२०८३ कार्तिक १३

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत




मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत् उनको पक्षमा सबै दलले विश्वासको मतदान गरेका हुन्।


Advertisement


१०७ सदस्यीय मधेस प्रदेश सभामा आज १०२ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ८ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। यस्तै ४ जना स्वतन्त्र सांसद छन्। ६ जना स्वतन्त्र जितेकामध्ये एक जना एमाले र एक जना माओवादी प्रवेश गरिसकेका छन्।

सबै दल तथा सांसदहरूले विश्वासको मत दिएकोमा मुख्यमन्त्री राउतले धन्यवाद व्यक्त गरे।

उनले संघीयता बलियो बनाउन एकमत भएर काम गर्ने समेत प्रतिबद्धता जनाए।



संघका कर्मचारीले मधेस प्रदेशमा भ्रष्टाचार गरिरहेको भन्दै उनीहरूलाई त्यसो नगर्न चेतावनी दिए।

भ्रष्टाचार न्यूनीकरणका लागि आफूले ठोस कदम चाल्ने समेत उनले बताए।

संघीय सरकारले प्रहरी समायोजन नगर्दा काम गर्न कठिनाइ भएको भन्दै उनले त्यसका लागि सर्वदलीय टोली बनाएर काठमाडौं जानुपर्ने आवश्यकता हुनसक्ने उल्लेख गरे।

‘जनलोकपाल आयोग गठन भयो तर भ्रष्टाचारी समात्ने प्रहरी प्रशासन छैन समात्ने कसरी? अघिल्लो कार्यकालमा सदनमा शान्ति सुरक्षाको सवाल धेरै उठ्थे। माननीयज्युहरूले रूलिङ गर्न भन्नुहुन्थ्यो,’ उनले भने, ‘केन्द्रका कर्मचारी पैसा खुवाएर यहाँ आएछ। दिनदहाडै भ्रष्टाचार गर्छन्। यहाँबाट भन्न चाहन्छु सुध्रिनुस् नभए भोलि नराम्रो हुनसक्छ। म भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिँदिनँ भन्ने विश्वास दिलाउन चाहन्छु।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap