२०८३ कार्तिक १३

‘खै, हाम्रो मन्त्रीज्यू त पदभार सम्हाल्न आउनुभएन’




सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै पदभार सम्हाल्न अस्वीकार गरेका छन्।


Advertisement


मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्।

‘खै हाम्रो मन्त्रीज्यू त आउनुभएन। केही कुरा नमिलेर होला,’ मन्त्रालयका एक कर्मचारीले भने।



जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो। पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो।
अब के गर्ने भन्नेबारे पार्टी बैठक बसेर निर्णय गरिने जनमत पार्टीका एक पदाधिकारीले जानकारी दिए।

संसदमा जनमत पार्टीका ६ जना सांसद छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap