५८ जनाको हस्ताक्षरसहित एमालेका लीला गिरीले गरे लुम्बिनीमा मुख्यमन्त्रीको दाबी
लुम्बिनी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए।
प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।
गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधवार दिउँसो २ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरेका हुन्।
मुख्यमन्त्रीको दाबी पेशका लागि सत्ता गठबन्धनमा आवद्ध दलका सांसदहरू हस्ताक्षर सहित उपस्थित भएका थिए।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सांसदसहित पहिलो दल बनेको एमालेका २९ जना सांसद छन्। सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३-३ जना सांसदले समर्थन गरेका छ...









