२०८३ कार्तिक १३

बागमतीको मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने




नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ।


Advertisement


आज प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन्। नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता जम्कट्टेल गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय पार्टीले गरेको नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए।

‘हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं तर सरकारमा सहभागी हुँदैनौं, प्रतिपक्षी भूमिका रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग वा विरोध गर्छौं,’ उनले भने।




संसदको रोष्टममा उभिएर आजै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने बताए।

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट ३७ जना सांसद छन्।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि गत पुस २६ गते विश्वासको मत दिएको थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap