वामदेवले भने- राष्ट्रिय सभा सांसद हुन तयार छु
साभार: सेतोपाटी
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभाका सांसद बन्न तयार रहेको निकटस्थहरूसँग बताएका छन्।
पार्टीले यसअघि गरेको निर्णय कार्यान्वयन हुन्छ की हुँदैन भन्ने पर्खाइमा आफू रहेकोसमेत उनले बताएका छन्।
'उहाँले म राष्ट्रिय सभाका लागि तयार छु भन्नुभएको छ। राष्ट्रिय सभामा लाने हो भने पार्टीको निर्णयलाई सम्मान गर्न तयार छु समेत भन्नुभएको छ,' गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सेतोपाटीसँग भने,'दलीय व्यवस्थामा प्रधानमन्त्रीको विशेष अधिकार भन्ने हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू दलको अधिनस्थ हुने हो। प्रधानमन्त्री दलकै नेता हुन्छ। पार्टी निर्णय कार्यान्वयन हुनपर्छ म त्यसको लागि तयार छु भनेर उहाँले भन्नुभएको छ।'
Advertisement
गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस...









