२०८२ पुष ८

राजनीति

<strong>गण्डकी प्रदेश सभामुखले लिए शपथ</strong>

गण्डकी प्रदेश सभामुखले लिए शपथ

राजनीति
सभामुख पदमा निर्वाचित भएपछि अभिवादन गर्दै कृष्णप्रसाद धिताल प्रदेशसभामा भवनमा । पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई शपथ गराएका छन् । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदलगायत व्यक्तिको उपस्थिति थियो । सभामुख धिताल गोरखा–१ ‘क’बाट निर्वाचित सांसद हुन् । आज सम्पन्न निर्वाचनमा उनले ३२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा २६ मत खसेको थियो । धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेका थिए । ...
नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

राजनीति
नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा शनिबार पनि सत्तापक्षले सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन गर्न सकेको छैन। गठबन्धनप्रति विश्वास नलागेकाे भन्दै नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेर निर्वाचनमा सहभागी नभएको हाे। मन्त्री बनाउने विषयमा सहमति नै नगरीकन दुई जना मन्त्रीलाई मुख्यमन्त्रीले नियुक्त गरेकाे भन्दै नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छ। सभामुख चयनका लागि दाेस्राे पटक भएको निर्वाचनबाट पनि सभामुखका लागि बनेका उम्मेदवारले बहुमत नपाएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउन सकेकाे छैन। सभामुख चयनका लागि शनिबार बेलुका ६ बजे प्रदेश सभाकाे बैठकबाट सभामुखका लागि निर्वाचन भएको थियाे। निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन कार्य पूरा नभएको हाे। आज भएको चुनावमा कांग्रेसका सभामुख पदका उम्मेदवार मानबहादुर रावलले पक्षमा २२ र विपक्षमा २२ मत पाए। नागरिक उ...
गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

राजनीति
गण्डकी प्रदेशका सभामुखमा कृष्णप्रसाद धितालले शपथ लिएका छन्। प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै निवास सिमलचौरमा एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो। सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन्। शनिबार सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २६ मत खसेको थियो। नेकपा (माओवादी केन्द्र) का फणिन्द्र देवकोटाको प्रस्ताव र नेकपा (एमाले)का रोशन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेका थिए। धिताललाई ...
प्रदेशसभा-१: उपसभामुख सिर्जना दनुवारले लिइन् शपथ

प्रदेशसभा-१: उपसभामुख सिर्जना दनुवारले लिइन् शपथ

राजनीति
प्रदेश नं १ का नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारले शपथ ग्रहण गरेकी छन्। शनिबार सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा उनलाई शपथ खुवाएका हुन्। सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत)को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएकी दनुवारलाई सोही नियमावली अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो। प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभाका सदस्यको शपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो। उपसभामुख दनुवारले आजै पदभार ग्रहण गरेकी छन्। ...
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेट

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेट

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारूढ दलका शीर्ष नेतासँग छलफल गर्दैछन्। शनिबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए। उनीहरूबीच पनि मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको थियो। प्रधानमन्‍त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए। प्रतिनिधि सभामा उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए। दुई जना नेताहरूले भने उनको विपक्षमा मत दिएका थिए। ...
गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित

गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित

राजनीति
गण्डकी प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। उनले ३२ मत पाएर सभामुख चयन भएका हुन्। गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो। कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो। उनले २६ मत प्राप्त गरिन‍्। सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए। नेकपा(एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन्। यस्तै कांग्रेसका एक जना सदस्य पनि अनुपस्थित रहे। सभामुखमा निर्वाचित भएका धितात मंसिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। उन नेकपा(माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा गोरखा जिल्ला...
<strong>पूर्वसचिव आचार्यको दाबी– नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिन्छ</strong>

पूर्वसचिव आचार्यको दाबी– नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिन्छ

राजनीति
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव रामकुमार आचार्यले नेपालमा भ्रष्टाचार हुनुका मुख्य कारणमध्ये भ्रष्टचारमैत्री कानुन पनि रहेको तर्क गरेका छन् । शुक्रबार आफैँले लेखेको 'नेपालमा भ्रष्टाचार : कारण र निवारण' नामक किताबको विमोचन कार्यक्रममा पूर्वसचिव आचार्यले नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिने अवस्था रहेको बताएका हुन् । "भ्रष्टाचार कानुन छलेर गरिने अपराध हो । तर नेपालमा केही यस्ता पनि प्रचलित कानुनहरू छन्, जसको प्रयोग गरेर कानुनबमोजिम नै भ्रष्टाचार गर्न मिल्छ," उनले भने ।भ्रष्टाचारजन्य कार्यलाई कानुनले अपराधको रूपमा परिभाषित नगर्दा भ्रष्टाचार गरेपनि सजिलै पन्छिन सकिने अवस्था रहेको उनको दाबी छ । उनले भ्रष्टाचार छानबिनका लागि बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्टाचारमा सामेल भएको दृष्टान्त दिँदै आयोगको विश्वसनीयतामा पनि प्रश्न उठाएका छन् । आचार्यल...
<strong>एमाले सुध्रिदैन, अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउँछौँ : माधव नेपाल</strong>

एमाले सुध्रिदैन, अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउँछौँ : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताएका छन् । शुक्रबार नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र भुसाल पुगेको बताए । साथै अन्य नेताहरू पनि एमाले छाड्दै आउने दाबी उनको छ । उनले नेकपा (एकीकृत समाजवादी)लाई अब 'हाम्रो र राम्रो पार्टी' बनाउने पनि धारणा राखे । कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिस्टहरूलाई गोलबद्ध बनाएर एकताबद्ध रूपमा अघि बढ्ने उनको भनाइ छ । उनले विगतको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने पनि बताए ।  एकीकृत समाजवादी प्रवेश गरेका भुसालले एमाले परित्याग गर्दै गत मंसिर ४ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्...
लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, माघ २ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, माघ २ गते सार्वजनिक बिदा

राजनीति
लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ। शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ। प्रदेश सरकारका मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी समेत सहभागी रहेको उक्त बैठकमा माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्...
सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न कहाँ अड्कियो हलो?

सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न कहाँ अड्कियो हलो?

राजनीति
सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न हलो अड्किएपछि दलहरूले अहिलेको सत्ता गठबन्धन भत्काउन खोजिएको आरोप लगाएका छन्। प्रतिपक्षी दलले सभामुखको निर्वाचन गराउन नचाहेको उनीहरूको आरोप छ। निर्वाचनपछि चुनिएर आएका सांसदहरूले पुस १५ गते शपथ लिएपछि १८ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो। कानुन अनुसार नेपाली कांग्रेसबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षता बसेको सो बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गर्‍यो। संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिनुपर्ने हुन्छ। त्यसैले माघको २ गतेभित्र सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचित भइसक्नुपर्ने छ। पुस २७ गते निर्वाचन तालिकाअनुसार प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य रावल र सत्तापक्षले भागबण्डा गरेर माओवादीको भागमा परेकाले सोही दलका भ...