२०८२ पुष ६

राजनीति

कांग्रेस संसदीय समितिको बैठक : भोलिका लागि एजेन्डा तय 

कांग्रेस संसदीय समितिको बैठक : भोलिका लागि एजेन्डा तय 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल समितिको बैठकले शुक्रबार बस्ने संसदीय दल बैठकका एजेन्डा तय गरेको छ ।  बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले एजेन्डा तय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  बैठकले संसद्को अवरोध हटाउने, बजेटको प्रभावकारी कार्यान्वयनको सन्दर्भ, संसद्‍मा विचाराधीन विधेयक र नयाँ ल्याउनुपर्ने विधेयकलगायत विषय एजेन्डाको रूपमा तय गरेको उनको भनाइ छ । ...
संसद् चलाउन राष्ट्रपतिको चासो : आज प्रधानमन्त्री, भोलि सभामुखसँग छलफल

संसद् चलाउन राष्ट्रपतिको चासो : आज प्रधानमन्त्री, भोलि सभामुखसँग छलफल

राजनीति
काठमाडौं । संसद्को जारी गतिरोध अन्त्यको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो देखाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार शीतलनिवास बोलाएर संसद्को जारी गतिरोधको विषयमा राष्ट्रपति पौडेलले चासो देखाएको उनको सचिवालयले जानकारी दिएको छ । यो विषयमा थप जानकारी लिन राष्ट्रपति पौडेलले शुक्रबार बिहान १० बजे सभामुख देवराज घिमिरलेलाई शीतलनिवास बोलाएका छन् । “उहाँले आज विशेष गरेर सदनको गतिरोधबारे चासो राख्नुभयो । निरन्तर सदन अवरोध हुँदा जनसवालको विषयमा सदन गम्भीर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो,” पौडेलको सचिवालयले भन्यो । स्वास्थ्यमा क्रमशः सुधार आउँदै गएपछि आफूलाई सक्रिय बनाउन राष्ट्रपति पौडेलले थालनी गरेको हुन् । “आज प्रधानमन्त्रीसँग कुरा भयो । भोलि बिहान १० बजे सभामुख देवराज घिमिरेसँग पनि कुराकानी उहाँले गर्दै हुनुहुन्छ,” सचिवालय स्रोतले भन्यो । ...
प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनमा आयेजित कार्यक्रममा प्रधानमन्त्री र  विभागीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । संघीय सरकारका २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौतापत्र तयार पारी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग–अलग कार्यसूची तयार पारिएको छ । सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार, इकाइ, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्...
जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : ओली

जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ समानताको हक अधिकार र राष्ट्रिय एकताको पक्षमा उभिँदै आएको बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा बिहीबार आयोजित कार्यक्रममा उनले पहिचान देशको हितका लागि हुनुपर्ने बताए । पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको उनको भनाइ छ । ओलीले जातका आधारमा घृणा भयो भने देश जोगाउन नसकिने समेत बताए । “यदि कुनै पनि हिसाबले हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ,” ओलीले भने, “त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन ।” राष्ट्रिय एकताले मात्रै देश अघि बढ्न सक्ने उनको भनाइ छ । “हामीमा विविधता छ । यर्थाथ हो । विविधतामा समाजिक सद्भाव, सामाजिक सद्भावमा आधारित ए...
कोसी नामकरणबारे प्रचण्डलाई नेम्वाङको कटाक्ष : अनुहार झल्झली आउँछ, नाम बिर्सेँ

