२०८२ चैत्र ११

राजनीति

<strong>एमाले सुध्रिदैन, अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउँछौँ : माधव नेपाल</strong>

एमाले सुध्रिदैन, अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउँछौँ : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताएका छन् । शुक्रबार नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र भुसाल पुगेको बताए । साथै अन्य नेताहरू पनि एमाले छाड्दै आउने दाबी उनको छ । उनले नेकपा (एकीकृत समाजवादी)लाई अब 'हाम्रो र राम्रो पार्टी' बनाउने पनि धारणा राखे । कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिस्टहरूलाई गोलबद्ध बनाएर एकताबद्ध रूपमा अघि बढ्ने उनको भनाइ छ । उनले विगतको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने पनि बताए ।  एकीकृत समाजवादी प्रवेश गरेका भुसालले एमाले परित्याग गर्दै गत मंसिर ४ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्...
लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, माघ २ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, माघ २ गते सार्वजनिक बिदा

राजनीति
लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ। शुक्रबार मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रमलाई विशेष र व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई जिम्मेवारी समेत दिइएको छ। प्रदेश सरकारका मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी समेत सहभागी रहेको उक्त बैठकमा माघी महोत्सवका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, उत्कृष्ट झाँकीहरूलाई पुरस्कृत समेत गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्...
सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न कहाँ अड्कियो हलो?

सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न कहाँ अड्कियो हलो?

राजनीति
सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न हलो अड्किएपछि दलहरूले अहिलेको सत्ता गठबन्धन भत्काउन खोजिएको आरोप लगाएका छन्। प्रतिपक्षी दलले सभामुखको निर्वाचन गराउन नचाहेको उनीहरूको आरोप छ। निर्वाचनपछि चुनिएर आएका सांसदहरूले पुस १५ गते शपथ लिएपछि १८ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो। कानुन अनुसार नेपाली कांग्रेसबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षता बसेको सो बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गर्‍यो। संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिनुपर्ने हुन्छ। त्यसैले माघको २ गतेभित्र सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचित भइसक्नुपर्ने छ। पुस २७ गते निर्वाचन तालिकाअनुसार प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य रावल र सत्तापक्षले भागबण्डा गरेर माओवादीको भागमा परेकाले सोही दलका भ...
विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद विस्तारमा अलमल

विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद विस्तारमा अलमल

राजनीति
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाए। विश्वासको मत पाएको तीन दिनसम्म पनि प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। उनले तीन जनाबाहेक अरू मन्त्रीलाई जिम्मेवारीसमेत दिएका छैनन्। प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बिष्णु पौडेल, भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछाने छन्। एमालेका तर्फबाट मन्त्री बनेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानले अहिलेसम्म कुनै जिम्मेवारी पाएका छैनन्। मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्डले बिहीबार सत्ता गठबन्धनको बैठक बोलाएका थिए। गठबन्धनका कतिपय नेताहरू काठमाडौं बाहिर भएकाले बैठक बस्न सकेन। शुक्रबार पनि गठबन्धनको बैठक तय भएको छैन। प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने छलफल गरिरहेका छन्। पुस ११ गते प्रधानमन्त्रीक...
राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार संघ अध्यक्षमा अधिकारी

राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार संघ अध्यक्षमा अधिकारी

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट वैदेशिक रोजगार व्यवसायीको काठमाडौंमा भएको भेलाबाट राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ गठन गरेको छ। भिष्मराज अधिकारीको अध्यक्षतामा संघ गठन भएको हो। संघको सचिवमा अरूणकुमार सिंह महतो रहेका छन्। सदस्यमा प्रदीप कार्की, लोकनाथ रिमाल, डिल्लीराम भुर्तेल, महेन्द्र पालुङ्गा, सूर्यकुमार श्रेष्ठ, डिल्लीप्रसाद सुवेदी, नवराज गिरी र रमेश आचार्य रहेका छन्।निकट भविष्यमा बृहत भेला गरेर संघको विस्तार गरिने राप्रपाका सम्पर्क समाज विभागका प्रमुख गोपाल दाहालले बताए। ...
<strong>मुख्यमन्त्रीको चाहना सात मन्त्रालय, तर भागबन्डामै कम्तीमा नौ पुग्ने</strong>

मुख्यमन्त्रीको चाहना सात मन्त्रालय, तर भागबन्डामै कम्तीमा नौ पुग्ने

राजनीति
पोखरा । सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका नेकपा (एमाले)का नेता खगराज अधिकारी मंगलबार नै काठमाडौं पुगे । त्यहाँ उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमात्र नभएर एमाले नेतृत्वको गठबन्धनको सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटे । मुख्यमन्त्री नियुक्त भएलगत्तै उनी काठमाडौं जानुको अर्थ शिष्टाचार भेटमात्र नभएर विस्तार गर्न बाँकी मन्त्रिपरिषद्को विषय पनि थियो । प्रदेश सरकारहरुमा अहिले मन्त्रालयको संख्या घटाउने एक किसिमको होडबाजी नै चलेको छ । संविधानले प्रदेश सरकारलाई कूल प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ । त्यही प्रावधानलाई टेकेर गण्डकीमा सुरुमा रहेका सातवटा मन्त्रालयलाई बढाएर १२ वटासम्म बनाइएको थियो । गण्डकीमा मात्रै नभएर सातै प्रदेश सरकारले संविधानले तोकेको अधिकतम सीमासम्...
लुम्बिनी प्रदेशको प्रथम मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय?

