२०८२ चैत्र ११

राजनीति

उपसभामुख निर्वाचन माघ ७ मा हुने

उपसभामुख निर्वाचन माघ ७ मा हुने

राजनीति
यही माघ ७ गते शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ। ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए। बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्। उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्। उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छैन। ...
पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा ‘वैचारिक नीति निर्माण समिति’ गठन

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा ‘वैचारिक नीति निर्माण समिति’ गठन

राजनीति
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ। यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन्। यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन्। समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्नेछ। पार्टीको दस्तावेज मस्यौदा समितिले पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको कार्यक्रममा पार्टी जनसंगठनका अध्यक्ष  र महासचिवहरू, विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव,...
एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

राजनीति
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ। अध्यक्ष ओली निवास बालकोटमा बुधबार साँझ भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको पार्टी सचिवालयले जनाएको छ। सो अवसरमा अध्यक्ष ओलीले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै दुई देशबीचको सुमधुर र घनिष्ट सम्बन्ध राजदूत सोङको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा जानकारी गराउँदै वर्तमान सरकार राष्ट्रवादी दलहरूको साझेदारीमा गठन भएको जानकारी समेत गराएका सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले एक चीन नीति रहेको नेपालले छिमेकी विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका थिए। भेटमा राजदूत सोङले आगामी दिनमा नेपालका लागि चिनियाँ सहयोग बढाउन आफ्नो प्रयास रहने बताए। उनले कोभिडका कारण रोकिएका सीमानाका पुनः सञ्चाल...
ढुक्क भएर ऊर्जामा लगानी गर्न ऊर्जामन्त्री लिङ्देनको आग्रह

ढुक्क भएर ऊर्जामा लगानी गर्न ऊर्जामन्त्री लिङ्देनको आग्रह

राजनीति
नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक संघसँग आग्रह गरेका छन्। बुधबार यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरेका हुन्। मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पुर्‍याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरेका थिए। उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाइ तथा शुभकामना दिन बुधबार सो मन्त्रालयलमा पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधि मण्डलसँग मन्त्री लिङ्देनले ऊर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा ...
यस्ता छन् मन्त्रिपरिषद् निर्णय

यस्ता छन् मन्त्रिपरिषद् निर्णय

राजनीति
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। बुधबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रिपरिषदमा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताए। बैठकले सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय ...
सरकारकी प्रवक्ता बनिन् रेखा शर्मा

सरकारकी प्रवक्ता बनिन् रेखा शर्मा

राजनीति
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारकी प्रवक्ता बनेकी छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यसअघि पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो। ...
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

राजनीति
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत् उनको पक्षमा सबै दलले विश्वासको मतदान गरेका हुन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा आज १०२ जना प्रदेशसभा सदस्य उपस्थित थिए। प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ८ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। यस्तै ४ जना स्वतन्त्र सांसद छन्। ६ जना स्वतन्त्र जितेकामध्ये एक जना एमाले र एक जना माओवादी प्रवेश गरिसकेका छन्। सबै दल तथा सांसदहरूले विश्वासको मत दिएकोमा मुख्यमन्त्री राउतले धन्यवाद व्यक्त गरे। उनले संघीयता बलियो बनाउन एकमत भएर काम गर्ने समेत प्रतिबद्धता जनाए। संघका ...
सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँः स्वास्थ्यमन्त्री गिरी

सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँः स्वास्थ्यमन्त्री गिरी

राजनीति
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताएका छन्। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन्। उनले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताए। उनले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडि बढाउने बताए। ‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आम नेपाली जनताको, खासगरी सिमान्तकृत जनताहरु, उपेक्षामा परेका जनताहरु, पछाडि परेको जनता, विपन्न जनताहरुसम्म स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नेकुरा हाम्रो मुख्य च...
‘खै, हाम्रो मन्त्रीज्यू त पदभार सम्हाल्न आउनुभएन’

‘खै, हाम्रो मन्त्रीज्यू त पदभार सम्हाल्न आउनुभएन’

राजनीति
सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै पदभार सम्हाल्न अस्वीकार गरेका छन्। मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्। ‘खै हाम्रो मन्त्रीज्यू त आउनुभएन। केही कुरा नमिलेर होला,’ मन्त्रालयका एक कर्मचारीले भने। जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो। पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो।अब के गर्ने भन्नेबारे पार्टी बैठक बसेर निर्णय गरिने जनमत पार्टीका एक पदाधिकारीले जानकारी दिए। संसदमा जनमत पार्टीका ६ जना सांसद छन्। ...
सुदूरपश्चिम प्रदेश सभामा उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी 

सुदूरपश्चिम प्रदेश सभामा उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी 

राजनीति
सुदूरपश्चिम प्रदेश सभाकाे उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ। प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरीले उम्मेदवारी दर्ता गरेकी छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट माया पन्त उपसभामुखका लागि उम्मेदवार भएकी हुन्। यहाँ सत्तारूढ गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख परेकाे थियाे। तर, नागरिक उन्मुक्तिले तत्काल सरकारमा सहभागी नहुने र उपसभामुख पनि नलिने भनेपछि एमालेबाट उम्मेदवार बनाइएको होयसअघि मंगलबारनै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन् उपसभामुखको निर्वाचन पनि आज नै हुने तालिका छ। साँझ ४ बजेसम्म मनोनयन दर्ता गरेर ६ बजे निर्वाचन गर्ने तयारी भइरहेको छ। ...