कोसी नामकरणबारे प्रचण्डलाई नेम्वाङको कटाक्ष : अनुहार झल्झली आउँछ, नाम बिर्सेँ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले कोसी प्रदेशको नामकरणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा उनले कोसी प्रदेशको नामकरणबारे प्रधानमन्त्री प्रचण्डको अनुहार झल्झल्ती याद आएको तर नाम बिर्सिएँ भन्दै कटाक्ष गरे । “हिजो, अस्ती भर्खरै कोसी प्रदेशको सन्दर्भंलाई लिएर होला एकजना मित्रले भन्नुभो, म नाम बिर्सिन्छु । अर्कोपटक ०८४ मा भोट हालेर जिताउनु भो भने कोसी प्रदेशको नामै फेर्दिन्छु भनेर भनेको कता कता पढेको जस्तो लाग्यो । भल्झली याद छ, नाम चाहिँ मैले बिर्सेँ,” नेम्वाङले व्यङ्ग्य हाने । प्रदेशको नामकरणमा भोट हालेको नेकपा (माओवादी केन्द्र)ले पछि निर्णय गलत भएको निर्णय समेत गरेको थियो । उनले एमालेले त्यसरी शर्तबन्दी नगर्ने बताए । देशका विविध भाषा, धर्म, संस्कृतिको हितमा एमाले उभिर...
कानुन मन्त्री धनराज गुरुङ अस्वस्थ

कानुन मन्त्री धनराज गुरुङ अस्वस्थ

राजनीति
२५ साउन, काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए । अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो । केसीका अनुसार गुरुङ ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए । ...
देउवाले बोलाए संसदीय दलको समितिको बैठक

देउवाले बोलाए संसदीय दलको समितिको बैठक

राजनीति
२५ साउन, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन । ...
अब बहुमत आए सदनबाटै पहिचानका आधारमा कोसीको नामकरण हुन्छ : प्रधानमन्त्री

अब बहुमत आए सदनबाटै पहिचानका आधारमा कोसीको नामकरण हुन्छ : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामकरण हुने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि आफूहरूले पहिचानका आधारमा प्रदेश कायम गर्ने प्रयास गर्दा बहुमत नभएकाले असफल भएको बताए ।उनले अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएको र त्यही चेतनाको बलमा पहिचानसहितको प्रदेशको नामकरण गर्न सकिने धारणा राखे । १ नम्बर प्रदेशलाई कोसी प्रदेश नामकरण गर्नु अगाडि आफूले किरात प्रदेश राख्न उचित हुने धारणा राखेको उनले बताए । प्रचण्डले कोसी प्रदेश नामकरण भइसकेपछि भएको आन्दोलनमा आफूले पनि चासो राखेको र पहिचान र अधिकारको आन्दोलनको नेता हुनुको नाताले आन्दोलनको क्रममा सहादत प्राप्त गर्नेलाई सहिद घोषणा र क्षत...
राष्ट्र संघीय समिति सिडमा तेस्रो कार्यकालका लागि उमेदवारी दिँदै बन्दना राणा 

राष्ट्र संघीय समिति सिडमा तेस्रो कार्यकालका लागि उमेदवारी दिँदै बन्दना राणा 

राजनीति
काठमाडौं । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड)मा बन्दना राणाले तेस्रो कार्यकालका लागि उमेदवारी दिने भएकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिडको तेस्रो कार्यकालका लागि उमेदवारी दिन स्वीकृति दिने निर्णय गरेको हो । सन् २०२५ देखि २०२८ सम्मका लागि नेपालको तर्फबाट सिडमा राणाले उमेदवारी दिने छिन् । राणा यसअघि दुईपटक लगातार सिडमा निर्वाचित भइसकेकी छन् । उनको दोस्रो कार्यकाल सन् २०२४ सम्म रहेको छ । राष्ट्रसंघका सदस्यमध्ये १८६ राष्ट्रले सिडलाई अनुमोदन गरेका छन् । ...
संसदको अवरोध खुलाउने प्रयासमा शीर्ष नेताहरु छलफलमा

संसदको अवरोध खुलाउने प्रयासमा शीर्ष नेताहरु छलफलमा

राजनीति
२३ साउन, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु आज पनि छलफलमा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा प्रमुख सचेतकहरुसमेत सहभागी छन् । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर सहमति जुट्न सकेको छैन । ...