लुम्बिनी प्रदेशको प्रथम मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय?

राजनीति
लुम्बिनी प्रदेश सरकारको प्रथम मन्त्रिपरिषद् बैठक बिहीबार दिउँसो प्रदेश राजधानी दाङमा बस्यो। मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई मुख्य केन्द्रबिन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता चेतनारायण आचार्यले आर्थिक असमानता कम गर्दै सामाजिक न्यायको प्रवर्द्धन गर्न आर्थिक अनुशासन, सदाचार एवं भ्रष्टाचारमुक्त र नतिजामूलक प्रशासनिक व्यवस्थापनमा जोड दिने निर्णय भएको बताए। प्रदेशमा सुशासन प्रवर्द्धन, शान्ति सु–व्यवस्था, विकास र समृद्धि प्राप्तिका लागि कटिबद्ध भएर काम गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए। प्रदेशबाट प्रवाह गर्नुपर्ने सेवा र सम्पादन गर्नुपर्ने कार्यमा सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त अवलम्ब...
एक मत बदर हुँदा सुदूरपश्चिम प्रदेश सभाको सभामुख बन्नबाट रोकिए भीम भण्डारी

एक मत बदर हुँदा सुदूरपश्चिम प्रदेश सभाको सभामुख बन्नबाट रोकिए भीम भण्डारी

राजनीति
एक मत बदर हुँदा सुदूरपश्चिम प्रदेश सभाको सभामुख बन्नबाट सत्तापक्षका भीम भण्डारी रोकिएका छन्। बिहीबार बसेको प्रदेश सभाको बैठकले सभामुख पदका लागि निर्वाचन गराएको थियो। जसमा प्रतिपक्ष दल कांग्रेसका मानबहादुर रावल र सत्ता पक्षका तर्फबाट माओवादीका भीम भण्डारीले सभामुख पदका लागि मनोनयन दर्ता गराएका थिए। सुदूरपश्चिममा हाल कायम सम्पूर्ण प्रदेश सभा सदस्यको संख्या ५३ जना छ। सभामुख हुन उम्मेदवारले कम्तीमा २७ मत ल्याउनुपर्छ।बिहीबार सभामा निर्वाचन हुँदा सुरूमा कांग्रेसका रावलले २३ मत र भण्डारीले २७ मत पाएका थिए। दोस्रो प्रस्तावका रूपमा माओवादीका भण्डारीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २६, विपक्षमा २३ र एक मत बदर भयो। सभाको अध्यक्षता गरिरहेका शिवराज भट्टले एक जना सांसदले उम्मेदवार बाहेकको नाम रहेको कोठामा मत दिएकाले गणना नभएको सभामा जानकारी गराए। अर्क...
अख्तियारका पूर्वआयुक्त पाठक र लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख जरिवाना तिराउने फैसला

अख्तियारका पूर्वआयुक्त पाठक र लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख जरिवाना तिराउने फैसला

राजनीति
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष तीन महिना कैद र ३९ लाख जरिवाना तिराउने अदालतले आदेश गरेको छ। बुधबार विशेष अदालत काठमाडौंले उक्त फैसला गरेको प्रवक्ता दीपेन्द्र योगीले बताए। यस्तै नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलगायत यो मुद्दामा मुछिएका व्यक्तिहरूलाई पनि तीन वर्ष कैद ३९ लाख जरिवाना तिराउने फैसला भएको छ। तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन्। उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए। न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो। यसमा उनीसहित पाँच जनालाई प्रतिव...
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हेरेर सरकारलाई विश्वासको मत दिएका हौं: शेखर कोइराला

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हेरेर सरकारलाई विश्वासको मत दिएका हौं: शेखर कोइराला

राजनीति
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै सांसद कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग हुन्छ कि भनेर विश्वासको मत दिएको बताएका हुन्। ‘सभामुख र उपसभामुख त संसदभित्रको कुरा भयो। म त्यसको कुरा गरिरहेको छैन। राष्ट्रपति र उपराष्ट्रपतिको पनि चुनाव हुँदैछ, त्यसमा देशभरिका प्रदेश सभा सदस्यले पनि मत दिन पाउँछन्,’ कोइरालाले भने, ‘त्यसमा सहयोग हुन्छ कि भनेर हामीले त्यस्तो गरेको हो।’ प्रधानमन्त्री प्रचण्डले पुस २६ मा संसदमा विश्वासको मत लिएका थिए। कांग्रेसले पनि उनलाई विश्वासको मत दिएर संसदलाई प्रतिपक्षविहीन बनाएको भन्दै आलोचना भइरहेको छ। ...