२०८२ पुष १

राजनीति

‘गिरिजाप्रसादले बिगारेको सिस्टमलाई पछ्याउँदा बालुवाटारमा कोरोना !’

‘गिरिजाप्रसादले बिगारेको सिस्टमलाई पछ्याउँदा बालुवाटारमा कोरोना !’

देश, राजनीति, समाचार, स्वास्थ्य
अब कसरी बचाउने उपत्यकालाई ? साभार: रातोपाटी उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलदा एकैदिन प्रधानमन्त्री निवासका ६७ जना सुरक्षाकर्मीलाई संक्रमण देखाप¥यो । सुरक्षाकर्मीमा मात्र नभएर प्रधानमन्त्रीका निजी फोटोग्राफरदेखि तीन सल्लाहाकार र सचिवलाई पनि कोरोना संक्रमण भएपछि बालुवाटर नै आइसोलेशनमा बसेको छ । बालुवाटारमा यसरी ह्वात्तै कोरोनाभाइरसको संक्रमण बढ्नुमा प्रधानमन्त्री आफै जिम्मेवार रहेको एक जनस्वास्थ्यविद् बताउँछन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिको गरेर प्रधानमन्त्री ओलीले बालुवाटारलाई नेपालको केन्द्र बनाएका कारण बालुवाटार कोरोनाको ‘हटस्पट’ बनेको उनको तर्क छ । उनले भने, ‘प्रत्येक मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवासमा बस्ने गरेको छ । पार्टीको बैठक समेत प्रधानमन्त्री निवासमा राख्ने गरिएको छ । जसकारण पनि बालुवाटार कोरोनाको जोखिममा परेको हो ।’ ...
प्रदेश ५ : भालुवाङ क्षेत्रलाई राजधानी बनाउने विषयमा १२ मध्ये ७ जिल्लाबाट काँग्रेसको समर्थन

प्रदेश ५ : भालुवाङ क्षेत्रलाई राजधानी बनाउने विषयमा १२ मध्ये ७ जिल्लाबाट काँग्रेसको समर्थन

देश, राजनीति, समाचार
साभार: रातोपाटी गुल्मी । प्रदेश ५ का १२ जिल्लामध्ये ७  जिल्लाबाट प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दाङको भालुवाङ क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावको समर्थन गरेको छ । रुपन्देही, नवलपरासी, पाल्पा र गुल्मीका काँग्रेस नेता तथा कार्यकर्ताहरु प्रदेश राजधानी बुटवलबाट सार्ने निर्णयको विरोधमा उत्रिरहँदा सोही पार्टीका ७ जिल्ला सभापति भने भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्तावको समर्थनमा उत्रिएका हुन् । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का भूगोलका हिसाबले दाङमा राजधानी राख्नु उचित मान्छन् । पूर्वीरुकुमका काँग्रेस सभापति केशरमान रोका पनि दाङलाई राजधानी बनाउने निर्णय स्वागतयोग्य रहेको बताउँँछन् । ‘पाल्पा र नवलपरासीका जनतालाई भालुवाङ राजधानी अलि टाढै पर्ला,’ उनले भने, ‘पूर्वी रुकुम र बर्दियाका जनतालाई हेर्ने हो भने दाङ सबैका लागि केन्द्रविन्दु हो...
१३ जिल्लाका स्थानीय प्रशासनलाई उद्दार उडानको अनुमति दिने अधिकार छैन

१३ जिल्लाका स्थानीय प्रशासनलाई उद्दार उडानको अनुमति दिने अधिकार छैन

देश, राजनीति, समाचार
साभार: रातोपाटी सरकारले उच्च हिमाली क्षेत्रमा उद्दार उडान गर्ने अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पस्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापाले आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उच्च हिमाली क्षेत्रका १३ वटा जिल्लामा उद्दार उडान गर्ने अनुमित दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पष्ट  पारेका हुन् ।  उच्च हिमाली क्षेत्रका १३ जिल्लाका ७३ वटा स्थान २०२१ साल यता निषेधित क्षेत्रको रुपमा रहेको र अहिले पनि कायम भएकाले गृह मन्त्रालय मार्फत नै उद्दार उडानको स्वीकृति दिदै आएको गृहमन्त्री थापाले बताए ।  Advertisement उच्च हिमाली क्षेत्रका आरक्षण क्षेत्रहरु र निषेधित क्षेत्रहरुमा दुर्लभ जिवजन्तु, बहुमूल्य जडिबुटीहरु र अन्य प्राकृतिक सम्पादासँगै राजनीतिक हिसाबले पनि महत्वपूर्ण एवं संवेदनशील भएकाले निषेधित क्...
पत्रकारको अनशनमा बाबुराम, श्रमजीवीलाई साथ, मालिकलाई खबरदारी

