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेको कुरा के हो ? भनेर प्रश्न गरेका छन् । उच्च स्रोतका अनुसार सिमरामा ज्ञाने...
लुम्बिनी प्रदेश सभा सदस्यको शपथ १६ गते हुने

लुम्बिनी प्रदेश सभा सदस्यको शपथ १६ गते हुने

राजनीति
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाका सदस्यलाई पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ । ...
पुरानो घेरा तोडेर काम गर्न प्रधानमन्त्रीलाई आग्रह

पुरानो घेरा तोडेर काम गर्न प्रधानमन्त्रीलाई आग्रह

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानो घेरा तोडेर काम गर्न सांसद राजेन्द्र बजगाइँले आग्रह गरेका छन् । उनले आज प्रधानमन्त्री कार्यालयमा भेट गरेर यस्तो आग्रह गरेका हुन् । “प्रधानमन्त्री भइसकेपछि पोलिसीमा खेल्ने व्यापारीहरु फेरि हावी हुन सक्छन्,” उनको भनाई थियो, “पुरानो घेरा तोडेर नयाँ बनाउनुहोला ।” बजगाइँले उत्तर दक्षिण ३२ चक्के लरी चल्ने पाँचवटा सडक निर्माण गरिनुपर्ने, दुई घण्टामा वीरगन्ज पुग्ने सडक बनाउन पहल गर्न पनि आग्रह गरेका थिए । बजगाइँले २०४८ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अमेरिकाबाट ८ जना विज्ञ आमन्त्रण गरेर रोड कम्स फस्ट अवधारणा र निजीकरण अघि बढाएको प्रसँग उठाउँदै अहिले फेरि त्यस्तै निर्णयको आवश्यकता रहेको बताएका थिए ।  ...
वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी, बानियाँ ५ मतले हारे

वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी, बानियाँ ५ मतले हारे

राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् ।  बुधबार भएको निर्वाचानमा लामाले इन्द्र बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे । प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा भएको मतदानमा ३७ जनाले मतदान गरेका थिए । उनीहरू दुवैजना संस्थापन पक्षका हुन् । लामा सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् । ...
डा. पोखरेल महान्यायाधिवक्तामा नियुक्त

डा. पोखरेल महान्यायाधिवक्तामा नियुक्त

राजनीति
काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनलाई सो पदमा नियुक्त गरिएको हो । डा. पोखरेल प्युठानको झिमरूक गाउँपालिका–४ निवासी हुन् । ...
माओवादी कर्णाली प्रदेशसभा दलको नेतामा शर्मा चयन

माओवादी कर्णाली प्रदेशसभा दलको नेतामा शर्मा चयन

राजनीति
कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।  अध्यक्ष केसीले भनिन्, “दल नेतामा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत छलफलपछि उहाँलाई सर्वसम्मत रुपमा दलको नेता बनाइएको हो ।”  दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०७४मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरिसकेका उनले पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन् ।  ...
संसद्मा पार्टीको भूमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव

संसद्मा पार्टीको भूमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव

राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसद्मा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन् ।  बुधवार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसद्मा सशक्त ढंगले उठाउने बताएका हुन् ।  “पार्टीको जे एजेण्डा छ, जे दृष्टिकोण छ, विचार र सिद्धान्त छन् त्यसलाई संगठित रुपले हामीले उठाउनुपर्ने ठाउँमा उठाउनेछौँ”, उनले भने, “पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्नेछौँ ।”  उनले जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताए । मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन...
‘कांग्रेसजस्तो लचिलो पार्टीलाई मिलाउन नसक्ने प्रचण्डले ७ दललाई कसरी मिलाउँछन् ?’

‘कांग्रेसजस्तो लचिलो पार्टीलाई मिलाउन नसक्ने प्रचण्डले ७ दललाई कसरी मिलाउँछन् ?’

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन् । कांग्रेसजस्तो लचिलो पार्टीलाई मिलाएर जान नसक्ने प्रचण्डले सातवटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको दाबी छ ।  मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लिन सके प्रचण्ड नेतृत्वको सरकार दुई वर्षसम्म चल्ने अनुमानसमेत गरे । "अब उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरू हेर्ने हो भने सातवटा दल छन् । सातवटा दलको दाबी त बाहिर आएकै छैन । त्यो दाबी सुन्नै पाएका छैनौँ । भर्खरै सुनेँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरू छन । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरका...
एमालेले सभामुख कसलाई बनाउदैछ ?

एमालेले सभामुख कसलाई बनाउदैछ ?

राजनीति
काठमाडौं । गठबन्धनमा भएको सहमतिअनुसार संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले सभामुख पाउनेछ । प्रधानमन्त्री र सभामुख एमाले र नेकपा माओवादीबीच आधा– आधा कार्यकाल लिने सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।  एमालेबाट सभामुख बन्नेछन् । प्रतिनिधिसभाको सभामुख को बन्ने भन्ने चर्चा पनि सुरु हुन थालेको छ । सभामुखका विषयमा एमालेमा औपचारिक छलफल भने सुरु भइसकेको छ ।  सभामुखको चर्चामा को– को ?  एमाले नेताहरुका अनुसार सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र सांसद विद्या भट्टराईको नाम चर्चामा आएको छ । चर्चामा आए पनि उपमहासचिव गुरुङ आफू निकट नेताहरुसँग सभामुख नबन्ने संकेत गरेका छन् ।  “मेरो ध्यान अब पार्टीको महासचिव बन्नेमा हुन्छ । नभए पनि उपाध्यक्ष त भइहाल्छु । अब सभामुख बन्नेतिर म ...