२०८३ कार्तिक १३

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट




नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ।

अध्यक्ष ओली निवास बालकोटमा बुधबार साँझ भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको पार्टी सचिवालयले जनाएको छ।


Advertisement


सो अवसरमा अध्यक्ष ओलीले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै दुई देशबीचको सुमधुर र घनिष्ट सम्बन्ध राजदूत सोङको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा जानकारी गराउँदै वर्तमान सरकार राष्ट्रवादी दलहरूको साझेदारीमा गठन भएको जानकारी समेत गराएका सचिवालयले जनाएको छ।



अध्यक्ष ओलीले एक चीन नीति रहेको नेपालले छिमेकी विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका थिए।

भेटमा राजदूत सोङले आगामी दिनमा नेपालका लागि चिनियाँ सहयोग बढाउन आफ्नो प्रयास रहने बताए। उनले कोभिडका कारण रोकिएका सीमानाका पुनः सञ्चालन गर्ने लगायत कतिपय सहयोग आदानप्रदानका कामलाई पनि अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका सचिवालयले जनाएको छ।

राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाएका हुन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap