२०८२ पुष ८

राजनीति

<strong>सत्ता साझेदार दलहरूको बैठक बस्दै</strong>

सत्ता साझेदार दलहरूको बैठक बस्दै

राजनीति
काठमाडौं । मन्त्रालयको भागवण्डालाई पूर्णता दिन सत्ता साझेदार दलहरूको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी भइरहेको छ । सोमबार मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिव पाँच घण्टा ओली निवास बालकोटमा संवाद भएको थियो । उक्त संवादले सभामुख÷उपसभामुखसहित मन्त्रालयको भागवण्डा मिलाइसकेको छ ।  सोही संवाद र सहमतिको आधारमा साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । “सबै कुरा मिलेको छ । आजै सत्तासाझेदार दलहरुको बैठक बस्छ र मन्त्रालयको भागवण्डाले पूर्णता पाउँछ,” सचिवालय स्रोतले भन्यो, “तर समय भने यकिन भइसकेको छैन ।” ...
<strong>जाँचबुझ समितिले बुझाएकाे प्रतिवेदनको पूर्ण कार्यान्वयन होस् : कांग्रेस प्रवक्ता महत</strong>

जाँचबुझ समितिले बुझाएकाे प्रतिवेदनको पूर्ण कार्यान्वयन होस् : कांग्रेस प्रवक्ता महत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन् ।  उनले आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।  समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको उनले बताए । “अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक छ” उनले भने, “जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्छ ।”  उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अ...
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफलपछि बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफलपछि बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

राजनीति
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। आज अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ‌ओलीबीच बालकोटमा छलफलपछि उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको हो। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओली छन्।‘प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजकबीच आज बैठक भयो। आजै अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ,’ बालकोटमा पत्रकारहरूसँग आज संक्षिप्त कुराकानी गर्दै मन्त्री पौडेलले भने, ‘कसले कति मन्त्रालय लिने भन्नेजस्ता विषय आजको बैठकमा छलफल गरिन्छ।’ उनले मन्त्रिपरिषद विस्तार पनि छिट्टै हुने बताएका थिए। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि छिट्टै मन्त्रिपरि...
सरकारलाई विश्वासको मत दिने पार्टीहरूको बैठक भोलि बस्छ: प्रधानमन्त्री प्रचण्ड

सरकारलाई विश्वासको मत दिने पार्टीहरूको बैठक भोलि बस्छ: प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मंगलबार बस्ने बताएका छन्। सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठकमा बस्न लागेको बताए। ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दैछ,’ उनले भने। उनले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने पनि बताए। सरकारले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा उनले आजै टुंगिने बताएका थिए।नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। ...
लुम्बिनीमा सभामुख/उपसभामुखको आज मनोनयन, भोलि निर्वाचन 

लुम्बिनीमा सभामुख/उपसभामुखको आज मनोनयन, भोलि निर्वाचन 

राजनीति
लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुख चुन्नका लागि आज दलहरूले मनोनयन दर्ता गराउँदै छन्। प्रदेशसभा सचिवालयले दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम दर्ता गर्न यसअघि नै सूचना जारी गरिसकेको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे गर्ने कार्यतालिका छ। सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने कानुनी व्यवस्था छ। मंगलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको सुरूमा सभामुखको उम्मेदवारी प्रस्ताव हुनेछ। सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ। सत्ता गठबन्धनबाट सभामुखमा नेकपा माओवादी केन्द्रबाट पाल्पाको निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित तुलाराम घर्तीलाई र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गुल्मीकी समानुपातिक सांसद मेनुका खाण केसीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद इन...
मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम मंगलबार

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम मंगलबार

राजनीति
मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ। आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो। प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोलि मंगलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए। मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो ...
प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी

प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी

राजनीति
१ माघ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ । पहिलो, दोस्रो, तेस्रोदेखि दशौं स्थानसम्मको दलले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएको भन्दै विपक्षी दलको नेतामा दाबी गरेका हुन् । ‘नियम अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो । नियमावली मिच्ने कार्य हुनुहुँदैन’ सुवालले भने, ‘कानुन बनाउने थलो संसदले नियम मिच्दैन भन्ने विश्वास छ । केही गरी गलत बाटोमा लाग्यो भने विपक्षी दलको नेता माग्दै अदालत जान बाध्य हुन्छौं ।’ ४ मंसिरमा सम्पन्न आम चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएका छन् । त्यसमध्ये १० वटा दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र प...
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार महेश दासलाई

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार महेश दासलाई

राजनीति
१ माघ, वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो । गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापना भएको पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए । पुरस्कृत पत्रकार महेश दास हाल एभीन्यूज टेलिभिजनको मधेस प्रमुख, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रेस सल्लाहकार, नेकपा एमाले वीरगञ्ज महानगरपालिकाको उपाध्यक्ष लगायतका...
<strong>कर्णालीको सभामुख गुरुङले लिइन् शपथ</strong>

कर्णालीको सभामुख गुरुङले लिइन् शपथ

राजनीति
सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ गराए ।कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उनले प्रदेश प्रमुख परियारसमक्ष शपथग्रहण गरिन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको तेस्रो बैठकले सभामुख गुरुङलाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारूढ दलका साझा उमेदवारका रुपमा सभामुखमा निर्वाचित गुरुङ नेकपा (एमाले) सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । ...
आरजु राणा नयाँ दिल्लीमा

आरजु राणा नयाँ दिल्लीमा

राजनीति
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवा आइतबार भारत गएकी छन्। आरजु फलोअपका लागि नयाँदिल्लीस्थित अस्पताल गएको उनको सचिवालयले जनाएको छ। ‘उहाँ फलोअपका लागि जानुभएको हो। सोमबार अस्पतालमा परीक्षण गर्ने तयारी छ,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँ माघ ४ गते स्वदेश फर्कने कार्यक्रम छ।’ गत साउनमा आरजुको दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको थियो।उनले नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्नेबारे जानकारी नभएको आरजुको सचिवालयका एक सदस्यले बताए। ...