२०८२ चैत्र ९

राजनीति

उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति यादव चीन प्रस्थान

राजनीति
काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादव पहिलो विदेश भ्रमणको रुपमा चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य चलिरहँदा उपराष्ट्रपति यादवको नेतृत्वमा एक टोली त्यसतर्फ गएको हो । मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण गत बुधबार स्वीकृत गरेको थियो । उपराष्ट्रपति यादवको भ्रमण साउन २९ देखि भदौ ४ सम्म एक साताको हुनेछ । उपराष्ट्रपति यादव चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी हुनेछन् । उनको टोलीमा शिक्षामन्त्री अशोक राई, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत अधिकारीहरू सहभागी छन् । ...
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, "अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायमा आत्मविश्वास पैदा हुनेगरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे–जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाउँ।" "निजी क्षेत्रलाई विश्वासम...
भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

राजनीति
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न, मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारको अभियानलाई विश्राम नलिई अगाडि बढाउने पक्षमा रहेको बताए ।  मुलुकमा सुशासन कायम गर्ने विषय पूर्वसर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने हिसाबले काम गरिरहेको उनले बताए ।  मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानुनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको उनले दाबी गरे । पुरानै गतिमा काम गरेर नपुग्ने निष्क...
बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । अहिले बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नेताहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । सदनमा जारी रहेको अवरोधको विषयमा पनि छलफल हुने नेताहरुको भनाइ छ ।
७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। २०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यसबीचमा प्रधानमन्त्री दाहालले गठबन्धनसमेत परिवर्तन गरेका थिए। पुसमा नेकपा एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनका बेला गत फागुनमा त्यो गठबन्धन छाडेर नेपाली कांग्रेससहित चुनावकै बेलाको गठबन्धनमा फर्केका थिए। प्रधानमन्त्री दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। त्यस्तै २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २९ मा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्यांकले देखाउँछ। पछिल्लो पटक प्रधानमन्त्री...
उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति यादव आज चीन जाँदै

राजनीति
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन जाँदै छन् ।  सातौं चाइना–साउथ एसिया एक्स्पो र २७औं चाइना कुनमिङ इम्पोर्ट एण्ड एक्सपोर्ट (कुनमिङ फेयर) मा सहभागी हुन उनी चीन जान लागेका हुन् ।  एक्स्पो कुनमिङमा बुधबारदेखि सुरु हुँदैछ ।   उपराष्ट्रपतिको चीन भ्रमण टोलीमा उनको श्रीमती चम्पादेवी यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र अन्य उच्च सरकारी अधिकारीहरु रहेका छन् ।   उपराष्ट्रपति यादवले एक्स्पोलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सातौं चाइना–साउथ एसिया एक्स्पोमा नेपाललाई ‘थिम कन्ट्र’को रुपमा राखिएको छ । एक्स्पोमा नेपाल प्याभिलियन रहनेछ जसको उद्घाटन उपराष्ट्रपति यादवले गर्नेछन् । प्याभिलियनमा एक सयभन्दा बढी नेपाली व्यापारीहरुले आफ्ना उत्पादनहरु प्रदर्शनी गर्ने जनाइएको छ ।  उपराष्ट्रपति यादव भद...
‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’

‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् । “...पत्रपत्रिकामा मेरो बारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो,” उनले भने, “गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन । उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा ...
अनितादेवीले लिइन् मन्त्रीको शपथ

अनितादेवीले लिइन् मन्त्रीको शपथ

राजनीति
काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् । यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो । ...
नेपाल र यूएसएआईडीबीच संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न

नेपाल र यूएसएआईडीबीच संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न

राजनीति
काठमाडौं । नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बीच आज संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न भएको छ । दुई निकायहरूबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरूबीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा कार्यक्रम सफल भएको दाबी गरिएको छ । “अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त पोर्टफोलियो समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीहरूलाई सम्बोधन गर्न र नेपाली नागरिकहरूको हितका लागि रणनीतिहरूलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको यूएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरूमाथि प्रकाश पार्दै थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत ड...
प्रमुख प्रतिपक्षको आवाज दबाउन सदनमा सत्तापक्षले विरोध गर्‍यो : रघुजी पन्त

प्रमुख प्रतिपक्षको आवाज दबाउन सदनमा सत्तापक्षले विरोध गर्‍यो : रघुजी पन्त

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले नै संसद्मा विरोध गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । संसद्मा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्तापक्षले उभिएर विरोध जनाएको घटना संसद्मा पहिलोपटक देखेको पनि उनले बताए । सत्तापक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको उनले जिकिर गरे । “संसद्मा बिरलै देखिने दृश्य आज देखियो । सामान्यतया संसद् सत्तापक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ । संसद् सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो,” उनले भने, “यो संसदीय मान्यता...