२०८२ चैत्र १४

राजनीति

प्रभु साहको आम जनता पार्टीले चयन गर्‍यो मधेश प्रदेशका जिल्ला नेतृत्व

प्रभु साहको आम जनता पार्टीले चयन गर्‍यो मधेश प्रदेशका जिल्ला नेतृत्व

राजनीति
आम जनता पार्टीले मधेस प्रदेशका आठवटै जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेश प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन्। प्रचार प्रसार विभाग प्रमुख चन्द्रभुषण साहका अनुसार पर्सा संयोजकमा कदम रशुल, बारामा उमेश कुशवाहा, रौतहटमा ध्रमेन्द्र पटेल र सर्लाहीमा तुलसीप्रसाद हुमागाइ चयन भएका छन्। महोत्तरीमा विजय साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा उदय साह र सप्तरीमा शिवकुमार महरालाई जिम्मेवारी तोकिएको छ। यस्तै पर्सामा विश्वराज पटेल, बारामा राजकिशोर साह, रौतहटमा पलट चौधरी, सर्लाहीमा नविन साह, महोत्तरीमा प्रमोद महतो, धनुषामा बलदेव साह, सिराहामा धर्मेन्द्र महरा र सप्तरीमा सुनिल राज दास सचिव चयन भएका हुन्।  त्यसैगरी इन्चार्जको रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा रिता देवी, म...
राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ: ओली

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउल खेल्नेले रेडकार्ड पाउने बताएका छन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने उल्लेख गरेका छन्। ‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ, पोस्टमा हान्न सफल हुँदैन,’ फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डो लगायतको उदाहरण दिँदै ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अर्थात् हामीलाई चाहिएको समाज फउल नखेल्ने समाज हो।’ ओलीले राजनीतिमा पनि फउल खेल्न नहुने बताए। ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एल्लो कार्ड, कहिलेकाहीँ त रेडकार्ड नै दिएर आउट गरिन्छ, सफल हुन अनुशासित भई निष्पक्ष तरिकाले खेल्नुपर्छ,’ उनले भने। अध्यक्ष ओलीले मन्त्रिपरिषद विस्तार हुन केही समय लाग्ने संकेत ...
<strong>बालुवाटारमा प्रचण्डलाई भेटेर ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि</strong>

बालुवाटारमा प्रचण्डलाई भेटेर ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि

राजनीति
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका रवि दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।  सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लागिनसकेका कारण छलफल गर्दै आएका छन् । ओलीसँगको भेट पनि मन्त्रालयको भागबण्डालगायत विषयमा केन्द्रित भएको स्रोतले बताएको छ ।  आज बिहान प्रचण्डसँगको भेटमा गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गठन गरेको विज्ञ टोलीलगायत विषयमा पनि छलफल भएको थियो ।  ...
दाहाल सरकारसँग सम्बन्ध प्रगाढ बनाउने छिमेकी र शक्ति राष्ट्रको प्रतिबद्धता

दाहाल सरकारसँग सम्बन्ध प्रगाढ बनाउने छिमेकी र शक्ति राष्ट्रको प्रतिबद्धता

राजनीति
काठमाडौँ — नेपालका दुई छिमेकी भारत र चीन तथा शक्तिराष्ट्र अमेरिकाले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग सम्बन्धलाई थप प्रगाढ बनाउने वाचा गरेका छन् । तीनै मुलुकका काठमाडौंस्थित राजदूतले प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरी बधाई दिएका छन् । भेटवार्ताका दौरान तीनै राजदूतले आ–आफ्नो मुलुकको सन्देश प्रवाह गर्दै नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउने जानकारी दिएका छन् । भारत र चीनका राजदूतले आ–आफ्नो देशबाट प्रधानमन्त्रीहरूका तर्फबाट पठाएको सन्देश पनि दाहाललाई शुक्रबार बालुवाटार पुगेर हस्तान्तरण गरेका छन् । भारतले दाहाललाई पठाएको सन्देशमा ‘द्विपक्षीय विशेष सम्बन्ध’ मा जोड दिइएको छ भने चीनले ‘हिमाल र नदीले जोडिएका परम्परागत मित्रवत् छिमेकीको’ रूपमा व्याख्या गरेको छ । अमेरिकाले भने ‘लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउने’ विषयलाई प्राथमिकता दिएको छ । प्रधानमन्त्री दाहालसँग ...
सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे प्रधानमन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे प्रधानमन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

