२०८२ चैत्र ९

राजनीति

काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसले सर्लाही घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सर्लाहीमा आफ्नो कार्यकर्ता दलित महेन्द्र रामको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको थियो । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइसहित अन्य ३ महिला समेत घाइते भएका पौडेलले जानकारी दिए । Advertisement उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभा...
कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन नपाउने मापदण्ड सच्याउन नेविसंघको माग

कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन नपाउने मापदण्ड सच्याउन नेविसंघको माग

देश, राजनीति, शिक्षा, समाचार
साभार: रातोपाटी काठमाडौं । कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको  प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने  निर्णयका सम्बन्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को गम्भीर ध्यानाकर्षण भएको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण भएको बताए । तिमल्सिनाले भने, 'लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण  छ र यो निर्णयले संक्रमितहरुमाथि दोहरो पीडा थोपर्ने अवस्थाको सृजना गराएको छ । अहिलेको समयमा जुनसुकै बेला जो कोही पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने अवस्थामा ल्याइएको यो प्रावधानका कारण धेरै विद्...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थगित गर्‍यो अत्यावश्यक बाहेकका सेवा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थगित गर्‍यो अत्यावश्यक बाहेकका सेवा

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै सो कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको हो । सूचनामा भनिएको छ, “संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।” Advertisement कार्यालयले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थाप...
आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको होः मन्त्री अर्याल

आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको होः मन्त्री अर्याल

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा सम्बन्धि कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएकी छिन् । ऐन कार्यान्वयनमा नआउँदा जग्गा कारोबारमा आर्थिक चलखेल हुने क्रम बढेकाले त्यसलाई रोक्न कित्ताकाट खुला गरिएको उनले बताएकी हुन् । भू–उपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुने क्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरिएको मन्त्री अर्यालले बताइन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले आर्थिक चलखेलमा हुने गरेका सुशासन विरोधी गतिविधि रोक्ने हुटहुटीले कित्ताकाट खुला गर्ने निर्णय गरिएको पनि बताइन् । उनले भनिन्, ‘‘ऐन कार्यान्वयन नहुँदा समस्या भयो । सुशासन कायम गर्ने अभियान हामीले चलाउन ख...
राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा  ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु  ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको छ ।  मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले सरकारले सात  प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको जानकारी दिए ।  ती अस्पतालमा रु एक करोडका दरले रु  १४ करोड हस्तान्तरण गरिसकिएको जनाइएको छ । अकालमा हुने निधन कम गर्न पूर्व अस्पताल सेवासहितको एकीकृत एम्बुलेन्स सेवासमेत कार्यान्वयन गरिएको छ । कोशी  नारायणी र भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु नौ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि रु ३६ करोड रुपियाँ पठाइसकेको छ...
कर्णालीका नयाँ प्रमुख सचेतकले बोलाइन् बैठक

कर्णालीका नयाँ प्रमुख सचेतकले बोलाइन् बैठक

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले आगामी कार्तिक ७ गतेलाई संसदीय दलको बैठक बोलाएकी छन् ।  सचेतक नेपालीले आफ्नो अधिकार प्रयोग गर्दै आगामी कार्तिक ७ गतेलाई बैठक बोलाएको रातोपाटीलाई जानकारी दिइन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर विरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली प्रदेशमा विवाद आइरहेका बेला नवनियुक्त प्रमुख सचेतकले बैठक बोलाएकी हुन् ।  यसअघि बर्खास्तीमा परेका प्रमुख सचेतक गुलावजंग शाहले अविस्वास प्रस्ताव आएलगत्तै असोज २७ मंगलबारलाई दलको बैठक बोलाएका थिए । अविश्वास प्रस्ताव आएलगत्तै मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएर नेपालीलाई नियुक्त गरेका थिए ।  Advertisement कर्णाली नेकपामा देखिएको विवादले...
मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिनमा बसेका छन् । संस्कृति, पर्यटटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेका राजदूत क्वात्रा कोभिड–१९ को मापदण्ड अनुसार सेल्फ क्वारेन्टिनमा बसेका छन् । मन्त्री भट्टराई र राजदूत क्वात्राबीच शनिवार भेटघाट भएको थियो । त्यही दिन मन्त्री भट्टराईलाई ज्वरो आएको थियो । Advertisement भारतीय दुतावासका अनुसार हालसम्म राजदूत क्वात्रामा कोरोनाको कुनै लक्षण देखिएको छैन । उनी पूर्ण रुपमा स्वस्थ्य छन् । हाल उनले सबै कार्यक्रम तथा भेटघाट रद्द गरेका छन् । क्वात्रामा कुनै लक्षण नदेखिएपनि १–२ दिनमा कोरोना परीक्षण गराउने बताइएको छ । ए ...
कोभिड–१९ कार्टुन सङ्ग्रह  सार्वजानिक

कोभिड–१९ कार्टुन सङ्ग्रह सार्वजानिक

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो । आज आयोजित कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समयसापेक्ष विषयवस्तुलाई सिर्जनामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । बूढानीलकण्ठ स्कूलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र महत्वपूर्ण रहेको बताए । Advertisem...
काँग्रेस नेता पौडेल आइसोलेसनमा

काँग्रेस नेता पौडेल आइसोलेसनमा

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं – नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्। पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए । तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।  Advertisement पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको  पुनः स्वाव संकलन गरिएको थियो । पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो। ...
खतिवडालगायतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान

खतिवडालगायतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । सरकारले विभिन्न ३ देशका लागि राजदूतको सिफरिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।  जसअनुसार समितिले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई नियुक्ति दिन उपयुक्त नभए प्रमाणसहित उजुरी दिन आह्वान गरिएको छ।   उजुरी कात्तिक १ भित्र दिनुपर्ने समितिले जनाएको छ । सूचनामा भनिएको छ, ‘उक्त पदमा उहँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवमु सबुद प्रमाणसहित मिति २०७७ कात्तिक १ गते कार्यालय समयभित्र यस समिति समक्ष उजुरी दिन सकिने व्यहोरा सूचित गरिन्छ ।’ Advertisement सरकारले हालै  पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो । संसदीय समितिले सुनु...