ढुक्क भएर ऊर्जामा लगानी गर्न ऊर्जामन्त्री लिङ्देनको आग्रह
नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक संघसँग आग्रह गरेका छन्।
बुधबार यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरेका हुन्। मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पुर्याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरेका थिए।
उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाइ तथा शुभकामना दिन बुधबार सो मन्त्रालयलमा पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधि मण्डलसँग मन्त्री लिङ्देनले ऊर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा ...









