२०८२ पुष ६

राजनीति

कांग्रेस संसदीय दलको बैठक सुरु, यी हुन् एजेन्डा

कांग्रेस संसदीय दलको बैठक सुरु, यी हुन् एजेन्डा

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी छ ।
एमालेको अवरोधपछि संसद् बैठक स्थगित

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । शुक्रबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै अवरोध गरेको हो । एमालेकी सांसद् ज्वाला कुमारी शाहले आकस्मिक समयमा बोल्न थालेपछि सत्ता पक्षका सांसदले आफूहरुलाई पनि समय दिन माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको बताए । एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे । ...
अनुशासनको कमी नै कांग्रेसको कमजोरी : डा. महत

अनुशासनको कमी नै कांग्रेसको कमजोरी : डा. महत

राजनीति
वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नै नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन् । उनले भने, “कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।”  आन्तरिक रुपमा बहस हुनु ठीक भए पनि निष्कर्ष ननिस्केसम्म मात्रै बहस हुनुपर्ने उनको भनाइ छ । “निष्कर्ष आएपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो”, डा. महतले भने, “खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’ डा. महतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने स...
संसद् निरन्तर अवरुद्ध गरेपछि एमाले एक्लियो : जितेन्द्र देव

संसद् निरन्तर अवरुद्ध गरेपछि एमाले एक्लियो : जितेन्द्र देव

राजनीति
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) एक्लिँदै गएको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले बिनाकारण संसद् बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गरे । बुद्धिजिवी, मिडिया, अन्तर्राष्ट्रिय समुदायले समेत संसद् अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको उनको जिकिर थियो । सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद् भए पनि एमालेले त्यसलाई चल्न नदिएर गम्भीर समस्या खडा गरेको आरोप लगाए । सत्तारुढ दलले पाँच वर्ष नै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको उनको तर्क थियो । “पाँच वर्ष चल्ने कुरा...

प्रतिपक्ष र सत्तापक्ष दुवै उभिएपछि राष्ट्रियसभा बैठक स्थगित

राजनीति
काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठकमा प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि उठेका थिए । दुवैपक्ष उभिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।  अर्को बैठक साउन ३१ गते बस्नेछ । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै आएको छ । ...
संसद्को गतिरोध अन्त्यका लागि पहल गरिदिन राष्ट्रपतिसँग आग्रह

संसद्को गतिरोध अन्त्यका लागि पहल गरिदिन राष्ट्रपतिसँग आग्रह

राजनीति
काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको थियो । भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलसँग संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।  भेटमा राष्ट्रपति पौडेलले सदनको अवरोध खुलाउन भएका छलफलसबारे समेत जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  ...
वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेका समस्याहरूको दीर्घकालीन निराकरणका लागि निर्देशन दिएका छन् । समस्याहरूको दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययन गरी प्रस्ताव पेस गर्नसमेत उनले निर्देशन दिएका छन् ।  वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न उनले निर्देशन दिए ।  आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।  सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ । छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दोस्रो अधिवेशनको ४७औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने तय छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । उनले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष ...
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।  साउन १० गतेबाट नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसले संसद्को गतिरोध अन्त्यको विषयमा छलफल गर्न लागेको हो ।  यसअघि, पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार संसदीय दल कार्यसमितिको बैठक पनि बोलाएका थिए ।  ...
पदभार ग्रहण गर्दै ल्हारक्यालले भने– निस्वार्थ लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्छु

पदभार ग्रहण गर्दै ल्हारक्यालले भने– निस्वार्थ लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्छु

राजनीति, समाचार
नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लुम्बिनी । नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । लुम्बिनी विकास कोष कार्यालय पुगेर उनले पदभार सम्हालेका हुन् ।  केही दिनअघि मन्त्रिपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सातवर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा उनलाई नियुक्त गरिएको हो । उनको कार्यकाल पाँच वर्षको हुने छ ।  पदभार ग्रहण गरेपछि उपाध्यक्ष लामाले कसैले पनि लुम्बिनीको गुरु योजनामा वक्र दृष्टि लगाउन नहुने बताए ।  उनले आफू निस्वार्थ भएर लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्ने र कर्मचारीहरूले पनि त्यसमा विशेष साथ दिन आग्रह गरेका हुन् ।  ...