२०८२ पुष ६

राजनीति

नारायणकाजीको गुनासो– राम्रा कामको कसैले स्टाटस लेखेनन्

नारायणकाजीको गुनासो– राम्रा कामको कसैले स्टाटस लेखेनन्

राजनीति
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै दुखेसो पोखेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् । “गरेका कामको प्रचार भएन । राम्रा काम पनि भएका छन्,” उनको भनाई थियो, “पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन् । प्रधानमन्त्रीसँग सल्लाह गरेरै अघि बढेको हो । यसको पार्टीले स्वामित्व लिनुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई छाडिदैन ।”  ...
केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– पार्टी पार्टीजस्तो छैन, पुनर्निर्माण आवश्यक छ

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने– पार्टी पार्टीजस्तो छैन, पुनर्निर्माण आवश्यक छ

राजनीति
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पुनर्निर्माण आवश्यक भएको बताएका छन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यो केन्द्रीय समिति बैठकले साँचो अर्थमा कम्युनिष्ट पार्टी निर्माणका लागि पुनर्निर्माणको थालनी गर्नुपर्ने बताए । पार्टीभित्र नेता कार्यकर्ता र विशाल समिति संरचना भए पनि माओवादी पार्टी पार्टीजस्तो नभएको गुनासो गरे । “देशको राजनीतिमा देखिएको विभिन्न र विचारको परिवेशका बारेमा, विगतको समीक्षा गर्ने र आउने दिनमा एक्सन ओरेन्टेड भएर जानु आवश्यक छ,” प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भने, “मैले बेला मौकामा भन्ने गरेको छु, नेता कार्यकर्ताको विशाल समिति छ, पार्टी चाहिँ पार्टी जस्तो भएको छैन । साँचो अर्थमा कम्युनिष्ट पार्टी बनाउन पुनर्निर्माणको थालनी गर्नुछ ।” उनले पार...
कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने

कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे हुने

राजनीति
विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण बुधबार अपराह्न ५ बजे हुने भएको छ । दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण सरेको हो । मुख्यमन्त्री थापाले दलहरु आपसी छलफलमा रहेकोले पूर्वनिर्धारित समय फेरबदल भएको बताए । मन्त्रीहरुको कार्यविभाजनसहित आजै टुंगो लागेपछि मात्रै शपथ हुने बताइएको छ । थापा गठबन्धन सम्बद्ध चार दलको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।‌ ...
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गर्नुभयो । ‘‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्”, उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के...
राष्ट्रियसभा बैठक ः ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल

राष्ट्रियसभा बैठक ः ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल

राजनीति
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ । सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गर्नुभएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । सो संशोधन राष्ट्रियसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि अघि बढ्नेछ । विधेयक टेबुल गर्नुअघि मन्तव्य दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्काे केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको हो भन्नुभयो । अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उहाँले आगामी दिनमा अध्यादेशको अवध...
कांग्रेस निकट दलित संघ भंग, तदर्थ समिति गठनको अधिकार सभापतिलाई

कांग्रेस निकट दलित संघ भंग, तदर्थ समिति गठनको अधिकार सभापतिलाई

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसले भ्रातृ संघ नेपाल दलित संघको केन्द्रीय समिति भंग गरेको छ । तत्कालीन सभापति मीन विश्वकर्माले समयमा अधिवेशन गर्न नसकेपछि १० वर्षसम्म संघको अध्यक्षका रुपमा काम गरे । गत वर्ष अधिवेशन गर्ने गरी शम्भू हजारा पासवानको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन भए पनि त्यसले महाधिवेशन भने गर्न सकेन ।  महाधिवेशनको तयारी अन्तिम भएका बेला तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले सभापतिको चाहना भन्दै महाधिवेशन रोक्न लगाएका थिए । त्यसबेला स्थगित भएको महाधिवेशन अहिलेसम्म हुन सकेको छैन । कांग्रेसले अन्य भ्रातृ संस्थाहरुलाई जस्तै दलित संघलाई पनि विघटन गरेर अब तदर्थ समिति ल्याउने भएको हो । यसअघि नेविसंघ, तरुण दल र महिला संघसहित अन्य भ्रातृ संस्थाहरुसमेत महाधिवेशन गर्न नसकेपछि विघटित भएर तदर्थ समिति गठन भइसकेका छन् । बुधबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले आगामी ...
कृषि क्षेत्रलाई अलग राख्दा समृद्धि ल्याउन सकिँदैन : मुख्यमन्त्री शाह

कृषि क्षेत्रलाई अलग राख्दा समृद्धि ल्याउन सकिँदैन : मुख्यमन्त्री शाह

देश, राजनीति
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताउनुभएको छ । आज धनगढीमा आयोजित भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रमार्फत प्रदेशको विकास गर्नका लागि गर्नुपर्ने काममा सरकार पछि नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिउपजको आयात रोकेर स्वदेशमै उत्पादित कृषिउपजको निर्यात बढाउनेतर्फ अब ध्यान दिन जरुरी भइसकेको छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन मन्त्रालयले कृषि गतिविधिमा सहयोग गरिरहेको बताउनुभयो । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सहिद भीमदत्त पन्तको नामबाट उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्ने सरकारको नीतिले कृषकको हौसला बढ्ने विश्वास व्यक्त गर्नुभयो । पाँच किसान पुरस्कृत प्रदेश सरका...
गगन थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो : प्रवक्ता महत

गगन थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो : प्रवक्ता महत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका ‍प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाले बैठकको सुरुमा राखेको १३ बुँदे प्रस्ताव व्यक्तिगत रहेको बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले भने,"अन्तिम प्रस्तव पारित भयो । बाँकी व्यक्ति गत हो । सबै पास हुन्छ भन्ने छैन । त्यो उहाँ (गगन थापा)को धारणा हो ।" सञ्चारकर्मीले महामन्त्रीले राखेको प्रस्तावबारे प्रश्न गरेका थिए । ...
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

राजनीति
यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “धेरै आलोचना होला भन्ने लागेका थियोे, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।” उहाँले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गर्नुभयो । सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिनुभयो । बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्नुहुने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो । ...
समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

देश, राजनीति
अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले १५ साउनदेखि समय सीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिनुभएको हो । मन्त्री महतले भन्नुभयो, “डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्छ, डिपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डिपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ, कात्तिकभित्र ठेक्का लगाउनैपर्छ ।” कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको स्वीकार गर्दै उहाँले ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा ल्याउनसमेत निर्देशन दिनुभयो । उहाँले एक ...