२०८२ चैत्र ७

राजनीति

केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

राजनीति
साभार: सेतोपाटी नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ। महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिन सुझाव दिएको छ। 'सरकार एउटा अध्यक्षले र पार्टी अर्को अध्यक्षले चलाउने भनिएको छ,' श्रोतले भन्यो, 'पार्टी काममा प्रचण्ड पूर्ण सक्रिय हुने तर प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने भनिएको छ। त्यस्तै प्रधानमन्त्री ओली सरकारको काममा सक्रिय रहने तर प्रचण्डसँग सल्लाह गरेर अघि बढ्ने भन्ने छ।' यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो। कार्यदलको सुझावसँगै अब प्रधानमन्त्री ओलीले राजीनामा दिने प्रसंग सकिएको छ। यसअघि प्रधानमन्त्री ओलीले...
नेकपा विवाद सहमतितर्फ उन्मुख

नेकपा विवाद सहमतितर्फ उन्मुख

राजनीति, समाचार
विश्लेषक भन्छन्, ‘पार्टी सर्वोच्चताभन्दा सत्ता सेयरिङ प्रमुख मुद्दा’ काठमाडौँ । झण्डै चार महिनायता चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सहमतितर्फ उन्मुख भएको छ । सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखयता पार्टी कमिटी बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि चर्किएको विवादले झण्डै पार्टी नै विभाजन हुन पुगेको थियो । अन्ततः पार्टी फुटेमा जनताको जनादेशको अपमान ठहरिने महसुस गरेका सो पार्टीका शीर्ष नेताहरु पुनः सहमतिबाटै अघि बढ्न उन्मुख भएपछि विवाद मत्थर हुँदै गएको आभास हुन थालेको छ भने ओलीको राजीनामाको विषय पनि तत्काललाई टर्ने देखिएको छ ।  यसअघि ओली–प्रचण्डका एक्लाएक्लै वार्ताले समेत समस्याको समाधान नदिइरहेका बेला गत शुक्रबार पुनः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी समस्या समाध...
कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

राजनीति, समाचार
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने थियो । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्न सक्ने नेताहरु बताउँछन् । ‘हरेक ठाउँमा १०० प्रतिशत थपिन्छ भन्ने छैन । यो अधितकम सीमा मात्र हो’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी एकतामा आएकाहरुलाई दिइने क्रियाशील सदस्य जोड्दा हाल कायम रहेको संख्या दोब्बर भने हुनसक्छ ।’ एकता प्रक्रियामा आएकाहरुलाई केन्द्रले...