२०८२ पुष ६

राजनीति

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

राजनीति
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राख्नुभयो । महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ ।” मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भइसक्नुभएका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्ने...
गण्डकी प्रदेशसभा ः विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

गण्डकी प्रदेशसभा ः विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

राजनीति
गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबी अघि सारेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दुई समितिको सभापति आफूले पाउनुपर्ने माग गरिरहेको छ । सार्वजनिक लेखा समितिसहित दुई समितिको नेतृत्वमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दाबी गरेको छ । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक नेकपा (माओवादी केन्द्र)ले अर्थ तथा विकास समितिको सभापति आफूले पाउनुपर्ने जनाएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानले प्रदेशसभाको सबैभन्दा ठूलो दलका हिसाबले समितिको सभापति लिनेमा कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभयो । “सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने कुरा पक्का जस्तै छ, यो संसदीय प्रचलन पनि हो, बाँकी तीन समितिको नेतृत्व कांग्रेस र माओवादी मिल...
कार्यवहाक अध्यक्ष श्रेष्ठले बोलाएको माओवादी बैठकमा के छलफल भयो ?

कार्यवहाक अध्यक्ष श्रेष्ठले बोलाएको माओवादी बैठकमा के छलफल भयो ?

देश, राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कार्यवहाक अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारीसँग छलफल गरेका छन् । श्रेष्ठले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारीहरुसँग छलफल गरेका हुन् । अनौपचारिक छलफल भएको सचिव गणेश साहले जानकारी दिए । “पार्टीको केन्द्रीय समिति बैठकको तयारीका विषयमा अनौपचारिक छलफल भएको हो,” उनले  भने, “पार्टीको आन्तरिक विषयमा कुराकानी भयो ।” पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणबाट फर्किएपछि औपचारिक छलफल सुरु हुने उनको भनाइ छ । प्रधानमन्त्री इटाली भ्रमणमा रहेकाले कार्यवहाकको जिम्मेवारी श्रेष्ठले पाएका छन् । माओवादीको केन्द्रीय कमिटी बैठक साउन १७ गतेका लागि तय भएको छ । ...
पूर्ण इजलासमा कोसी प्रदेश सरकारविरुद्धको रिट मात्रै पेसीमा

पूर्ण इजलासमा कोसी प्रदेश सरकारविरुद्धको रिट मात्रै पेसीमा

देश, राजनीति
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज कोसी प्रदेश सरकारविरुद्धको रिट मात्र राखिएको छ । कोसी प्रदेश सरकार निर्माणमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर असंवैधानिक रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको भन्दै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । उक्त रिटमा सोमबार रिटकर्ता पक्षको बहस सकेर सरकारी वकिलको बहस सुरु भएको थियो । जवाफी बहस बाँकी रहेपछि मुद्दा हेर्दाहेदैमा राखिएको थियो । गत असार २२ मा कोसी सरकार निर्माणका लागि सभामुखले हास्ताक्षर गरेको र प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएको भन्दै सभामुखको हस्ताक्षरसहित कोसी प्रदेश सरकार अवैध ठहर गरी त्यसअघिको सरकार कायम गर्न माग गर्दै कोसी प्रदेश एमाले सं...
एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । एमाले सांसद ठाकुर गैरेले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक मध्याह्न १२ बजे बस्नेछ । आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

देश, राजनीति
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सोमबारसम्म बसेको थियो । सोमबारबाट स्थगित बैठक आज पुनः बस्न लागेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ । सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको जवाफ दिनेछन् । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले बोल्न लागेका हुन् । यसका लागि आज बिहान पदाधिकारी बैठक बस्दै छ । ...
कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?

कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?

देश, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । मंगलबार यस विषयमा छलफल भए पनि बैठकले अन्तिम टुंगो लगाउन सकेको थिएन । आज बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णयमा अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ । उक्त निष्कर्ष अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिनेछ । पदाधिकारीको हिजोको बैठकमा नीति अधिवेशनको मिति, महामन्त्री गगन थापाको १३ बुँदे लिखित प्रस्ताव, सरकार र पार्टीको विषयमा गरिनुपर्ने निर्णयबारे छलफल भएको थियो । ...
देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले धुम्बाराहीमा पदाधिकारी बैठक बस्ने जानकारी दिए। गत साउन २ गतेदेखि केन्द्रीय समिति बैठक चलेको थियो। बुधबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्दैछ।  सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका हुन्। बुधबारको केन्द्रीय समितिमा सभापति देउवाले जवाफ दिने कार्यक्रम छ।  कांग्रेसले नीति अधिवेशन मिति तोक्नेजस्ता विभिन्न १० एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गरिसकेको छ। ...
एमाले अध्यक्ष ओलीसँग सीपीसी पोलिटब्युरो सदस्य युआनको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग सीपीसी पोलिटब्युरो सदस्य युआनको भेटवार्ता

देश, राजनीति
काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा पोलिटब्युरो सदस्य युआनले अध्यक्ष ओलीलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, एमाले उपमहासचिव विष्णु रिमाललगायत पनि उपस्थित थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र युआनले सोमबार सभामुख देवराज घिमिरे, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए । नेपालको तीनदिने भ्रमणमा रहेका युआनले पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा माओवादीका वरिष्ठ उपाध्...
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । ओली साउन २ गते सोमबार निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । कम्बोडियामा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । ओलीले श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका थिए । ओलीले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित ६ जना सहभागी थिए । ...