पत्रकारको अनशनमा बाबुराम, श्रमजीवीलाई साथ, मालिकलाई खबरदारी

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पुगेका छन्।  शनिबार साढे ११ बजे बानेश्वर पुगेर रिले अनसनमा बसेका पत्रकार तथा पत्रकार महासंघका नेताहरूलाई भेटेर भट्टराईले आन्दोलनलाई साथ दिएका हुन्। त्यसक्रममा भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपार्न मिडिया हाउसहरूलाई अनुरोध गरे।  सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दुस्खद् भएको भन्दै भट्टराईले श्रमजीविहरूको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराए। ‘तर सरकारको ध्यान अहिले असंगठित श्रमिकको समस्या सुन्ने हैन। चुनाव हारेका मन्...
अपडेटः प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि

अपडेटः प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी  सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्राईलाई कोरोना संक्रमण पुष्टि भएको हो । थापा,  रिमाल र भट्राईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार ट्वीटरमार्फत जानकारी गराएका छन् ।  Advertisement यसअघि केही दिन पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्यासिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ...
साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

देश, राजनीति, समाचार
साभार: रातोपाटी जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर  उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हुँदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो ।  जिल्ला समन्वय समितिले यस अघि बन्द गर्न निर्देशन दिएपनि अटेर गरी सञ्चालन गर्दै आएकोले बन्द गर्न निर्देशन दिएको हो । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।  उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति नलिई उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिएको हो ।  Advertisement बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएपनि त्यसमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको पत्र प्राप्त नभएको भन्दै ...
प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध नेविसंघको विरोध प्रदर्शन, गाडी तोडफोड

प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध नेविसंघको विरोध प्रदर्शन, गाडी तोडफोड

देश, राजनीति, समाचार
साभार: रातोपाटी बुटवल । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको छ । प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन समेत भएको छ । शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएलगत्तै नेविसंघ रुपन्देहीले विभिन्न स्थानमा टायर बालेर नारा जुलुससहित प्रदर्शन गरेको हो । उनको प्रस्तावमा प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।   बुटवलको अस्पताल लाइन र सैनामैना लगायतका ठाउँमा विरोध प्रदर्शन भएका छन् । आन्दोलनकारीले प्रदेशसभा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु...
दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुदै आएपनि मङ्गलबारपछि त्यो क्रममा ब्रेक लागेको थियो । Advertisement मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँ...
सरकारलाई पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

सरकारलाई पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी सर्वोच्च अदालतले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशूल्क गर्न सरकारलाई अन्तिम आदेश दिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश दिएको हो ।  गत भदौं २८ गते सरकारलाई विपक्षी बनाएर अधिवक्ताद्धय लोकेन्द्र ओली र केशरजंग केसीले पीसीआर परीक्षण निःशूल्क गर्न गराउन मागदावी गर्दै रिट दायर गरेका थिए ।   Advertisement सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिँदै अधिवक्ता केसीले भनेका छन्,‘मौलिक हकमा रुपमा ग्यारेन्टी रहेको सरुवा रोगको निःशुल्क उपचार प्राप्त गर्ने नागरिकको हक सर्वाेच्च अदालतबाट स्थापित भएको छ । अबदेखि पीसीआर परीक्षण निःशुल्क हुनेछ ।’   आजको इजलासमा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू पंकजकुमार कर्ण, ...
यस्ता छन् मन्त्रिपरिषदका निर्णय: लोकसेवा विज्ञापन खोल्नेदेखि करको दर घटाउनेसम्म

यस्ता छन् मन्त्रिपरिषदका निर्णय: लोकसेवा विज्ञापन खोल्नेदेखि करको दर घटाउनेसम्म

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । सरकारले केही करका दर घटाउने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ अन्तर्गत रहेका करका दरहरु घटाउने निर्णय गरेको हो । आजै यसबारे राजपत्रमा सूचना प्रकाशन गरिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।  यस्तै, उद्योग विभागमा रहेको एकलबिन्दु सेवाकेन्द्र र खानी विभाग अन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजना र ग्रामिण उद्योग तथा विप्रेषण आयोजनाका लागि २८ कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।  आगामी २० र २१ गते भर्चुअल रुपमा हुने नेपाल बंगलादेश वार्ताका लागि उद्योग सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।   Advertisement यस्तै कानून, न्याय तथा संसदीय मा...