काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने : सन्दर्भ संसद विघटन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९ गते बस्ने बैठकले तय गर्ने उनको भनाइ छ ।
Advertisement
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा जानुपर्नेमा जोड दिएपछि सभापति शरबहादुर देउवाले पुस १६ मा कार्यक्रम गर्ने भनेका थिए । तर त्यो दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन विरोध कार्यक्रम भन्दै नेताहरुले प्रश्न गरे । त्यसपछि भोलि बस्ने बैठकले देशभर प्रदर्शनको मिति र कार्यक्रम तय गर्ने शर्माले बताए ।
काँग्रेस केन्द्रीय समिति बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थिगित भएको छ । यद्यपि बैठकले पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठक...