राजनीति
काठमाडौँ — गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए । उनले भने, 'गृहमन्त्रीजी र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको हो । त्यस्तै सिंहदरबारमा काम हुने सर्वसाधारणलाई कसरी सहज प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि उहाँहरूबीच छलफल भएको छ । त्यसका लागि गृहले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।' सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले देशकै संघीय...
राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले खटायो विज्ञ टोली

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले खटायो विज्ञ टोली

देश, राजनीति, समाचार
काठमाडौँ — सार्वजनिक सेवा लिन दिक्दारलाग्दो लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागि गृह मन्त्रालयले विज्ञको टोली परिचालन गरेको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकतालगायतका अत्यावश्यक कागजपत्र लिने क्रममा वर्षौंदेखि सर्वसाधारणले सास्ती खेप्दै आएको गुनासोपछि गृह मन्त्रालयले अग्रसरता देखाएको हो ।  गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले बाहिरबाट विज्ञहरू ल्याएर परिचालन गरिएको जानकारी दिए । लामा लाइन देखिएका विभिन्न निकायमा विज्ञहरूको टोली खटिइसकेको पनि प्रवक्ता पोखरेलले बताए । उनले भने, 'बाहिरबाट विज्ञहरूको टोली ल्याइएको छ। उहाँहरूले विभिन्न निकायमा देखिएका समस्याको अनुगमन र निरीक्षण गर्दै हुनुहुन्छ । उहाँहरूले दिएको सुझावका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्नेछ । यथास्थितिबाटै सुधार हुने भए सोहीबमोजिम र सेवा विस्तार गर्नुपर्ने भएमा त्यसैअनुसार गरिने छ ।'...
<strong>प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता, के भयो छलफल ?</strong>

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता, के भयो छलफल ?

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्री रविको सचिवालयले जनाएको छ ।  भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।  मन्त्रिपरिषद् गठन भएको एक हप्ता हुन लागे पनि प्रधानमन्त्रीबाहेक तीन मन्त्रीको मात्रै मन्त्रालय तोकिएको छ । भागबण्डा नमिल्दा नवनियुक्त अन्य मन्त्रीको जिम्मेवारी तोकिएको छैन भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन ।   ...
<strong>सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल</strong>

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

राजनीति
अत्तरिया । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।   आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।  ...
प्रदेश-१ कांग्रेस संसदीय दलको चुनावमा अमृत अर्याललाई समर्थक र प्रस्तावकले नै मत नदिएपछि …

प्रदेश-१ कांग्रेस संसदीय दलको चुनावमा अमृत अर्याललाई समर्थक र प्रस्तावकले नै मत नदिएपछि …

राजनीति
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको शुक्रबार भएको चुनावको नतिजा पहिलो चरणमा नतिजा नआउने अनुमान कांग्रेस वृत्तमै थियो। संस्थापन पक्षबाटै दुई जना उम्मेदवार भएको र संस्थापनइतर समूहका उम्मेदवारका पक्षमा बहुमत पुग्ने अवस्था नदेखिएका कारण चुनाव दोस्रो चरणमा जाने अनुमान थियो। तर, नतिजा पहिलो चरणमै आयो। संस्थापन पक्षका कृष्णप्रसाद सिटौलानिकट झापाका उद्धव थापा १८ मत पाएर दलको नेता चुनिए। शेखर कोइरालानिकट केदार कार्कीले आफ्नो समूहको शतप्रतिशत अर्थात् ९ मत पाएर दोस्रो भए। संस्थापन पक्षमा पनि सभापति शेरबहादुर देउवानिकट मानिने मोरङका अमृत अर्याल भने आफ्नै समर्थक र प्रस्तावकको मत पाउनबाटै विफल देखिएका छन्। संसदीय दलको नेताका लागि उम्मेदवारी दिने क्रममा अर्यालको प्रस्तावक डोल्मा तामाङ र समर्थक सुनिताकुमारी चौधरी थिए। समर्थक र प्रस्तावकको मत आएको भए उनले आफूसहितको ३ मत पाउने सम्भाव...
<strong>प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई </strong>

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई 

राजनीति
काठमाडौं । नेपालका लागि चिनियाँ ‘चार्ज डी अफेयर्स’ वाङ जिनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेटवार्ता गरेका छन् । वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री दाहालसँग यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरिसकेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाललाई छिमेकी देश भारत र चीनले बधाई दिएका थिए । ...